नेपाललाई १२ अर्ब ३० करोड अनुदान

धरान । भारतले आर्थिक वर्ष २०२६÷०२७ मा नेपाललाई १२ अर्ब ३० करोड अर्थात ८ सय करोड भारु अनुदान दिने भएको छ । भारत सरकारकी अर्थमन्त्री निर्मला सितारमणले आइतबार संसदमा आर्थिक वर्ष २०२६÷०२७ को बजेट प्रस्तुत गर्दै नेपाललाई दिने अनुदान सहायताको घोषणा गर्नुभएको हो । गत वर्ष भारतले १२ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराएकोमा यस वर्ष ३० करोड थप गरिएको छ ।

भारतले आफ्ना छिमेकी मुलुकसँगै कम विकसित मुलुकहरूमा स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण लगायतमा विगतदेखि नै आर्थिक अनुदान उपलब्ध गराउँदै आएको छ । भारतले दिने अनुदान सहयोगमा सबैभन्दा बढी भुटानलाई उपलब्ध गराउने भएको छ । विनियोजित बजेटमा भुटानलाई २ हजार दुई सय ८८ करोड, माल्दिभ्सलाई ५ सय ५० करोड, म्यानमारलाई ३ सय करोड, श्रीलंकालाई ४ सय करोड, अफगानिस्तानलाई १ सय ५० करोड, बंगलादेशलाई ६० करोड, मंगोलियालाई २५ करोड र अफ्रिकाका केही मुलुकलाई २ सय करोड भारु उपलब्ध गराउने विनियोजित बजेटमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया