इटहरीमा खुकुरी र लागू औषधसहित युवक पक्राउ

सुनसरी । बाटोमा खुकुरी देखाउँदै गाउँमा आतङ्क मच्चाइरहेको सूचनाको आधारमा प्रहरीले एक युवकलाई खुकुरी र लागू औषधसहित पक्राउ गरेको छ ।
जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका वडा नं. १९ मौलिया बस्ने वर्ष १८ का अविनाश चौधरीले बाटोमा खुकुरी देखाई नचाउँदै गाउँमा आतङ्क फैलाइरहेको भन्ने सूचनाका आधारमा माघ ११ गते साँझ करिब ५ बजेको समयमा प्रहरी बिट भवानीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले चौधरीलाई सोही स्थानबाट नियन्त्रणमा लिई चेकजाँच तथा खानतलासी गर्दा उनको साथबाट एक थान खुकुरी र लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ०.४३ ग्राम (चार सय तीस मिलिग्राम) फेला परेको जनाएको छ । पक्राउ परेका युवकलाई खुकुरी र लागू औषधसहित इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया