घण्टाघरबाट हेर्दा

कम्ता बाठा छैनन्
घण्टे लुसिफरहरू कम्ता बाठा छैनन् । एक चोक्टा मासु र एक तुर्की रक्सीमा बिक्री हुने नेपाली जनतालाई उल्लु बनाउन सजिलै सकिने भएपछि लुसिफरहरूले नाटक मञ्चलाई भव्यताका साथ अगाडि बढाएका छन् । उनीहरूको अन्तिम निष्कर्ष अरूले ३५ वर्षसम्म लुटे अब हामीले लुट्न पाउनुपर्छ भन्ने नै देखियो । बीस रुपैयाँको चाउचाउ चोर्ने तर इमानदार नेता खोज्न घाँडा नेपालीहरूको गिदी घण्टे लुसिफरहरूले गज्जबले अध्ययन गरेका छन ्। जति जति निर्वाचन नजिक आउँदै छ त्यति त्यति नाटकलाई उत्तेजक र सशक्त बनाउँदै गएका छन् । आफ्नै घरका झ्याल ढोका छोडफोड गरेर अरूलाई दोष लगाउने, आफ्नै सम्पर्क कार्यालय आफै तोडफोड गरेर अरूलाई दोष लगाउने, भन्सारै नतिरी आठ–आठ करोडको गाडी भित्र्याउने के के हो के के? यतिबेला नाटक अझ क्लाइमेक्समा पुगेको छ । हिन्दुहरूलाई नानाभाँति भन्ने, घृणा गर्ने, तिरस्कार गर्ने तर घण्टी बजाउन नलजाउने, अरू बेला मन्दिरतिर समेत नफर्कने तर अहिले जोइ पोई नन्दीभृंगी लिएर आफै माला लगाएर दर्शन गरेको फोटो पोस्ट्याएर उल्लु बनाउन । बाबा † लुसिफर घण्टेहरूसँग नाटक मञ्चन गर्न चाहिँ सक्नै पर्ने भयो ।
माकुनेलाई लुक्दाको दास्ती

