सुनसरीमा नक्कली नोटसहित एक युवक पक्राउ

सुनसरी । गत माघ २१ गते जिल्ला सुनसरीको हरिनगरा गाउँपालिका वडा नं. १ मा रहेको एक किराना पसलबाट सामान खरिद गर्ने क्रममा नक्कली नोट प्रयोग गरिएको भन्ने सूचनाका आधारमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्राप्त जानकारी अनुसार सोही दिन राति करिब ८ बजेको समयमा किराना पसलमा नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रामनगर भुटाहाबाट खटिएको प्रहरी टोलीले तत्काल कारबाही गरेको थियो । प्रहरी टोलीले इनरुवा नगरपालिका वडा नं. १० निवासी वर्ष २५ का बहिस मियाँलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट जाली नोट जस्तो देखिने नेपाली रुपैयाँ १ हजार दरका २८ थान नोट फेला परेको हो । बरामद गरिएको उक्त नोटको जम्मा रकम २८ हजार रहेको ्रप्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका बहिस मियाँलाई बरामद नक्कली नोटसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया