धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रवक्तामा डा. नारायणराज
भट्टराईलाई नियुक्ति हुनुभएको छ ।
प्रतिष्ठानको माइक्रोबायोलोजी विभागमा एसोसिएट प्रोफेसर पदमा कार्यरत भट्टराईले यस अघि सह–प्रवक्ताको जिम्मेवारी समेत सम्हाल्दै आउनुभएको थियो । उहालाई प्रतिष्ठानले २ वर्षका लागि प्रवक्ता नियुक्ति गरेको प्रतिष्ठान स्रोतले जनाएको छ ।
नवनियुक्त प्रवक्ता डा. भट्टराईले प्रतिष्ठानको गरिमामय प्रवक्तामा नियुक्ति भएकोमा खुशी व्यक्त गर्दै प्रतिष्ठानको सर्वोपरी हितलाई सदा दृष्टिगत गरी प्रतिष्ठानको प्रतिष्ठा वृद्धि एवम् विकासमा महत्वपूर्ण योगदान गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
