काठमाण्डौ । भारतीय
राजदूतावास काठमाण्डौद्वारा ६१ औँ आइटी दिवस विशेष कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाएको छ । भारतका विभिन्न विश्वविद्यालयमा अध्ययन गरेका आइटेकका पूर्व नेपाली विद्यार्थी र अन्य विशिष्ट अतिथिहरूको सहभागितामा आइटी दिवस मनाएको हो । भारतले प्रत्येक वर्ष फेब्रुअरी ७ मा आइटी दिवस विशेष कार्यक्रमका साथ मनाउँदै आएको छ ।यसपटकको आइटेक दिवसमा प्रमुख अतिथिको रूपमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव
रहनुभएको थियो । आइटेक दिवसमा भारतीय राजदूतावासले पूर्व तथा बहालमा रहेका विशिष्ट व्यक्तित्वहरूलाई कार्यक्रमको प्रमुख अतिथिको रूपमा मन्त्रणा गर्दै आएको छ । भारतको आइटीइसी नेटवर्कले विगत १५ वर्षयता नेपालका ३ हजार ५ सयभन्दा बढी दक्ष जनशक्ति सहित विश्वभर २ लाखभन्दा बढीलाई तालिम दिइसकेको छ । त्यस प्रकारको तालिमले क्षमता अभिवृद्धि र विकासमा भारत–नेपालको सम्बन्धलाई थप सुदृढ बनाएको छ ।


सो अवसरमा बोल्दै नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भन्नुभयो आइटीइसी पहललाई विस्तार गर्न नेपालका बदलिँदा प्राथमिकताअनुरूप थप कार्यक्रम ल्याउने कुरामा आफूहरू प्रतिबद्ध रहेका छौँ । उहाँले वर्तमान अवस्थामा आइटेकको महत्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा केही आइटेक सहभागीहरूले आइटेक कार्यक्रमका बारेमा आफ्ना अनुभव र विचारहरू साझा गर्नुभएको थियो । उहाँहरूले आफ्नो सीप, ज्ञान अभिवृद्धि गर्न आइटेक कोर्सहरूले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा आसम मुकुट बोहराले नेतृत्व गर्नुभएको र Iccrofficialद्वारा समर्पित नटराज गोष्ठी समूहले सक्रिया साथै दशावतार नृत्य र लोक फ्युजन वाद्यवादनको उत्कृष्ट प्रस्तुति पनि प्रस्तुत गरिएको थियो ।






