भानुभक्त तिमी मौन किन ?

त्रआवेश ढकाल
भानुभक्त । तिम्रै नाममा रचिएको चौकमा झण्डै चार पााच दशक लामो बसाईले तिमीलाइै धेरै कुराको अनुभूति गरिसक्यौ होला , धुलो धुावा मिसिएर उड्ने कालो वायूले तिमी निसासिएका हौला  । यहाा सैयौ हजारौ मानिस तिम्रा फन्को मारेर हिड्छन् खै कसलाई समय छ तिमीलाई हेर्न र तिम्रो
बारेमा सोच्ने । तिमी धरानको मुटु भएर बसेका छौं्र तर आम मानिसले भानुचौक भन्दा तिमीलाई हैन धरानलाई सम्झन्छन । तिमीले रचेका साहित्यिक कृतिलाई हेर्ने धरानमा अवस्थित पिण्डश्ेर  र बुढासुब्बा सम्झन्छन् । यसले के प्रमाणित हुन्छ भने तिम्रो नाम त जप्छन् तर तिमीलाई नै बिर्सिएर । यो देश गणन्त्रमा प्रवेश गरेको प्रवेश पछि तिमी धेरै मारमा परेका छौं, नारा जुलसु जस्ता विरोधका क्रियाकलापमा सरिक भएर तमासा हेर्नु तिम्रो दिनचर्या भएको छ , टायरको धुवा तिमी कहिले  ग्रहण गरेका छौ त मैनबीको दिपावली पनि तिमीले थापेका छौं । घर त तिम्रो हो तर अधिकार तिमीमा कति पनि
रहेनछ । कहिले यो पार्टीको झण्डा तिम्रो घरमा फारिएको हुन्छ त कहिले त्यो पार्टीको , लाग्छ महिनामा दर्जनौ पार्टी परिवर्तन गर्न एक्ला व्यक्ति विश्वमा तिमी मात्र हौला , कठै †छानो बिनाको घरमा बसेर तातो घममा पिल्सिएका छौं । हुरी, बतास, पानी पनि तिमीले झेलेका छौं । त्यै पुस माघको जाडोमा पनि त्यस्तै पोशाखमा देख्छु । सााच्चै तिमी कुनै देवताको नाम लिएर जन्मेका भए यति कष्टकर जीवन त बिताउनुपर्ने थिएन । मानिसले तिमीलाई छानो भएको मन्दिरमा राखिदिन्छु अनि ्ितम्रो बार पारेर भेट्न आउथे होला, रित्तो हात भरेर । शालिक त तिम्रो राखियो
मरभूमि सडकमा तर खै को आए तिमीलाई भेट्न तिम्रो आाशु पुच्न । यहाा सैयौ बीच सडकमा सैयौ महान व्यक्तिहरु यसरी निकै जीवन काटिरहेका छन् । राज्य र जनतले दिएको सम्मान हो यो र भरसाप्रान्त हरेक महान व्यक्तिले यो सम्मान लिनैपर्छ ।
यसप्रकार पनि म महान हुन चाहदिन किनकी ढुंगो भएर आाशु पुछ्ने हात पनि बाधिएर देवताका मूर्तिहरु हासिला देख्छु तर सडकमा बसेका महान व्यक्तिका शालिकमा उदासीनप देख्छु । खै यो मूर्तिकारको कमजोरी हो कि मेरो आाखा दोषी । भानु भक्त बर्षमा एकपल्ट तिम्रो घर पनि पोतिन्छ दशै आएजस्तै गरी सेतो चुनाले । तिमीले रचिएका रचना पनि पल्टाइन्छ अनि अनेक स्वरका धनीले तिम्रो चर्चा, परिचर्चा गर्छन तर घाम अस्ताएपछि अर्को बर्ष तिमीले कुर्नर्ै पर्छ यो सम्मान र चर्चा पाउन । यही हो वस्तविकता नेपाली समाजको मरेर नगएसम्म चर्चा र सम्मान नपाइने । अन्त्यमा म पागल भएर भावनामा उम्रलेको हृदयको शब्दलाई कलमको साहरामा सोरेको आत्मविचार के कति उचित छ यसको मूल्यांकन गर्ने जम्मा त पाईहरुलाई । बाटामा चन्दन दलिएको ढुंगामा देवता देख्ने मानिसहरु आाखा खोलेर त हेर्नुस् भानुचौकमा अवस्थित यो मूर्तिमा देवतै देख्नुहुन्छ ।
रामायणबाट राम र सीताको परिचय खुलाउने व्यीक्तबीच सडकमा भएरपनि आज हराएका छन् । उनलाई खोज्ने जिम्मा तपाईहरुलाई ।

तपाईको प्रतिक्रिया