सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । माघ १२ गते राति करिब ९ः३० बजेको समयमा जिल्ला सुनसरी इनरुवा नगरपालिका वडा नं. ०६ भोटेपुलस्थित पूर्व–पश्चिम सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.२ ह. ६१२५ नम्बरको अटो रोक्न खोज्दा नरोकी भागेको थियो । त्यसपछि अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाको सहयोगमा उक्त अटोलाई इनरुवा नगरपालिका वडा नं. ०४ स्थित स्थानमा रोकी चेकजाँच गरिएको हो ।
चेकजाँचका क्रममा अटोमा राखिएको अवस्थामा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९९.१ के.जी. (उनान्सय किलोग्राम एक ग्राम) फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीले अटो चालक जिल्ला धनकुटा चौबिसे गाउँपालिका वडा नं. ०७ बसोबास गर्ने वर्ष २५ का साजन लिम्बु र सोही अटोमा सवार वर्ष १९ का गगन लिम्बुलाई उक्त लागूऔषध र अटो सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरी
(अन्वेषण तथा योजना शाखा) ले जानकारी दिएको छ ।
