बाख्रे साहेबको कन्तविजोग
निर्वाचन आयोगबाट लाउरेसको झण्डा, चुनाव चिन्ह, नाम खरिद गर्ने ल्याकत भएका, आÏनै नन्दीभृंगीहरुको समर्थनमा भावी पर्धानमन्तरीको पगरी समेत गुथ्न सफल भा’का बाख्रे साहेबलाई अस्तिका दिन सर्लाहीबाट स्थानीयहरुले लखेटेछन् । भावि प्रधानमन्त्रीको उमेद्वार विचरालई यतिबेला आपत्तै प¥या छ । काठमाण्डौ क्षेत्र नं. ४ का जनताले नपत्याइदिएसी’ मधेशतिर छल, बल, कपट, मालपानीले भए नि चुनाउ जित्न सकिन्छ कि भनेर झरेका थिए । चुनावी सभाबाटै अस्तिका दिन स्थानीयले लघारे पछि घण्टाघरलाई ताजुब लाग्या छ । स्थानीयले त्यसोचाहिँ गरिहाल्नु हुने थिएन । अस्ति भर्खरै लाउरेसको सभापति भा’का पो हुन त । त्यत्रा सभापति जस्ता मान्छेलाई त्यसरी लखेट्दा हजम हुने कुरै भएन । गाह«ो छ बाख्रे साहेबलाई । बरु यसो आफ्नै पुख्र्यौली थलो सोलुतिरैबाट उमेद्वारी दिएको भए नि त हुन्थ्यो । सर्लाही ताकेछन् चिप्लने भए ।
माकुनेले फुइँ लगाए

पहिलाको घरबार बिग्एिपछि चारतिर भौतारिएर एउटा कुना नेपाली कम्युनिस्ट पार्टीमा घुस्रन पुगेका माकुनेले अस्तिका दिन दह«ै फुइँ लगाएछन् । फुइँ लगाउन त माकुनेलाई लत्तरोले आँटै गर्न सक्दैनन् । ठँस्स गन्हाउने थुतुनो परेका ती मौका प¥यो कि डस्न माहिर मानिन्छन् । झण्डै एक बर्ष पर्धानमन्तरी हुँदा वाल्वाटारको जग्गा भ्याइदिएछन् । पतञ्जली जग्गा काण्ड भ्याइदिए, रिजाल टाँसीको जग्गा भ्याइदिए । यही कुसुरमा अदालतले ३५ लाख रुपैया सुम्लो उठ्नेगरी धरौटीमा डामेर छोडिदिया छ । असली धन्दा त अर्कै छ । होली वाइन । यता व्यक्तिले अस्तिका दिन भन्या जनताले नेपाली कम्युनिस्ट पार्टीलाई चाहेका छन् । निर्वाचनमा वहुमत दिन्छन् रे । हैन हौ कुरा गर्दा पनि पत्याउने सम्मको गर्नु नि । अनावश्यक कुरा गरेर थुतुनो किन दुखाउनु ?
लुसिफर करोडौको गाडीमा
सत्तामा नपुग्दै लुसिफर घण्टे ८ करोडको गाडीमा सररर दौडन थाल्या छन् । अलिकति त सरम गर । आफ्नो बाबुको देहान्त हुँदा कपाल नखौरने, हिन्दु परम्परा अनुसार बाबुको बारखी नहुन्ज्याल मठमन्दिरमा गएर पूजाआजा गर्नु नहुने मान्यतालाई धोती लाउने सिंहदबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, संसद भवन, व्यक्तिका नीजि सम्पत्ति माथि आगो लगाउने लुसिफर हिजोआज झापामा ८ करोडको गाडीमा दौडन थाल्या छन् । हुन त एकवारको जुनी हो, बारबरा फाउन्डेशनले मालपानी ठेलेकैछ, माफिया तस्करहरुले गाडी देकै छ । अनि घण्टाको घनन । जेहोस् काँग्रेस, एमाले विग्रन ३५ बर्ष लाग्या थियो भने घण्टेहरु निर्वाचनपछि कवाडी नै हुने भए । हेर्नु छ काठमाण्डौ खरानी बनाएर झापातिर छाली खान झरेको लुसिफरलाई झापाली जनताले दह«ै झापड हान्लान् जस्तो छ ।
अरुको कुरा काटेरै वित्ने भयो
भुईँको टिप्न खोज्दा गोजीको पनि झार्ने बुद्धि भा’का धरानका पूर्व नगर प्रमुख हर्कुको जिन्दगी पनि अरुको खिसीटेउरी गर्ने, बेकामे आइमाइजस्तै अर्काको कुरा काटरै बित्ने भयो । कहिले बालेनलाई सक्तो सराप ग¥या छ, कहिले ठग घण्टेको उछित्तो काढेको छ, कहिले कुलमानलाई छेरौटी लाग्ने गरी तथानाम भन्या छ । कहिले अरुले मपाई भनून कि नभनून आफै मपाई भनेझै धरानको सबै भन्दा ठूलो मान्छ मै हुँ म भन्दा ठूलो मान्छे अरु छैन, अरुले बोलाउदा म आउने हो र ? मैले बोलाउदा पो आउनुपर्छ भन्ने । कहिले गुइँठे भनेर हावा न चावाको गितार बजाएको छ । कहिले हाक्थु भनेर गाएको छ । हैट हर्कुको यस्तै प्रभावशाली कामले साह«ै फसल राम्रो होला जस्तो छैन । अब त संसदको चुनाव लड्दैछन् । सुध्रेला कि ? सुध्रे हस्तिानपुरको राज यस्तै हो भने चपरीमुनीको बास होला जस्तो छ ।
नमच्चिने पिङको सय झड्का
फागुन २१ को निर्वाचन पछि लालटिन बालेर खोज्दा पनि भेट्न मुस्किल देखिन थालेको नेपाली कम्युनिस्ट पार्टीले आफ्ना ७ जना प्रभावशाली मानिएका नेतालाई कारबाही गरेछ । आधिकारिक उमेद्वारका विरुद्धमा स्वतन्त्र उमेद्वारी दिएको भन्दै उसले कारबाही ग¥या रे । चटके प्रचण्डाउ पनि हँसाउछन् वा † कही कतै सुरक्षित निर्वाचन क्षेत्र नपाएर, कसैले साथ सहयोग नदिएसी’ धाइफल ठोकेर रुकुमेली जनतालाई उल्लु बनाउन हिडेकाले फुइøयाँ अरुलाई कारबाही गर्नु ? विगतमा लाउरेस र झालेमालेलाई खेलाउँदै उल्लु बनाएर चुनाव जित्दै आएका प्रचण्डाउ यसपालिचाहिँ शिव चाम्लिङ्ग होलान् जस्तो छ । जुन थालमा खायो त्यही थालमा विस्ट्याएर हिड्ने बानी परेका प्रचण्डाउ यतिबेला रुकुमेली जनताका अगाडि थरिथरिका नाटक देखाउन थाल्या छन् रे । अबचाहिँ तिनका नाटकले खालो सार्ला जस्तो छैन ।
मनको लड्डु घ्युसँग
दुई कौडीको औकात नभएको पूर्व आतंककारी बाउराम यतिबेला मनको लड्डु घ्युसँग खाएर भैसी उग्राएझै उग्राएर बस्या छन् । गोर्खामा स्वतन्त्र उमेद्वारी दर्ता गराएका तिन्लाई लुसिफर घण्टेका पास्टरहरुले राष्ट्रपति बनाइदिन्छन् भनेसी उमेद्वारी फिर्ता लिएछन् । बाउरामले उमेद्वारी फिर्ता लिएर बुद्धिचाहिँ पु¥याएकै हुन् । वित्थामा निर्वाचनमा लाजै लजाउने गरी गुल्टिनु भन्दा त लिएर लाज बचाउनु नै वेश । रहयो राष्ट्रपति बनाइदिम्ला भन्ने लुसिफर घण्टेहरुकै निर्वाचन जित्ने टुंगो छैन । जे होस् फागुन २१ गतेसम्म चाहिँ बाउराम लुसिफर घण्टेहरुको उधारो राष्ट्रपतिचाहिँ बन्या छन् । लौ बधाई छ, कि कसो हौ ?
फागुन १ गते ठप्पै
दुर्गा प्रसाई भन्या दुर्गा प्रसाई नै हुन । तिनले बोलेसी’ विदेशीहरुबाट परिचालित छद्मभेसी आवरणका नेपाली तस्कर र माफिया, भ्रष्ट, अपराधी,लुटेरा, लुसिफरहरुको सातै जान्छ । तिनीहरु रातभरि निदाउन सक्दै्रनन्, भयकर छटपटीमा रात बिताउँछन् । धर्म, सँस्कृति, राष्ट्र, राजसंस्थाको पोको बोकेर हिडेका दुर्गालाई फकाउन बारबरा सरकारकी आमैले पटक पटक वार्ताको अभिनय गरिन् । हैन हौ वार्ता गर्ने तर केही लछारपाटो लगाउन नसक्ने ल्याकत नभएकी आमैको नाटकमा अब दुर्गा नफँस्ने नै भए । फागुन १ गतेदेखि जन आन्दोलनको घोषणा गरेका छन् । दुर्गाको आन्दोलन लत्तरो होला जस्तो छैन । जेनजीको आन्दोलन हाइज्याक गरेर लुसिफरहरुको साथ सहयोगमा अझ एक महिना वाल्टारमा टङरी हल्लाउलिन् भन्ने लाग्या थियो, शिव पो हुन भइन् ।
अन्तेमा
बडे–बडमानका टावर निर्माणका लागि दक्ष र अब्बल ठहरिएका झालेमालेका मुखिया खप्रओले अस्तिका दिन बडो गज्जबको गफ हान्दिए । उनले भन्या म गाँजा खान्न, भाङ खान्न, चुरोट खान्न, पान खान्न । हैन हौ खप्रओ बा केही नखाने भए वित्थामा यत्रो हाइहाइ किन ? जाँदा भइगयो नि । मान्छे खानैका लागि जन्मन्छन् । अब खप्रओ बा केही खाँदैनन् रै’छन् । हुन त खप्रओबाले खाने भन्या टेरामक्स, एनसेल, चेजएयर, वाडडबडी हो भन्ने कुरा कसलाई थाहा छैन । झिना मसिना कुरा चपाएर दाँत र थुतुनोलाई वित्थामा किन हैरानी दिनु ? खादाँखेरि गतिलै कुरा खाने हो । जातै फाल्नु परेछ गुन्द्रु्कको झोलमा किन फाल्ने ? कि कसो हौ केपी बा ?

