संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्ऽ यादवले तीन दलले संविधानसभालाई अपहरण गरेको कारण त्यसलाई मुक्त गराउन आन्दोलनलाइर् सशक्त गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष यादवले यसअघिको आन्दोलन संविधानसभाबाट अधिकार प्राप्त गर्नका लागि भएको बताउादै अहिलेको आन्दोलन तीन दलको अपहरणमा परेकाले संविधानसभालाई मुक्त गराउन शुरु गरिएको बताउनुभयो । उहााले संविधानसभालाई बचाउन आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम, महिलालगायत उत्पीडित सबै समुदाय सडकमा आउने आह्वान गर्दै अब मधेशमा वारपारको आन्दोलन शुरु हुने चेतावनी दिनुभयो । मधेश आन्दोलनको क्रममा पर्सामा रहेका उपेन्ऽ यादवसाग गरेको कुराकानीको अंश:
त्रतीन दल (कााग्रेस, एमाले र एमाओवादी) ले जसरी पनि संविधान जारी गर्ने मुडमा देखिए, अब तपाईहरु के गर्नुहुन्छ ?
–तीन दलले यस्तै गर्ला भनेर नै हामी शुरुदेखि आन्दोलनमा छौं । अब उहााहरुले सबै प्रकृयालाई मानमर्दन गर्दै बिना सहमति जबर्जस्ती संविधान ल्याइ रहनुभएको छ । त्यसैले संविधानसभाबाट अधिकार सम्पन्न सहमतिको संविधान ल्याउन अब आन्दोलन झन् सशक्त भएर आउाछ ।
त्रतपाईहरुले शुरु गर्नुभएको आन्दोलन यस्तै रहने छ कि यसको स्वरुप परिवर्तन हुन्छ ?
–अहिलेलाई जस्तो
(अनिश्चितकाल मधेश बन्द) छ, त्यस्तै रहने छ । तर अवस्था हेरेर त्यसको स्वरुप परिवर्तन हुन पनि सक्छ ।
त्रआन्दोलनको नयाा स्वरुप भनेको कस्तो हुन्छ त ?
–शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन नै हुन्छ । तर, राज्यले त्यसमाथि दमन गर्न खोज्यो वा त्यसलाई भड्काउन खोज्यो भने केही भन्न सकिादैन र त्यसबाट उत्पन्न हुने अवस्थाको जिम्मेवारी स्वयं राज्य नै हुनेछ ।
जनताको जायज मागमाथि यसरी नै कुठाराघात हुादै गयो भने विखण्डकारी तत्वलाई फाइदा भने पुग्न सक्छ । यदि त्यस्तो भयो भने त्यसको जिम्मेवारी स्वयं राज्यले नै लिनुपर्छ ।
त्रतीन दल संविधान निर्माणको प्रकृयामा गईसकेपछि अब मधेशमा ‘अनकन्ट्रोल’ आन्दोलन हुन्छ, देश विखण्डनतर्फ लाग्न सक्छ भन्ने सम्मका टिप्पणीहरु हुन थालेका छन, यसमा तपाईको धारणा के छ ?
–कसैलाई कुनै प्रकारको टिप्पणी गर्न रोक्न सकिादैन । विभिन्न किसिमका टिप्पणी हुनु स्वभाविक हो । तर, मधेशी जनता देश टुक्राउने आन्दोलनमा जाला जस्तो मलाई लाग्दैन । मधेशी जनता नेपालमै अधिकार लिएर बस्न चाहन्छन् । मधेशी जनता नेपाल एक होस्, कसैमाथि विभेद नहोस्, सबै मिलेर बसौ भन्ने चाहेका छन् । तर, जनताको जायज मागमाथि यसरी नै कुठाराघात हुादै गयो भने विखण्डकारी तत्वलाई फाइदा भने पुग्न सक्छ । यदि त्यस्तो भयो भने त्यसको जिम्मेवारी स्वयं राज्यले नै लिनुपर्छ । तीन दलको क्रियाकलापले मधेशी जनता झन् उत्तेजित भएका छन् । सडकमा उपस्थिति बाक्लिादैछन् । त्रअब संविधानसभाको के हुन्छ त ?
