धरान/नेपाल विद्युत प्राधिकरण
धरान शाखाले हुकिङ्ग तथा मिटर वाइपास गरी विद्युत चोरी गर्नेहरुबाट ३ लाख २७ हजार ६ सय ८५ रुपैया ६० पैसा
जरिवाना सहित असुल उपर गरेको छ ।
प्राधिकरणले आर्थिक बर्ष २०७१/०७२ को अवधिमा हुकिङ्ग तथा मिटर वाइवास गर्ने ४१ जनामाथि प्राधिकरणको प्रचलित ऐन तथा काकानुन बमोजिम कारबाही गरी उक्त रकम असुल उपर गरेको हो ।
धरान उपमहानगरपालिका सहित बराहक्षेत्र गाविसमा समेत विद्युत सेवा उपलब्ध गराउादै आएको प्राधिकरणले चुहावटलाई १२.१७ प्रतिशतबाट झारेर १०.८३ प्रतिशतमा पुर्याएको छ । नेपाल विद्युत प्राधिकरण धरान शाखाका प्रमुख इ. खिलनाथ अर्यालले भन्नुभयो
प्राधिकरणलाई नोक्सान पुर्याउने हेतुले वा नियतबस कसैले कुनै काम गरेमा हामी त्यसलाई छोड्दैनौं । उहाा भन्नुहुन्छ हामीले चुहावटमा अत्यन्तै कडाई गरेका छौं । हुकिङ्ग गरेर वा मिटर वाइपास गरेर कसैले विद्युत चोरी गरेको छ भने त्यस्ताका
बारेमा जानकारी दिन पनि उहाले आग्रह
गर्नुभयो ।
प्राधिकरणले हुकिङ्ग तथा मिटर वाइपासमा कडाई गर्न थालेपछ नयाा मिटर जडान गर्ने ग्राहकहरुको संख्या ह्वात्तै बढेको छ । आर्थिक बर्ष २०७०/०७१ मा २४ हजार २ सय ७५ ग्राहक संख्या रहेकोमा आव ०७१/०७२ मा यो संख्या बढेर २५ हजार ३ सय ८९ पुगेको छ । यसका अलावा विविध कारणले बन्द भएका सिंगल फेस तथा थ्रिफेसका मिटरहरु समेत
परिवर्तन गरिएका छन् । जसमा सिंगल फेशतर्फ १ सय ४९ वटा र थ्रि फेस तर्फ ८ वटा परिवर्तन गरिएका छन् । आफ्ना ग्राहकहरुबाट ०७१/०७२ को अवधिमा प्राधिकरणले राजस्व संकलन पनि अनुमान गरेभन्दा बढी संकलन गर्न सफल भएको छ । यो आर्थिक बर्ष अर्थात आव ०७१/०७२ मा १०२.१६ प्रतिशत राजस्व संकलन भएको छ । यति ज्यादा राजस्व संकलन हुनुको प्रमुख कारण के हुन सक्छ भन्ने धरान साप्ताहिकको जिज्ञासामा कार्यालय प्रमुख इन्जिनियर खिलानाथ अर्यााल भन्नुहुन्छ, आर्थिक बर्ष ०७०/०७१ मा उठ्न बााकी रहेको बक्यौता समेत हामीले कडाइका साथ उठायौ, साथसाथ चुहावटमा कारबाही गर्दा पनि केही
रकम संकलन भयो भने नियमित ग्राहकहरुबाट समेत समयमै रकम संकलन भएकै कारण १०२.१६ प्रतिशत संकलन भएको हो ।
नेपाल विद्युत प्राधिकरणले लाइन विस्तार, पुराना तथा जीर्ण काठका पोलको सट्टा नयाा सिमेन्टेड पोल र स्टिलका पोलको कामलाई समेत तिब्रताका साथ अगाडि बढाएको छ । कार्यालय प्रमुख इन्जिनियर अर्याल भन्नुहुन्छ, आर्थिक बर्ष ०७१/०७२ मा ११ केभी लाइन धरान उपमहागरपालिका र बराह क्षेत्र गाविसमा गरी ५.०१ किमी विस्तार गरिएको छ । ४ सय र ३ सय भोल्ट एल.टी. लाइन निर्माण कार्य २२.९२ किमी विस्तार गरिएको छ भने १२ थान नयाा ट्रान्सफर्मर जडान कार्य समेत सम्पन्न भएको छ । बााकी बक्यौता असुलीका लागि ७ सय २२ वटा स्थानमा लाइन काटिएको र त्यसबाट ५५ लाख ७१ हजार १ सय ५२ रुपैया ४३ पैसा उठन् बााकी थियो । यसरी लाइन काटिएका मध्ये ६ सय ५८ जनाले पुन: लाइन जडान गरेका थिए । त्यसरी ६ सय ५८ जनाले पुन लाइन जडान गर्दा महसुल र जरिवाना समेत गरी ६३ लाख २२ हजार ५ सय ४८ रुपैया ५० पैसा उठेको छ । प्राधिकरणले आव ०७१/०७२ को अवधिमा ५ सय वटा पुराना र जीर्ण काठका पोलहरु समेत परिवर्तन गरेको छ । पुराना र जीर्ण पोलको सट्टामा सिमेन्ट र स्टिलको पोल हालिएको प्रमुख अर्यालले बताउनुभयो । आव ०७२/०७३ मा पनि पुराना र जीर्ण काठका पोलहरुको सट्टामा सिमेन्ट र स्टिलको पोल हाल्ने तयारी प्राधिकरणले गरेको छ । अब त्यस्ता पुराना र काठका जीर्ण पोलहरु कति छन् त भन्ने सवालमा प्रमुख अर्याल भन्नुहुन्छ, हाम्रो गणनामा १५ सयवटा रहेका छन् । त्यलाई यही आर्थिक बर्षमा परिवर्तन गर्न सकिदैन भन्ने जिज्ञासामा उहााले थप्नुभयो प्राधिकरणकै मात्र स्रोत साधनले यही चालू आर्थिक बर्षमा त्यो सबै परिवर्तन गर्न सम्भव छैन । केन्द्रले यसका निम्ति बजेट विनियोजन गरेमा भने असम्भवचाहिा छैन ।
त्र
