धरान । धरानबाट विगत २७ वर्षदेखि नियमित प्रकाशित हुँदै आएको धरान साप्ताहिक ‘क’ वर्गमा वर्गीकरण भएको छ । नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय प्रेस काउन्सिलद्वारा हालै गरिएको वर्गीकरणमा धरान साप्ताहिक प्रकाशन संख्या, वितरण प्रणाली, स्तरीय एवम् खोजमूलक समाचारका लागि उत्कृष्ट ठहरिएसँगै ‘क’ वर्गमा वर्गीकरण भएको हो । स्थापना कालदेखि नै भ्रष्टाचार, विकृति र विसंगतिका विरुद्धमा सशक्त समाचार सम्प्रेषण गर्दै आएको र प्रकाशनका दौरान विभिन्न व्यक्ति तथा संघ संस्थाहरूले समाचारप्रति असन्तुष्ट व्यक्त गर्दै ६८ वटा मुद्दा दायर गरिए पनि सबै प्रकारका मुद्दा धरान साप्ताहिकको पक्षमा प्रमाणका आधारमा न्यायालयले फैसला गरेको थियो ।
