वीपी प्रतिष्ठानका चिकित्सक र विद्यार्थीद्वारा सद्भाव र्‍याली

धरान/तराईका जिल्लाहरुमा चलिरहेको आन्दोलन हिंसात्मक हुदै गएपछि
धरानस्थित वीपी कोइरालाका चिकित्सक तथा विद्यार्थीहरुहरुले आन्दोलनका नाममा सद्भाव कायम राख्न भन्दै सद्भाव र्‍याली निकालेका छन् ।
े पहिचानको माग गर्दै विभिन्न समुदायले गरेको आन्दोलनका कारण मुलुकले धेरै धनजनका क्षति व्यहोनुपरेको यसलाई रोक्न आग्रह गर्दै सद्भाव र्‍यालीको आयाजना गरिएको उनीरुले बताएका छन् । सद्भाव र्‍याली धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताबाट शुरु भई धरानको विभिन्न भागको परिक्रमापछि भानुचौकमा कोणसभामा परिणत भएको थियो ।
मुलुकमा भड्किएको हिंसात्मक द्वन्द्वले जो मरे पनि नेपाली नै मर्ने भएकोले नेपालमा भएको सदियौदेखिको सद्भाव नखल्बियोस् भन्ने उद्देश्यले नै आफूहरुले सद्भाव र्‍यालीको आयोजना गरेको प्रतिष्ठानका एसोसिएट प्रोफेसर डा. मधुर बस्नेतले जानकारी दिनुभयो ।
शान्तिक्षेत्र नेपाल, गौद्धमबुद्ध जन्मेको देशमा पछिल्लो समयमा हिंसात्मक गतिविधि हुनु अत्यन्तै दु:खदायी भएको भन्दै यस्ता गतिविधिले नेपालकै छवि अन्तर्राष्ट्रिय स्तरमा धमेलिदै गएको प्रति समेत सबैपक्ष सचेत हुन आग्रह समेत गरेका छन् । सद्भाव र्‍याली अगाडि उनीहरुले भानुचौकमा द्विप प्रज्वलन समेत गरेका थिए । चिकित्सक तथा विद्यार्थी सञ्जालको नेतृत्वमा र्‍याली निकालिएको हो ।

तपाईको प्रतिक्रिया