धरान । यहाँस्थित युरेका आवासीय माध्यमिक विद्यालयले आफ्नै स्थापनाको ३२ औं वार्षिकोत्सवका अवसरमा वि.सं. २०५६ सालदेखिका एसएलसी÷एसइइ मा सर्वोत्तम नतिजा ल्याएका ३० जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । वि.सं. २०५० सालमा युवा शिक्षाविद्हरुको अथक प्रयासमा स्थापना भएको युरेका आवासीय माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षालाई प्राथमिकता दिएकै कारण उक्त विद्यालयमा उत्तीर्ण विद्यार्थीहरु चिकित्सक, इन्जिनियर, नेपाल
सरकारको उच्च ओहदादेखि बेलायत, हङकङ लगायतका देशमा समेत सम्मानित पेशा व्यवसायमा संलग्न रहेका छन् । विद्यालयका प्रिन्सिपल कुरन चेम्जोङ, निर्देशक सुदिप एल्मो लगायत शिक्षक एवम् शिक्षिकाहरुले सोमबार विद्यालय प्रांगणमा आयोजित वार्षिकोत्सव कार्यक्रममा उहाँहरुलाई सम्मान गर्नुभएको
थियो । त्यसरी सम्मानित हुने विद्यार्थीहरुमा २०५६ सालको एसएलसी परीक्षामा ७९.२ प्रतिशत ल्याउनु हुने सुभरत्न राई, २०५७ सालको एसएलसी परीक्षामा ८०.५ प्रतिशत ल्याउनु हुने सुमित अग्रवाल, २०५८ सालमा ७८.६ प्रतिशत अंक ल्याउनु हुने रोशन अटल, २०५९ सालमा ७४.३ प्रतिशत अंक ल्याउनु हुने नरेन्द्र श्रेष्ठ, २०६० सालमा ८४ प्रतिशत अंक ल्याई सुनसरी जिल्लामा दोस्रो उत्कृष्ट भएका गणेश अग्रवाल, २०६१ सालमा ८४ प्रतिशत अंक ल्याउनु भएका नारायण थापा, २०६२ सालमा ८४.७ प्रतिशत अंक ल्याउनु भएका आलोक घिमिरे, २०६३ सालमा ८७.१ प्रतिशत अंक ल्याउनु भएका बेन्जु श्रेष्ठ, २०६४ सालमा ८६.७ प्रतिशत अंक ल्याउनु भएका आशिष श्रेष्ठ, २०६५ सालमा ८२.१ प्रतिशत अंक ल्याउनु भएका संगम दाहाल, २०६६ सालमा ८९ प्रतिशत अंक ल्याउनु भएकी समृद्धि शाक्य, २०६७ सालमा ८८.३ प्रतिशत अंक ल्याउनु भएकी निलक राई, २०६८ सालमा ८८.७ प्रतिशत अंक ल्याउनु भएकी सबिना राई, २०६९ सालमा ८७.१ प्रतिशत अंक ल्याउनु भएका युगेशचन्द्र राई, २०७० सालमा ८३.१ प्रतिशत अंक ल्याउनु भएकी अञ्जना साह र २०७१ सालमा ८७.३ प्रतिशत अंक ल्याउनु भएकी आयुसी अग्रवाल रहनु भएको छ ।


यसैगरी नेपाल सरकारले एसइइ को प्रावधान लागू गरेपछि २०७२ सालमा ३.८५ जिपिए ल्याउनु हुने आदित्य कुमार भगत, २०७३ सालमा ३.७५ जिपिए ल्याउनु हुने सबिना श्रेष्ठ, २०७४ सालमा ३.८० जिपिए ल्याउने रजनीस पौड्याल, २०७५ सालमा ३.९५ जिपिए ल्याउने आलिसा गोतामे, २०७६ सालमा ४ जिपिए ल्याउने विवेक कुमार साह, २०७६ सालमा ४ जिपिए ल्याउने रिन्चेन तामाङ, २०७७ सालमा ४ जिपिए ल्याउने सैलेश अग्रवाल, २०७८ सालमा ३.७५ जिपिए ल्याउने मुनाल कार्की, २०७८ सालमा ३.७५ जिपिए ल्याउने डेनिस अन्सारी, २०७८ सालमा ३.७५ जिपिए ल्याउने विनिसा सुवेदी, २०७९ सालमा ३.९० जिपिए ल्याउने सायरा श्रेष्ठ, २०८० सालमा ३.९५ जिपिए ल्याउने विज्ञान राई, २०८० मै ३.९५ जिपिए ल्याउने दिया सुन्दास र २०८१ सालमा ३.८४ जिपिए ल्याउने अलजेन्स राईलाई सम्मान गरिएको थियो । सम्मानित हुने केही विद्यार्थी विदेशमै चिकित्सा तथा इन्जिनियरिङ पेशामा कार्यरत रहेकोले उपस्थित हुन नसक्दा उनीहरुका आफन्तहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । वार्षिकोत्सवका अवसरमा जन्मोत्सव गीत, जन्मोत्सव कविता (रौरस मल्ल), अंग्रेजी स्पिच मास्टर समर्थ शाक्य, नेपाली स्पिच सार्थक साही, वेलकम डान्स दिव्य राई सहितको समूह, मिक्स कल्चर डान्स, खेलकुद पुरस्कार वितरण, कौडा डान्स, नाटक, अंग्रेजी कविता, एकलव्य र द्रोणाचार्य लगायतका विद्यालयका डान्स क्लब, साइन्स क्लब, रिडर्स क्लब, हेल्थ क्लब, रोबोटिक्स र एआई क्लब, म्याथ क्लब, कोडिङ टिम, आर्ट म्युजिक क्लबहरुले प्रस्तुत गरेका थिए । यहाँ स्मरणीय कुरा के छ भने युरेका आवासीय माविले ब्रिटिश काउन्सिल पुरस्कारसँगै विभिन्न ख्यातिप्राप्त पुरस्कारहरु समेत हात पारेको छ ।



