इटहरी । विगत २६ बर्षदेखि पूर्वेली ग्राहकहरुको किनमेलको मुख्य थलो र पहिलो रोजाइ बन्दै आएको गोरखा डिपार्टमेन्ट स्टोरमा यतिबेला अत्याधिक चाप बढेको छ । खास गरेर चीसो याम शुरु भएपछि भर्खरका नवजात शिशुदेखि बयस्कहरुका लागि स्देशी तथा विदेशी ब्राण्डका न्याना कपडाको खोजीमा ग्राहकहरुको ठूलो संख्या गोरखा डिपार्टमेन्ट स्टोर पुग्न थालेपछि अत्याधिक चाप बढेको हो । पूर्वी पहाडी जिल्ला पाँचथरको चयाङ्गथापुबाट आएकी सीता लिम्बूले भनिन् यहाँ भएका आफन्त भेटेर फर्कने क्रममा न्याना कपडा खरिद गर्न गोरखा डिपार्टमेन्ट स्टोरमा आएकी हुँ । यतिबेला च्याङ्गथापुमा अत्यन्तै चीसो बढेको छ । बृद्ध बृद्धा र नानीहरुलाई जोगाउनै गाह«ो छ । गोरखा डिपार्टमेन्टका बारेमा आफूले धेरै अगाडिदेखि सुन्दै आए तापनि आइपुगेकी थिइनँ । जस्तो सुनेकी थिएँ त्यस्तै पाएँ, उनले भनिन् । कस्तो पाउनु भयो त भन्ने जिज्ञासामा लिम्बुले भनिन् गुणस्तरीय र ब्राण्डेड सामान मात्र होइन बाहिरी बजार भन्दा मूल्यमा पनि अन्तर पाएँ । उनले सुनाइन् बाहिरी बजारमा नपाइएका सामान मैले यहाँ पाएँ । लिम्बुको जस्तै कथन थियो तेह्रथुम म्याग्लुङकी जमुना गुरुङको । सोमबार गुरुङ्ग पनि नानीहरुका लागि न्याना कपडा छनौट व्यस्त थिइन् ।

मलेसिया, थाइल्याण्ड, हङकङ, सिंगापुरबाट गोरखा डिपार्टमेन्ट स्टोरले कपडा मात्र नभएर आकर्षक सजावटका समानहरु, गिफ्ट आइटम, फूल, जुत्ता, चप्लहरु ग्राहककै चाहना बमोजिम आयात गर्दै आएको छ । ग्राउण्ड Ïलोरमा रहेको ग्रोसरी स्टोरमा समेत ग्राहहरुको उल्लेख्य भीड देखिन्छ । गत बर्षदेखि औषत अघिल्ला बर्षको तुलनामा ग्राहकको चाप बढेको प्रति डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो ग्राहकको भीड एक बर्ष यता बढेकै हो । डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहक लक्षित सामान आयात गर्नु, सामानको गुणस्तरमा ग्राहकहरु विस्वस्त हुनु, मूल्य बाहिरी बजार भन्दा कम हुनु, हरेक सामानको निश्चित मूल्य निर्धारण हुनु, बार्गेनिङ्गको कुनै गुन्जायस नहुनुले पनि ग्राहकको चाप बढेको हुनसक्ने आचार्यको विश्वास छ । उता गोरखा डिपार्टमेन्ट स्टोरले सञ्चालनमा ल्याएका आफ्ना अन्य शाखाहरु मोरङको विराटचौक, पथरी, झापाको दमकमा समेत ग्राहकको उल्लेख्य भीड हुने गरेको स्टोरका म्यानेजर श्रीप्रसाद गौताले सुनाउनुभयो । उहाँले भन्नुभयो यतिबेला सबै शाखाहरु राम्रोसँग रनिङ्ग गरिरहेका छन् ।
स्थानीय र पहाडी जिल्लामा प्रांगरिक मलको उच्च माग

आफ्नै कृषि फार्मबाट संकलन गरिएको काँचो गोबरबाट उत्पादन गरिएको प्रांगरिक मलको हाल स्थानीयदेखि पहाडी जिल्लाहरुमा यतिबेला उच्च माग रहेको छ । गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ ल्याव टेष्ट गरेर गोवर पेलेर मल उत्पादन हुन्छ । त्यसमा अन्य आवश्यक केमिकल पनि हालिन्छ । यो मल हेर्दा चियापत्ति जस्तै हुन्छ जसले माटोको उर्वराशक्ति बढाउने काम गर्दछ । हाल यो मल पहाडका इलाम, भोजपुर, खोटाङ धनकुटासँगै स्थानीय कृषकले लगिरहेका छन् । उहाँहरुको माग धान्नै नसकिने भएको छ । यसका अलावा काँचो गोबर पेलेर निस्केको झोल मललाई फर्मलटेसन गरेर बनाइएका झोल मल ग्यालेनमा प्याक गरिएको छ । यो झोल मल १० लिटर पानीमा एक लिटर झोल हाल्दा पुग्छ । यो बाक्लो दही जस्तै हुन्छ ।
खाद्यान्न लगायत ग्रोसरी आइटम खरिदमा ग्राहकहरुको भीड

इटहरी । पूर्वेली ग्राहकहरुका लागि मात्र नभएर छिमेकी मुलुक भारतको विहार, पश्चिम बंगालको दार्जिलिङ, मिरिक, कालेङपुङ, आसामको डिम्बापुर, मणिपुरसम्मका ग्राकहरुका लागि ब्राण्ड बनेको इटहरीस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा यतिबेला खाद्यान्न लगायत ग्रोसरीका अन्य सामान खरिद गर्नेहरुको अत्याधिक भीड बढेको छ । धरानमा आफन्त भेट्न परिवारसहित सिक्किमबाट आएका सुदेश प्रधान सोमबार स्टोरको ग्राउण्ड Ïलोरमा भेटिए । उनी किचेन वायरको समान खरिदमा व्यस्त दखिन्थे । सिक्किममा पनि ठूला ठूला डिपार्टमेन्ट स्टोरहरु रहेका छन् । यहाँबाट सामान किन खरिद गर्नुभएको त भन्ने सवालमा उनले भने सिक्किममा सबै सामान पाइँदैन् । अक्सर गरेर भारतीय उत्पादनहरु मात्र पाइन्छ । तर यहाँ तेस्रो मुलुकका ब्राण्डेड सामानहरु पाइन्छन् । उनल भने सिक्किम र यहाँ मूल्यमा पनि फरक छ । अझ विदेशी ब्राण्डका सामान ग्राहकहरुले चाहेर पनि पाउन सक्दैनन् । त्यसैले फर्कदा केही सामान लिएर जान स्टोरमा आएँ । उता विहारको फारविसगञ्जबाट आएका निरज दुवे स्टोरको तेस्रो तलामा आइतबार विदेशी ब्राण्डका जुत्ता चप्पल छान्नमै व्यस्त थिए । भारतमा शनिवार र आइतबार सार्वजनिक विदा हुने भएकोले घुमफिरका लागि उनीहरु विराटनगर हुँदै धरान भेडेटारसम्म पुगेर फर्कन्छन् । आइतबार र शनिवार जोगवनी नाका भएर साना सवारी साधनहरु सैयौको संख्यामा भेडेटार पुग्ने गरेका छन् । फर्कदा अधिकांशले गोरखा डिपार्टमेन्ट स्टोरमा किनमेल गर्ने गरेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ वास्तवमा शनिवार र आइतबार गोरखा डिपार्टमेन्ट स्टोरमा भारतीय ग्राहकहरुको अत्याधिक चाप बढ्ने गरेको छ । हप्ताको दुई दिन उनीहरु कति संख्यामा आए भन्ने यकिन तथ्यांक नभएपनि अधिक हुने गरेको छ । गोरखा डिपाटमेन्ट स्टोरप्रति ग्राहकहरुको आफ्नै प्रकारको आकर्षण रहेको छ । ६ लाख ५० हजार भन्दा बढी आइटम एकै ठाउँमा पाइने भएपछि अन्यत्र खोज्नुपर्ने झन्झट नभएकोले पनि ग्राहकहरु हरेक मौसममा आउनु भएको हुनसक्छ । जे होस् ग्राहकहरुले गोरखा डिपार्टमेन्ट स्टोरलाई माया गरिदिनुभएको छ, स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यको बुझाई छ । उहाँ भन्नुहुन्छ स्टोरमा पाइने हरेक समान चाहे त्यो स्वदेशी होस् चाहे विदेशी होस् बजार मूल्य भन्दा सस्तो पाइन्छ । धरानमा पनि पछिल्लो समय डिपार्टमेन्ट स्टोरहरु बग्रेल्ती नखुलेका होइनन् तर अधिकांश ग्राहक आफूलाई चाहिने जुनसुकै सामान खरिद गर्न गोरखा डिपार्टमेन्ट स्टोरमै पुग्ने गरेका छन् । धरान १७ सिओन मार्गकी सुनिता सुब्बा भन्नुहुन्छ गोरखामा आएपछि के लिउँ के नलिउँ हुन्छ । गिÏट आइटम, इलेक्ट्रोनिक्स आइटम, लत्ता कपडा, ग्रोसरी आइटम, पेय पदार्थका हजारौ ब्राण्ड पाइन्छ । यति धेरै सामान एकै ठाउँमा राजधानी काठमाण्डौ बाहेक अन्यत्र होला जस्तो लाग्दैन, सुब्बाले भन्नुभयो । अझ गोरखा किचेनमा प्रवेश गरेपछि उपलब्ध हुने परिरकारको त कुरै नगरौ । महिनाको एक दुई पटक आफू गोरखा डिपार्टमेन्ट स्टोरमा सामान खरिदकै लागि आउने गरेको पनि उहाँले सुनाउँनुभयो ।
स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ झुका,दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।

