एजेण्डाविहीन पार्टी रे
अर्काका कुरा काट्न पाउँदा मान्छेहरु कम्ता खुशी हुँदैनन । झन यतिबेला त निर्वाचन मुखैमा आएको छ । एउटाले अर्कोलाई पूरै नांगै बनाएर भुत्ल्याउन थाल्या छन् । मतदाताहरु दलका उमेद्वारहरुलाई भुत्ल्याएर चरम आनन्द लिन थाल्या छन् । अब हेरम न विगतमा ठगी धन्दा चलाएर देशैभरि सुनाम कमाएको घण्टे पार्टीलाई परिचालितहरुबाहेक सबैले निर्वस्त्र बनाएर गफ जोत्न थाल्या छन् । घण्टे पार्टीका आदर्श, विचार, उद्देश्य केही छैन रे । हैट त्यतिविघ्न महान विचार बोक्या छन् । कस्ले भन्यो एजेण्डै छैन भनेर ? मटन खान हुन्छ भने गाई काटेर खान किन मिल्दैन ? हिन्दु धर्म मान्नेहरु पार्टीमा नबस्नु भनेर उर्दी नै जारी गर्दियाछन्, बलात्कारलाई जघन्य अपराध भन्दै आएकोमा बलत्कार सामान्य कुरा हो । एक झापड हानेजस्तै, बार्बरा फाउन्डेशन र एमसिसीका दलालहरुलाई मात्र टिकट दिइनु कम्ता आदर्शवादी सोच छैन । खाली घण्टेका उमेद्वार उडन्ते र बतासेमात्र भए कसरी भन्न सक्या
होला ? त्यस्ता महत्वपूर्ण एजेण्डा बोकेको घण्टे पार्टीलाई एजेण्डा बिनाको भन्न त मिल्दैन नि ।
बाख्रे साहेबको कन्तविजोग
सधै अरुसँग टाँसिएर उच्च पदमा पुग्न सफल पूर्व मुकुट्टा पार्टीका अध्येक्षे प्रचण्डाउ यतिबेला रुच्ने हाँसो हाँस्दै रोल्पातिर बरालिएका छन् । विगतमा कहिले लाउरेसको कहिले झालेमालेको बुइ चढेर चुनाव जित्दै आएका थिए । यसपटक विचरालाई कठिन छ । अन्तका जनताले नपत्याउने देखेपछि रोल्पाका सोझा साझालाई मुर्गा बनाउन सिकन्छ कि भनेर दौडेका छन् । उनी रोल्पालीका अगाडि यसपटक नेपाली कम्युनिस्ट पार्टी एक नम्बरको हुने ध्वाँस पिट्दै हिँड्या छन् । अब रोल्पालीहरु पहिलाका रोल्पाली कहाँ रहे र ? प्रचण्डाउको कुरा सुनेर फिस्स गर्न थाल्या छन् । बीस बर्ष अगडिझै घरमा अगति पस्ता कि भनेर तर्कन थाल्या छन् । आफ्नै टुंगो छैन एक नम्बर कसरी बन्ने हो ? जे भए नि फुइँ त लगाउनै प¥यो । कि कसो हौ ?
यसपालिका ठिस उमेद्वारहरु
यसपपटक निर्वाचनमा उमेद्वार बनेकाहरु अधिकांश नमूना देखिन थाल्या छन् । मतदाताहरु तिनलाई ठिस उमेद्वार भन्दै जिस्क्याउन थाल्या छन् । यस्ता ठिस उमेद्वारहरुमा हाललाई चर्चित उमेद्वारहरुमा घण्टे पार्टीकै ज्यादा रै’छन् । आशिका तामाङ, रञ्जु दर्शना, सागर ढकाल, पुस्कर बम, रिमा विश्वकर्मा, बालेन साह (तेली), गणेश कार्की, खगेन्द्र सुनुवार, विनिता कठायत, टासी ल्हाजोम, बब्लु गुप्ता । अरु पनि धेरै ठिस उमेद्वारहरु छन् । कतिपय निर्वाचन सम्ममा ठिस हुन अवस्थामा देखिएका छन् ।
सबै दल पहिलो हुँदै

सेक्युरिटी प्रेस खरिदमा सत्तरी करोड झ्याम्मै बजाइदिएका झालेमालेका चर्चित पात्र गोÏले बास्कोटाले अस्तिका दिन बडो गज्जबको गफ गरे । सबै दलले चुनाव जित्ने दाबी र सिट संख्या आंकलन सुन्दा पढ्दा कोही पनि दोस्रा् नहुनु भएका छन् । अझ लाउरेसका बाख्रे साहेव र राजधानी जलाएर, गरिबको उठिबास लगाएर झापातिर पसारो परेका लुसिफर साहले आफूलाई भावी प्रधानमन्त्रीको उमेद्वारै घोषणा गरेका छन् । छोरो पाउनु कहिले कहिले कोक्रो बन्नुको हतार भनेझै । हुन त ती दुवै पूर्व घोषित फेसबुके पर्धानमन्तरी हुन् । विचराहरु आफू चुनावमा पाहा पछारिएझै पछारिने संकेत देखिदैछ । फेरि पर्धानमन्तरी हुन दलले बहुमत ल्याउनुप¥यो, सबैले पत्याइ दिएर संसदीय दलको नेता हुनुप¥यो, हावामा दौडिएर हावा गफ ग¥या छ, उदेक लाग्दो ।
३५ लाखको रक्सी तन्काएर कुले
भावी पधानमन्त्रीको उधारो पगरी भिरेर तस्करले उपहार दिएको गाडी चढेर छेउ न छुप्पाको फइँ लगाउँदै हिड्या एकजना गँजेडी जुल्फे देश बनाउछु भन्दै डंका पिट्दै हिँड्न थाल्या रै’छ । काठमाण्डौको एउटा रेष्टुराँमा ३५ लाखको दारुपानी धोकेर पैसै नदिई कुले ठोक्या रै’छ । आफूले खाएको जाँडको पैसाधरी नतिर्ने जुल्फेका पछि मिनी लुसिफरहरु दौडिएको् देख्दा घण्टालाई आश्चर्य लाग्या छ । हुन त मकै पोली बालबच्चा पाल्नेकोे बिल्लीबाठ बनाउने, नाम्ले पसलेहरुर्लाई लदेखेट्ने, फलफूलका ठेला जफत गर्ने, काक्रा बेच्नेहरुको खोस्ने, सुकुम्बासीका घरमा डोजर चलाउने काम कम्ता कठिन काम हो त ? यस्ता महत्वपूर्ण र महान काम गरेपछि थकान लाग्नु पनि स्वभाविक हो । गलेको सुरमा तन्काएपछि सिद्धियो । फुइøयाँको पैसा तिर्छ ?
लुसिफरको सरकार
जेन्जी आन्दोलन हाइज्याक गरेर सिंहदरबार छिरकी सुस्ला आमैले माघ १६ गते महान कार्य गर्नका लागि सिराहाका एसएसपी र सिडियोहरुलाई राम्रै निर्देश दिएकी रै’छिन् । भुइँ मान्छेको आवाज उठाउँदै हिडेका, लघुवित्त र बैंकहरुबाट घर न घाट भएका, कालो सूचि फुकुवाको आवाज उठाएका, हिन्दु राष्ट्र कायम हुनुपर्छ भन्दै आएका, राजसंस्था पुनस्र्थापनाको माग गर्दै आएका दुर्गा प्रसाईको माघ १६ गते लहानमा हुने आमसभा भाँड्न सुस्ला आमैले निर्देशन नै दिएकी रै’छिन् । हुन त सुस्ला आमाले प्रसाइको आमसभा भाँडन त्यसरी निर्देशन दिनु अनौठो होइन । विचरीको बाध्यता हो । विदेशी मालिकले जस्तो निर्देशन दियो त्यसै त गर्नैप¥यो । नत्र वाल्वाटारबाट बदखल हुनुपर्छ । बारबराका नायकहरुले आमैलाई राम्रैँसँग नचाएका छन् । महावीले जसरी नचायो त्यसैगरी नाच्नै प¥यो ।
दुई मिलनको रहस्य खुल्यो
निर्वाचनको मुखमा आएर सहकारी ठग घण्टे र काठमाण्डौ महानगरपालिकाका पूर्व मुखिया एक्कासी किन मिले भन्ने रहस्य बल्ल खुलेको छ । प्रमुख आच्या मुखियाले स–साना व्यवसाय गर्नेहरुलई उठिबास नलाएको भए ती दुईको मिलन नै हुने थिएन । धेरैलाई आश्चर्य लाग्दा व्यवसायीको उठिबाससँग घण्टेको के नाता ? नाता गहिरो रै’छ । तिनै स–साना व्यवसायीले गाँस काटेर दैनिक जम्ममा गरेको रकम घण्टेले खुइ कि खुई चप्काइदिए । तिनलाई व्यापार व्यवसायबाट उठिबास नलगाएको भए घण्टेका विरुद्ध दिनैपिच्छे नाराजुलुस हुन्थे । कमसेकम त्यो अपराध त हँटयो । फेरि दुवै एउटै थालमा एउटै ठाउँबाट आएको दानापानी खाने परे । अनि मिलन त हुनैप¥यो । सहकारी ठग र रक्सी ठग नमिलेर हुन्छ त ?
अन्तेमा
लाउरेसको नेतृत्व हाइज्याक गरेर म भावि प्रधानमन्त्री भन्दै हिड्ने बाख्रे साहेव सर्लाहीबाट चिप्ललान्जस्तो पो छ । कहिले म मधेशको छोरो हुँ भन्दा हावा हानेको छ कहिले मधेश र पहाडलाई जोड्छु भन्दै उट्पट्याङ गरेको छ । सर्लाहीका दुई चार जना सम्भ्रान्तको घरमा बास बसेको छ । जोसुकैसँग जस्तोसुकै डिवेड गर्न तयार छु भनेको छ । पार्टी त बाख्रो साहेवले सिध्याए सिध्याए अब संसदमा पनि काँग्रेस सिध्याउने हो कि भन्ने त्रास बढेकोे छ । चर्को
स्वरमा हावा बोलेर पर्धानमन्तरी हुने भए धेरै जना उमेद्वार चर्को बोल्ने छन् । हैन हौ बाख्रे साहव हिजो सत्तामा छँदा, पार्टीको पदमा
बस्दा सर्लाहीमा के विकास गरेर कहाँ संगठन गरेछन् हँ ? वात करता है ।
