धरान/ धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षाकर्मीले बढेको तलब वृद्धको माग राख्दै गरेको आन्दोलनका कारण प्रतिष्ठानको सुरक्षाप्रति नै चुनौति थपिदै गएको छ । सुरक्षाकर्मीले काम छाडेपछि उपचारमा समेत समस्या हुन थालेको चिकित्सकहरुको भनाई छ ।
सुरक्षामा खटिएका सुरक्षा मजदुरहरु ११ दिनदेखिको लगातार रुपमा आन्दोलनमा होकिएका कारण सुरक्षामा चुनौति थपिएको हो । २०७१ जेष्ठ १९ गतेको सहमति बमोजिम वृद्धि भएको १ हजार ८ सयभध्ये ८ सय रुपैयामात्र ग्रुपफोर सेक्युरिटी सर्भिसले प्रदान गरे पनि बाकी १ हजारको विषयमा ग्रुप फोर सेक्युरिटी सर्भिस र वीपीले गम्भीरता पूर्वक नलिएको भन्दै कामै छोडेर आन्दोलनमा उत्रिएका छन् ।
आर्थिक बर्ष ०७१/०७२ मा भएको सहमति बमोजिम आफूहरुले पाउने तलब सुविधा नपाएसम्म आन्दोलनलाई सशक्त बनाउने संयोजक उमेश दाहालले बताउनुभयो । उहााले प्रतिष्ठान भन्दा पनि ग्रुपफोरले नै आफूहरुको बढेको तलव दिनु पर्ने वताउनु भयो ।
यता प्रतिष्ठानको सुरक्षाको जिम्मा लिएको ग्रप फोर सेक्युरिटी सर्भिसका इन्चार्ज बलराम निरौलाले भने प्रतिष्ठान र ग्रुपफोरको सम्झौता २०७१ भदौ १३ गते सकिए पनि प्रतिष्ठानले अर्को ठेकदार कम्पनीसंग कुनै सम्झौता नगरेकोले वृद्धि भएको तलब दिन नसकेको बताउनु भएको छ । बीपीले दास्रो सम्झौता नगरेसम्म आफूहरुले तलब वृद्धि गर्न नसक्ने बताउनुभयो । प्रतिष्ठानले नदिए सम्म आफुहरु बढेको तलव दिन नसक्ने उहाको भनाई छ ।
कामै छोडेर आन्दोलनमा होमिदा प्रतिष्ठान अझ अस्तव्यस्त बनेको छ । प्रतिष्ठानले भने सुरक्षाको जिम्मा लिएको ग्रुफफोरसंग सम्बद्ध कुरालाई ग्रुफफोरले नै मिलाउनुपर्ने भन्दै पन्छिदै आएको छ ।
