धरान । जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत अस्थायी प्रहरी चौकी विजयपुरबाट खटिएको गस्ती टोलीले लागूऔषधसहित एक किशोरलाई पक्राउ गरेको छ । गत माघ १२ गते राति करिब राति ९ बजेको समयमा जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं. १४ गणेश टोलस्थित स्थानमा शंकास्पद रूपमा हिँडडुल गरिरहेका व्यक्तिलाई चेकजाँच गर्ने क्रममा सोही स्थानमा बसोबास गर्ने वर्ष १६ का कुन्दन पाठकलाई पक्राउ गरिएको हो । प्रहरीले उनको साथबाट लागूऔषध ट्रामाडोल क्याप्सुल ३१८ (तीन सय अठार) थान र स्पास्पेन ट्याब्लेट २८९ (दुई सय उनान्नब्बे) थान फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

लागूऔषधसहित पक्राउ परेका किशोरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरी (अन्वेषण तथा योजना शाखा) ले जानकारी दिएको छ ।
