फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरीका चारवटै क्षेत्रमा कुल ११० जना प्रतिस्पर्धी : सांगठनिक दृष्टिले पुराना दलप्रति नै मतदाताको झुकाव : नयाँ भनिएका सामाजिक सञ्जालमा अगाडि

धरान । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा गरी कुल ११० जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । निर्वाचन आयोगको आचारसंहिताका कारण फागुन ४ गतेदेखि मात्र प्रतिस्पर्धी उम्मेदवारहरूले कोणसभा, आमसभा तथा प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
सुनसरी जिल्लामा सांगठनिक दृष्टिकोणले पुरानै दलहरूप्रति मतदाताहरूको झुकाव देखिएको छ भने नयाँ भनिएका राजनीतिक दलहरू सामाजिक सञ्जालमा मात्र अगाडि देखिएका छन् । सुनसरी क्षेत्र नं. १ मा कुल २६ जना उम्मेदवारहरू प्रतिस्पर्धामा रहेका छन् । जसमा राजनीतिक दलबाट १९ जना र स्वतन्त्र ७ जना छन् । यसमध्ये पुरुष उम्मेदवारमा २४ र २ जना महिला रहेका छन् । प्रतिस्पर्धी उम्मेदवारमा आदिवासी जनजातिबाट ७६.९२ प्रतिशत, खस आर्यबाट १५.३८ प्रतिशत र दलितबाट ७.६९ प्रतिशत रहेका छन् । कुल १ लाख ५० हजार ३९३ जना मतदाता रहेको यस क्षेत्रमा पुरुष मतदाता ७२ हजार १८० अर्थात ४७.९९ प्रतिशत र महिला मतदाता ७८ हजार २१२ अर्थात ५२.०० प्रतिशत छन् भने अन्य मतदाता जम्मा एक जना रहेका छन् । सुनसरी क्षेत्र नं. १ मा ४१ मतदान स्थल र १६१ मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा प्रतिस्पर्धी उम्मेदवारमा एमालेबाट टिकाराम लिम्बु, नेपाली कम्युनिस्ट पार्टीबाट सूर्यबहादुर भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमा तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उद्धव श्रेष्ठ, नेपाली काँग्रेसबाट सुजेन्द्र तामाङ, श्रम संस्कृति पार्टीबाट हर्कराज राई, जनता समाजवादी पार्टीबाट सञ्जय राई, मंगोल नेशनल अर्गनाइजेशनबाट राजेन्द्र गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट महेश श्रेष्ठ, संयुक्त नागरिक पार्टीबाट नरेश विक, नेपाल जनमुक्ति पार्टीबाट यामबहादुर लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजकुमार लिम्बु, नेपाली जनश्रमदान संस्कृति पार्टीबाट राजकुमार राई, राष्ट्रिय साझा पार्टीबाट भूपी राई, मितेरी पार्टी नेपालबाट राजकुमार राई, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट दिलबहादुर वास्तोला, उज्यालो नेपाल पार्टीबाट डम्बर लावती, जनता समाजवादी पार्टीबाट नरेन्द्रबहादुर लिम्बु, आम जनता पार्टीबाट रामबहादुर विष्ट र स्वतन्त्रबाट ओमकृष्ण उदास, चेतबहादुर राई, जीवनकला राई, देउमान लिम्बु, शेषप्रसाद रेग्मी, सुभाष विश्वकर्मा, सुमित राई रहेका छन् । उता क्षेत्र नं. २ मा राजनीतिक दलबाट १९, स्वतन्त्रबाट ९ गरी २८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । जसमध्ये पुरुष उम्मेदवार २० जना र महिला उम्मेदवार ८ जना छन् । कुल १ लाख ५८ हजार ९१० मतदाता रहेको क्षेत्र नं. २ मा ७९ हजार ३३९ जना पुरुष अर्थात ४९.९३ प्रतिशत र ७९ हजार ५७० महिला अर्थात ५०.०७ प्रतिशत छन् । अन्य एक जना रहेको उक्त क्षेत्रमा खस आर्यबाट ३९.२९ प्रतिशत, आदिवासी जनजातिबाट ५३.५७ प्रतिशत, मुस्लिमबाट ३.५७ प्रतिशत र दलितबाट ५.५७ प्रतिशत उम्मेदवार रहेका छन् । सो क्षेत्रमा ४० मतदान स्थल र १६६ मतदान केन्द्र रहेका छन् । सुनसरी क्षेत्र नं. २ मा नेपाली काँग्रेसबाट राजीव कोइराला, एमालेबाट सुजन लामा, नेपाली कम्युनिस्ट पार्टीबाट रामकुमारी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लालविक्रम थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेशकुमार बस्नेत, जनता समाजवादी पार्टी नेपालबाट रामचन्द्र मेहता, जनमत पार्टीबाट महावीर मेहता, नेपाल मजदुर किसान पार्टीबाट गीतामाया बजिको, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ताजिना विष्ट, नेपाल लोकतान्त्रिक पार्टीबाट नुनुराम चौधरी, मंगोल नेशनल अर्गनाइजेशनबाट सन्तहित राई, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बाट अजित नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट तुलसा लिम्बु, श्रम संस्कृति पार्टीबाट चेतन राई, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट कृष्णकुमारी दनुवार, उज्यालो नेपाल पार्टीबाट गोपाल तामाङ, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट सन्तोषकुमार मेहता, राष्ट्र निर्माण दलबाट आदित्य आचार्य, आम जनता पार्टीबाट निरन्जन ठाकुर र स्वतन्त्रमा अञ्जनादेवी गुप्ता, इफ्तर खान हसन (इकबाल), डम्बरबहादुर बराइली, देवन्द्र पौडेल, नवराज पौड्याल, भीमबहादुर दाहाल, राजकुमार खत्री, सेसनी राई, सत्यनारायण पण्डित रहेका छन् ।

यसैगरी सुनसरी क्षेत्र नं. ३ मा राजनीतिक दलबाट १७ जना र ६ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् । जसमा पुरुष उम्मेदवारको संख्या १८ छ भने महिला ५ जना रहेका छन् । कुल १ लाख ३४ हजार ३०२ जना मतदाता मध्ये पुरुष ६९ हजार ०१२ अर्थात ५१.३९ प्रतिशत र महिला ६५ हजार २९० अर्थात ४८.६१ प्रतिशत रहेका छन् । यसमा खस आर्यबाट १३.०४ प्रतिशत, आदिवासी जनजातिबाट ४३.४८ प्रतिशत, दलितबाट ४.३५ प्रतिशत, मधेसीबाट १७.३९ प्रतिशत र मुस्लिमबाट ४.३५ प्रतिशत रहेका छन् । जसमा नेपाली काँग्रेसबाट विजयकुमार गच्छदार, एमालेबाट भगवती चौधरी, नेपाली कम्युनिस्ट पार्टीबाट दुर्गेशकुमार चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अशोककुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट घनश्याम गुरुङ, जनता समाजवादी पार्टी नेपालबाट बद्रीप्रसाद यादव, जनमत पार्टीबाट रामनारायण थारु, नेपाल मजदुर किसान पार्टीबाट प्रकृति वासी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रमोद पौड्याल, मंगोल नेशनल अर्गनाइजेशनबाट दिपकुमार तामाङ, समावेशी समाजवादी पार्टी नेपालबाट किशोरकुमार विश्वास, श्रम संस्कृति पार्टीबाट रामप्रसाद सदा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट आशुतोष ढुंगेल, सार्वभौम नागरिक पार्टीबाट कृष्णकुमार चौधरी, उज्यालो नेपाल पार्टीबाट जागेश्वर यादव, नागरिक उन्मुक्ति पार्टीबाट वासुदेव साहु तेली, आम जनता पार्टीबाट रोहनकुमार साह र स्वतन्त्रबाट कसनी थरुनी, कुमारी उराउ, चितनारायण चौधरी, राजनकुमार गौतम, श्यामकुमार मुडियारी र सुमनकुमार चौधरीले उम्मेदवारी दिएका छन् । उता सुनसरी क्षेत्र नं. ४ बाट १७ जना राजनीतिक दल र १६ जनाको स्वतन्त्र उम्मेदवारीसहित कुल ३३ जनाले उम्मेदवारी दिएका छन् । जसमा पुरुष उम्मेदवारको संख्या २८ छ भने महिला ५ जना रहेका छन् । कुल १ लाख ३७ हजार ३४० मतदाता रहेको उक्त क्षेत्रमा पुरुष मतदाताको संख्या ७३ हजार ७२१ अर्थात ५३.६८ प्रतिशत, महिला मतदाताको संख्या ६३ हजार ६१९ अर्थात ४६.३२ प्रतिशत रहेको छ । यसमध्ये खस आर्यबाट २१.२१ प्रतिशत, आदिवासी जनजातिबाट ९.०९ प्रतिशत, मुस्लिमबाट २७.२७ प्रतिशत, मधेसीबाट ३३.३३ प्रतिशत र दलितबाट ९.०९ प्रतिशत उम्मेदवार रहेका छन् । उक्त क्षेत्रबाट एमालेबाट जगदीश कुस्यैत, नेपाली काँग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कम्युनिस्ट पार्टीबाट महमत महफुज अन्सारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमप्रसाद भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दीपककुमार साह, जनता समाजवादी पार्टीबाट सरिता यादव, जनमत पार्टीबाट कपलेश्वर यादव, नेपाल मजदुर किसान पार्टीबाट चञ्चला न्हिसुत, मंगोल नेशनल अर्गनाइजेशनबाट मनकुमार राई, नेपाल जनता पार्टीबाट रमेशकुमार साह, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बाट सत्यनारायण लहुटिया, समावेशी समाजवादी पार्टी नेपालबाट एयुव अन्सारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मो. सदीह मियाँ, श्रम संस्कृति पार्टीबाट विष्णु राना, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट भेषराज बजगाईं, राष्ट्र निर्माण दल नेपालबाट समिद खान, आम जनता पार्टीबाट तरवेज आलम अन्सारी र स्वतन्त्रबाट उपेन्द्रकुमार साह, अंकित कार्की, कुन्दन कौसिक, जलाल मियाँ, तेजनारायण गोइत, देवनारायण महतो, पार्वती मुखिया, फूलकुमारी खान, बुधेश्वर यादव, महेन्द्र सुनचौरी, मो. गुलाब अन्सारी, मो. तजमुल मियाँ, यमुना केसी, रोजन विश्वकर्मा, शर्मानन्द खतिवडा र हरि पराजुली रहेका छन् । सुनसरी क्षेत्र नं. ४ मा ४२ वटा मतदान स्थल र १५० वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन आयोगले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया