धरान/ अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य सुनिश्चिताका लागि लिम्बुजन्य पार्टी तथा संघसंगठनहरुले एकबद्ध भएर दोस्रो चरणको आन्दोलनको घोषणा
गरेका छन् ।
पहिलो चरणको आन्दोलनअन्तर्गत खबरदारी सभा गरेका उनीहरुले शुक्रबार धरानमा संयुक्त छलफल गरी शनिवार धरानको भानुचौकमा पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गरेका हुन् ।
उनीहरुले पहिचानवादीहरुको आन्दोलनलाई समर्थन गर्दै अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त
राज्यका लागि शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका छन् ।
किरात याक्थुङ चुम्लुङको समन्वयमा एनेकपा माओवादीको लिम्बुवान मुक्ति मोर्चा, नेकपा एकीकृतको लिम्वुवान स्वाििसत संघ, राष्ट्रिय जनमुक्ति पार्टीको लिम्बुवान राज्य परिषद्, नेकपा माओवादी सम्बद्ध लिम्बुवान
राष्ट्रिय मुक्ति मोर्चा, संघीय लिम्बुवान पार्टी, संघीय समाजवादी फोरमसम्बद्ध लिम्बुवान प्रदेश समिति, सामाजिक लोकतान्त्रिक पार्टीले संयुक्त रुपमा आन्दोलन गर्ने र आन्दोलनलाई निष्कर्षमा पुर्याउने भएका हुन् ।
मोर्चाबन्दी गरेर जादा आन्दोलन सशक्त बन्ने निष्कर्षसहित आफूहरुले मोर्चाबन्दी गरेर आन्दोलनको शुरुवात गरेको संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिंगदेनले जानकारी दिनुभयो । उहााले जबसम्म लिम्बुवान प्राप्ति हुदैन तवसम्म आन्दोलन चलिरहने स्पष्ट पार्नुभयो ।
यस्तै समाजवादी फोरम पार्टी अन्तर्गतको लिम्बुवान प्रदेश समितिका अध्यक्ष रकम चेम्जोङले राज्यले छुट्टाछुट्टै आन्दोलनमा जादा केही सुनुवाई नगरेकोले मोर्चा बन्दी गरेर आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाले पहिचानवादीको आन्दोलनलाई समर्थन गर्दै लिम्बुवानी आन्दोलनलाई निष्कर्षमा पुर्याउने दाबीसमेत गर्नुभयो ।
मोर्चाबन्दी गरेर आन्दोलनलाई निष्कर्षमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष उत्तमसिंह थाङदेनले ८ वटा लिम्बुजन्य पार्टी तथा संगठनबीच एकताबद्ध भएर आन्दोलन गर्दा निष्कर्षमा पुगिने निष्कर्ष बमोजिम आन्दोलनलाई सशक्त बनाउन मोर्चाबन्दी गरेर जाने निर्णय भएको बताउनुभयो ।
दोस्रो चरणको संघर्षका आन्दोलन अन्तर्गत मोर्चाले भदौ २१ र २२ गते जिल्ला वैठक र प्रचार प्रसार गर्ने गरिसकेका छन् भने २३ गते लिम्बुवानका नौ जिल्लामा रााके जुलुस प्रदर्शन गर्ने र भदौ २४ र २५ गते आम हड्ताल गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