ललिता निवास चलचित्रका नाइके पुतली जुँगे माकुनेलाई यतिबेला साह्रै सकस पर्या छ । आफ्नो निर्वाचन क्षेत्र रौतहट पुगेका उनी भाग्दै लुक्दै बस्नुपर्या छ । तीन वर्ष अगाडिको आम निर्वाचनमा आफ्नो क्षेत्रका युवाहरूलाई फ्रि भिसा र फ्रि टिकटमा मालदार मुलुकमा वैदेशिक रोजगारीमा पठाइदिने कसम खाएका थिए । त्यसरी कसम खाए पनि आजसम्म रौतहटका कुनै युवा युवतीलाई फ्रि भिसा, फ्रि टिकटमा कतै ठे न काम गरेनन्। निर्वाचन जितेर गएपछि बाल मतलब भन्दै बसे। अब यतिबेला बिचरालाई त्यही कसम काउसो भा’छ । मत माग्न घरदैलो गरौँ भने युवाहरूले पिँधमा पुल्ठो बाल्ने त्रास, ननिस्कौँ भने कसरी मत माग्ने ? हे दैव, यस्तो भुर्न हत्ते त कसैलाई पनि नपरोस्। बिचरा निर्वाचनभरि एक ठाउँमा डल्लो परेर आकाशतिर हेर्दै तारा–तारा भन्दै बस्ने भए ।
शेखराउले पोलिखाएछन्
कोइराला परिवारबाट आएका शेखराउले नि काँग्रेसको सिद्धान्त पोली खाएछन् । अरूले पोली खाए भनेर अब वित्थामा के विस्मात गर्नु ? कोइराला परिवार, त्यसमाथि बीपी सायद ठूलो बाउ । तिनले त बीपीका सिद्धान्तलाई यसो आँखी च्याप्छन् कि भन्या नहुने भयो। अब हेरौँ न, अस्तिखेर दिन ंत्यो के जातिमा गएर काँग्रेसको सिद्धान्त भन्या भ्रष्टाचारमुक्त समाज र सुशासन हो भनेर डङ हानेछन् । थाहा भएर शेखराउले नभनेका हुन् कि थाहा नभएर त्यसो भन्या हुन ? घण्टाघर अलमलमा पर्या छ । जाबो भ्रष्टाचारमुक्त समाज र सुशासन त काँग्रेस इतरले नि फ्याकिरा’छन् । पक्कै शेखराउले बीपीको सिद्धान्त बिर्सेको हुनुपर्छ । नत्र बीपीको सिद्धान्त त राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र संवैधानिक राजतन्त्र हो । बीपीको सिद्धान्त नै पोली खाएपछि बातै खलास ।
वाक स्वतन्त्रताको धज्जी
परिचालित असवैधानिक टिके लुसिफर सरकारले नागरिकको वाक स्वतन्त्रताको धज्जी उडाउन थालेछ । जनताबाट चुनिएर आएको भए पनि नागरिकको वाक स्वतन्त्रताको सम्मान गर्नु पर्ने होइन र ? चोर बाटोबाट लुसिफरहरुलाई सत्तामा पु¥याउने बाचा बन्धन गरेर आएपछि वाक स्वतन्त्रता भाँडमै जा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको कार्यक्रम विथोल्न लुसिफर सरकार ज्यान फालेर लागिपरेको छ । मधेश प्रदेशका बीरगञ्जमा शनिवारको आमसभा अगावै सयोजक दुर्गा प्रसाईलाई क¥यापझ्याप बनाएछ । न पक्राउ पूर्जी छ, न कुन अभियोग लगाइएको छ—सिधै क¥याप झ्याप । अरू बोल्न ट्याउ ट्याउँ भन्ने डरले लुसिफर मानव अधिकारवादीको थुतुनोमा पनि डलर छिरेजस्तो छ । नत्र दुर्गालाई अँठाउँदा भुक्नै पर्ने हो । उता बीरगञ्जमा नागरिकहरूले सडक बालेका छन्, बजार पसल बन्द गराएका छन्, यातायात ठप्प बनाएका छन् । जे होस्, आन्दोलन गर्न मलजल सरकार आफैँ गर्दैछ, खुशीको कुरा हो ।
डिएनएमै ठग्ने खुबी
हैन हौ त्यो घण्टे पार्टीका सभापति लुसिफर लामिछानेको डिएनमै ठग्ने् खुबी छ क्या हो ? पाइला पाइलामा झुटो बोल्नु, ठग्नु, जनतालाई झुक्याउनु, उत्ते्जना फैल्याउनु, भावानात्मक ब्लाकमेल गर्नु त डिएनए मै ठग्ने खुबी भएको हुनुपर्छ । केही दिन अगाडि दाहिने खुट्टामा समस्या भएर अस्पताल भर्ना भा’थे । विशेष भएसी’ चुनावी अभियानमा चितौन पुग्दा तिनले देब्रे खुट्टाको घुँडामुनि पट्टी लगाएका थिए । जुन खुट्टोमा समस्या हो त्यसैमा पट्टी बाध्नुपन हैन र ? अबचाहिँ नेपाली जनताले यस्ता पात्रहरुको पहिचान गर्लान् कि नगर्लान् ? नगरे संगुरले चेते बाबा चेते भनेझै भन्नुपर्ला कि । बाँकी आफै मिलाएर बुझ्दा वेश ।
घण्टेका राष्ट्रपतिले जुत्ता पनि खोलेनन्
घण्टे ग्याङ्गका राष्ट्रपति ललिप चुसेर गर्माका आयाराम गयाराम दलका बाउरामले आफ्नो बाबु मर्दा नि जुत्ता खोलेनन् भनेर जोरीपारिहरुले उछित्तो किन काढ्या होलान् ? न उनी धर्म मान्छन् । त्यसमाथि धर्मलार्ई अफिम भन्छन् । न संसकार मान्छन् । हिन्दु संस्कारको त खिल्ली नै उडाउँछन् । अनि जुत्ता किन खोल्नु ? जुत्ता खोल्नु र तिनको बाउ मर्नुमा के सम्बन्ध छ र ? जुत्ता खोलेर तिनको बाउ जिउँदो हुँदैनन् क्यारे । बाबु भन्दा जुत्ता प्यारो । धर्म, सँस्कृति, रितिरिवाज, परम्परा भन्दा जुत्ता प्यारो । अब त कुरा क्लियर भयो होला कि नाई ?
डिजिटल स्नानसँगै मुद्धा
घण्टे पार्टीका अर्थमन्त्री सर्निम वाग्ले यतिबेला डिजिटल स्नान गर्देछन् । त्यसैले हाम्रो समाजमा बोल्न पायो भन्दैमा प्याच्च नबाल्नु, बस्न पायो भन्दैमा थ्याच्च नबस्नु त्यसै भन्या होइन । वाग्लेले यसभन्दा अगाडि सामाजिक सञ्जालमा हिन्दु धर्म विरुद्ध गरेको विषबमन, राजसंस्थाप्रति गरेका दुष्प्रयास यतिबेला तिनलाई गलपासो भा’छ । अझ १० हजारमात्र सेना राख्ने, संघीयतालाई अझ बलियो बनाउनुपर्छ भन्ने अभिव्यक्तिल तिनलाई तनहुँमा थुतुनो देखाएर हिँड्न नसक्ने बनाएसी’ आफ्ना सबै स्टाटसहरु सामाजिक सञ्जालबाट हतार हतार मेटाउन (स्नान) गर्न थाल्या छन् । तनहुँका जनताले ढोगी, चटके, नाटककार भनेर खिल्ली उडान थालेपछि तिनीहरुका विरुद्धमा साइबर व्युरोमा उजुरी हाल्दै हिँड्या छन् । अबचाहिँ वाग्ले तनहुँबाट शिव चाम्लिङ्ग हुने पक्का भएको छ ।
अन्तेमा
लाउरेसको नेतृत्व हाइज्याक गर्न मटन काजी र मुसे शर्माले सर्वोच्च अदालतको म्याद बुझ्नै मानेनन् रे । विधि र प्रणाली बसाउने भन्दै बद्लिएको काँग्रेसको नारा दिँदै आएका सभापति मटान काजी र उपसभापति मुसे शर्माले पनि अदालतको म्याद बुझ्ने कुरै आउदैन । उनीहरु त सुपर मेन हुन । सुपर मानवले पनि बुझ्ने कुरै आउँदैन भन्ने कुरा सर्वोच्चले बुझ्नु पर्दैन ? महाधिवेशनका नाममा फर्जी महाधिवेशन प्रतिनिधि बालाएर डमी भेला बोलाएको सबैलाई
थाहा छ । अब सर्वाेच्चले माने मटन काजी र मुसे शर्माको नाममा पत्रिकामा सूचना निकाल्ने भएको छ । विधि र प्रणालीको कुरा गर्नेले अदालतको म्याद बुझ्न किन अप्ठेरो पर्या हँ ? दालमे कुछ काला है । मटनकाजी भीरको चिण्डो उधो र उँभो होलान् जस्तो पो छ ।

तपाईको प्रतिक्रिया