वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४७औँ सञ्चालक परिषद् बैठक सम्पन्न

धरान । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सञ्चालक परिषद्को ४७औँ बैठक सफलतापूर्वक सम्पन्न भएको छ । प्रतिष्ठानकी सहकुलपति एवं माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माको अध्यक्षतामा पौष १८ गते शुक्रबार काठमाडौंमा उक्त बैठक सम्पन्न भएको हो । गर्नुभएको थियो ।
बैठकमा प्रस्तावित विविध विषयहरु माथि विस्तृत छलफल भई अधिकांश प्रस्तावहरु सकारात्मक रुपमा पारित भएका छन् । शिक्षाध्यक्ष प्रा. डा. सञ्जिव कुमार शर्माले प्रतिष्ठानका शैक्षिक तथा अनुसन्धानसम्बन्धी गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गर्नुभयो । यस्तै, रजिष्ट्रार प्रा. डा. सूर्य प्रसाद संग्रौलालले प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने अस्पताल निर्देशक डा. जगत नारायण प्रसादले प्रतिष्ठान अस्पतालको सञ्चालन सम्बन्धी विस्तृत प्रतिवेदन पेश गर्नुभएको थियो ।

प्रस्तुत विषयवस्तुहरूमाथि चरणबद्ध रुपमा छलफल गर्दै आवश्यक निर्णय लिइएको थियो । गहन छलफलपछि सभामा प्रस्तुत अधिकांश प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएका हुन् । प्रतिष्ठानका पदाधिकारीहरुलाई संस्थागत विकासमा निरन्तर समर्पित भएर अघि बढ्न निर्देशन दिँदै सञ्चालक परिषद्को ४७ औँ बैठक औपचारिक रुपमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया