विराटनगर । नेपाल–भारत सीमा फागुन १८ गतेदेखि २१ गतेसम्म सिल हुने भएको छ । फागुन २१ गते हुने निर्वाचनलाई भयरहित, शान्तिपूर्ण सम्पन्न गराउने उद्देश्यले फागुन ८ गते दुवै देशका सुरक्षा निकायबीच भएको छलफल पश्चात फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म दुवै देशतर्फको आवतजावतमा पूर्ण रोक लगाउने निर्णय गरिएको छ ।

नेपाल तथा भारतमा हुने निर्वाचनका दौरान सुरक्षा अवस्थालाई दृष्टिगत गरी दुवै देशका सुरक्षा अधिकारीहरूले त्यस प्रकारको निर्णय गर्दै आएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