–संविधानसभा छ कहाा ? त्यो खोज्ने बेला आएको छ । तीन दलले संविधानसभालाई ‘हाइज्याक’ गरेको
छ । संविधानसभालाई कहिले
बालुवाटारमा लगेर राखेका छन् भने कहिले लाजिम्पाटमा लगेर राख्छन् भने कहिले धुम्बाराहीमा पुयार्उाछन् । बानेश्वरस्थित संविधानसभा भवनमा कहाा छन् संविधानसभा । खोज्ने बेला आएको छ । तीन दलका नेतालाई जे मन लाग्यो त्यही गर्छन् संविधानसभामा । संविधानसभा उनीहरुकै पेवा हो जस्तो गर्छन् । अहिले अब संविधानसभामा को छन् ? कोही छैन । तीन दलका नेताहरु संविधानसभालाई आफ्नो झोलामा लिएर घुमिरहेका छन् । अरु दलहरु त्यसलाई खोजिरहेका छन् । त्यसैले अपहरणमा परेको संविधानसभालाई फिर्ता गराउन पनि आन्दोलन गर्नुपर्ने अवस्था देखिएको छ ।
त्रतीन दलसाग रहनुभएका विजयकुमार गच्छदार पनि संविधानसभाको सम्पूर्ण प्रकृयाबाट बाहिरिने निर्णय गर्नुभएको छ यसले मधेशलाई के असर गर्छ ?
–उहााले यो काम धेरै पहिला गर्नुपथ्र्यो । अब ढिलो भयो । ढिलो भएपनि बुद्धि फर्केको छ । स्वागत छ । तर उहाा सााच्चै संविधानसभाबाट निस्किनु भएको हो । चार दलको सिन्डिकेटबाट निस्किनु भएको हो त्यो कुराको विश्वास अझै दिलाउन सक्नु भएको छैन । तीन दलको नेताले भोली यसो केही भनि दिएपछि फेरि त्यहाा जानु हुन्छ कि भन्ने पनि आशंका छ ।
त्रमधेशमा अब गच्छदारले नेतृत्व गर्नुभएको मार्चा र तपाईहरुको मोर्चासाग सहकार्य हुन्छ कि हुादैन ?
–उहाा सुध्रिएर आउनु भयो भने सहकार्य हुनसक्छ । हाम्रो एजेण्डा, विचार र मुद्दामा वहाा सहमत हुनुभयो भने सहकार्य हुनसक्छ । तर उहााले जनतालाई विश्वास दिलाउन सक्नु हुन्छ जस्तो मलाई लाग्दैन । पहिला उहाा मधेशमा आएर मधेशी जनतालाई विश्वास दिलाउनु पर्छ कि सााच्चै म त्यो ठाउा छाडेर आएको हुा ।
त्रवार्ताका लागि के भइरहेको छ ?
–हामीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको तर्फबाट वार्ताका लागि चार बुादे शर्त पठाएका छौं । ती शर्तहरु मान्न तयार भए भने वार्तामा बस्न तयार छौं । नत्र बस्दैनौ । वार्ताको वतावरण बनाउने जिम्मेवारी राज्यको हो । वार्तामा आउ भनेर मात्र हुादैन त्यस अनुसारको वातावरण पनि बलाउनु पर्छ ।
त्रधेरै दिनसम्म आन्दोलन यस्तै चलिरह्यो भने परिस्थितिले अर्के मोड लेला त्यसको जिम्मेवारी पनि आन्दोलनकारीले नै लिनुपर्छ नि ?
–आन्दोलनकारीले किन लिने ? आन्दोलनकारीले उठाएको माग पूरा गर्ने जिम्मेवारी राज्यको हो । हामी वार्तामा बस्ने भनेका छौ । त्यसको वतावरण बनाउने काम राज्यको हो । हामीले शर्त राखेका छौ । त्यो पूरा गरोस् वार्ता हुन्छ ।
