धार्मिक गुरु शिवशक्ति बाबालाई सम्मान

धरान । मुक्तिधाम इटहरीको ४७ औं वार्षिकोत्सव एवम् हस्पिटल मानव कल्याण आरोग्य ज्ञानमहायज्ञ–२०८२ को अवसरमा अध्यात्मिक गुरु जगत् गुरु शिवशक्ति बाबालाई अभिनन्दन गरिएको छ । उहाँलाई मुक्तिनाथ इटहरीको ४७ औं बार्षिक एवम मानव कल्याण आरोग्य ज्ञानमहायज्ञ २०८२ को अवसमा सम्मान गरएको हो । यसअघि उहाँलाई ‘जम्बुद्वीप पद्मश्री रत्न’ सम्मानबाट विभूषित गरिएको थियो । अन्तर्राष्टिूय प्रणामी युवा संस्थाको आयोजनामा काठमाडौंमा सम्पन्न विशेष अध्यात्मिक समारोहका बीच बाबालाई उक्त सम्मान प्रदान गरिएको हो । २५ भन्दा बढी राष्ट्रका प्रतिनिधिहरूको उपस्थिति रहेको अन्तर्राष्ट्रिय नागरिक अभिनन्दन कार्यक्रममा बाबाको अध्यात्मिक साधना, सामाजिक सेवा र मानव कल्याणमा पु¥याएको योगदानको कदर गर्दै उच्च सम्मान प्रदान गरिएको आयोजकले जनाएका छन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय प्रणामी युवा संस्थाका अध्यक्ष विशाल प्रणामी क्षेत्रीले शिवशक्ति बाबा केवल धर्मगुरु मात्र नभई सिद्ध पुरुष र मानवताका सेवक भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार बाबाले हालै एक अस्पतालको आजीवन सदस्यता ग्रहण गर्दै १ लाख ११ हजार १११ रुपैयाँ नगद सहयोगसमेत प्रदान गर्नुभएको छ, जसले स्वास्थ्य सेवामा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ । उहाँले शिवशक्ति बाबा नाम मात्र नभई उहाँमा साक्षात् आध्यात्मिक शक्ति रहेको स्पष्ट पार्नुभयो । उहाँले बाबाको आशीर्वादले धेरै पीडितले राहत पाएको बताउनुभयो । सोही अवसरमा काठमाडौंमा आयोजित अन्तर्राष्टिूय समरसता मञ्चको कार्यक्रममा सिक्किम राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ (रोहित राज महाराज) लाई ‘एसिया कन्टिनेन्ट अवार्ड’ प्रदान गरिएको थियो । उक्त ऐतिहासिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी शिवशक्ति बाबालाई वैदिक सनातन धर्मको प्रवद्र्धन तथा नेपालको गौरव अन्तर्राष्ट्रिय स्तरमा फैलाएको योगदानस्वरूप ‘जम्बुद्वीप पद्मश्री रत्न’ अवार्ड प्रदान गरिएको आयोजकको भनाइ छ । आयोजकका अनुसार शिवशक्ति बाबाको आध्यात्मिक साधनाले मानव कल्याण, विश्व शान्ति र धार्मिक सद्भाव फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ । कार्यक्रममा उहाँको सिद्ध शक्ति, लोककल्याणकारी योगदान र वैदिक सनातन धर्मको प्रचारप्रसारबारे चर्चा गरिएको थियो ।

तपाईको प्रतिक्रिया