धरानमा लागूऔषधसहित दुई युवा पक्राउ

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत अस्थायी प्रहरी पोष्ट बसपार्क धरानबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । माघ ११ गते साँझ १६ः२५ बजेको समयमा जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं. १५ आरा लाइनस्थित स्थानमा शंकास्पद रूपमा हिँडडुल गरिरहेका व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. १ घर भई हाल धरान उपमहानगरपालिका वडा नं. १२ बसोबास गर्दै आएका वर्ष १९ का विनय राई र सोही स्थानमा बसोबास गर्ने वर्ष १९ का रुविन राईलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरूको साथबाट लागूऔषध ट्रामाडोल क्याप्सुल १८५ (एक सय पचासी) थान र स्पास्पेन ट्याब्लेट १८५ (एक सय पचासी) थान फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरी (अन्वेषण तथा योजना शाखा) ले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया