धरान ।कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले आगामी फागुन २१ गते संविधानको रक्षार्थ भएपनि निर्वाचन हुने बताउनुभएको छ । मन्त्री पराजुलीले गत २२ गते नयाँ मन्त्री मण्डल फेरबदल भएपछि आन्तरिक तथा कानुन मन्त्रालय सम्हालेसँगै गृहजिल्ला धनकुटा जाने क्रममा धरानमा सेवक अभियानले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुने क्रममा यस्तो बताउनुभएको हो । कोशी प्रदेशमा ६ वटा सरकार बनेपनि हालसम्म १७ पटक मन्त्रिपरिषद विस्तार भइसकेको छ । गत पौष २२ गते विस्तार भएको मन्त्रिपरिषद्का आन्तरिक मामिला तथा कानुनमन्त्री पराजुलीले संविधानको रक्षार्थ भएपनि अहिलेको निर्वाचन हुनैपर्ने बताउनु भएको हो ।

सेवा अभियानको चारसय हप्ता पुगेको अवसरमा आयोजित पद यात्रामा सामेल हुनु भएका मन्त्री पराजुलीले वहुमतको सरकार नहुदा सरकार फेरबदल भएको वास्ताविकता बताउदै अब हुने निर्वाचनबाट देशमा स्थिरता कायम हुने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य ने धन हो भन्ने मूल मन्त्र लिएर विगतदेखि नै पदयात्राको शुरुवात गरेको सेवक अभियानले चारसय हप्ता पुगिसकेको छ । धरान २ सिंहदेवीबाट शुरु भएको यो यात्रा ४ सय हप्ता पुगेको अवसरमा भोलि पौष २७ गते राष्ट्रिय एकता दिवस परेकाले आइतबार नेपाली सेनाले पनि धरान १४ विजयपुरम रहेको विजयपुरगढीदेखि साँगुरीगढीसम्म पदयात्राको कार्यक्रम राखेको जनाउदै आज भने यो यात्राले विजयपुरगढीको यात्रा गर्ने सेवक अभियानका अध्यक्ष राजिव हलुवाईले जानकारी दिनुभयो । विगतदेखि नै सबैले पैदल यात्रा हिड्नुपर्छ भन्ने सन्देश बोकेर विभिन्न प्रचारात्मक ढंगबाट हाइकिङ्ग शुरु गरेको सेवक अभियानको यात्रा अझै नटुंगिने अभियानले जनाएको छ ।
