धनकुटाका साहित्यिक सर्जक मुकुन्द प्रयास सम्मानित एवम् पुरस्कृत

धनकुटा । धनकुटालाई कर्मक्षेत्र बनाई विगत दुई दशकदेखि विविध विधाका साहित्यिक सिर्जनामा समर्पित मुकुन्द प्रयास पौष अन्तिम साता काठमाडौँमा सम्मानित एवम् पुरस्कृत हुनु भएको छ । उहाँले लेखन, चित्रकला, मूर्तिकलामा विशेष दख्खल मात्र राख्नु भएको छैन, कलाक्षेत्रलाई नै आफ्नो जीवनको बाँच्ने आधार समेत बनाउँदै आउनु भएको धनकुटाका स्थानीय अभिषेक श्रेष्ठले जानकारी दिनुभयो । उहाँलाई नेपाल व्यवसायिक कलाकार संघको ३१ औँ स्थापना दिवसका अवसर तथा कलाकार अरनिको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा १० हजार राशिको निर्वाण कला सम्मानबाट पुरस्कृत गरिएको थियो ।

सो अवसरमा कलाकार मुकुन्द प्रयाससँगै हेमगंगा युवा कला प्रतिभा पुरस्कार सुदिप बस्याल, हेमगंगा नारी कला प्रतिभा पुरस्कार सम्झना भण्डारी र क्यान सिग्देल आर्ट पुरस्कार मानकाजी श्रेष्ठलाई प्रदान गरिएको थियो । उहाँहरू समेत १० हजार नगदसहित सम्मानित हुनु भएको थियो । यसैगरी आयोजकले किराँत आठ पहरिया भाषा साहित्य तथा सांस्कृतिक विभागले आठ पहरिया भाषाका अगुवा ध्रुव छाराहाङ, लालबहादुर छिप्लिङ, जमानध्वज किम्क्षहाङ, गेहेन्द्र किम्दाहाङ, वीरबहादुर किम्दाहाङ, अस्तबहादुर छोङदेन, श्रवणलाल छित्लिङ र विमला चारिङमेलाई समेत सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया