१२५ औ धरान डे मनाइयो

धरान । चारकोसे झाडीको घना जंगल फाँडेर बसोबास सुरु गरिएको मान्यता अनुरुप धरान उपमहानगर पालिकाले हरेक वर्ष पुस २० गते आफ्नै स्थापना दिवस मनाउँदै आएको छ । यस वर्ष १२५ औँ स्थापना दिवसको अवसरमा ‘धरान डे’ मनाएको छ । ग्त बर्ष पाँच दिन मनाइएको धरान उत्सव यस बर्ष एक दिन आजकै दिनमात्र धरान डे मनाइएको छ । धरान डेको अवसरमा विहान ११ बजे विभिन्न जातीय समुदायहरुले साँस्कृतिक बाजासहित धरान १२ को पब्लिक माविबाट ¥यालीको आयोजना गरिएको थियो । ¥याली पुरानो बजार, भानुचौक हुदै पुन ःपब्लिक स्कुलको प्रांगरणमा आएर टुंगिएको थियो । धरान डेको अवसरमा धरानका नीजि तथा सरकारी विद्यालय रअन्य कार्यालयहरुलाई विदा दिइएको थियो । सबै जातजाति बसोबास गरेको धरान जातीय सद्भाव कायम रहेको सहरको रुपमा परिचित छ । आजको दिन धरानेहरुले उत्साहका साथ धरान डे मनाइएको धरान उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष नरेश इवारमले जानकारी दिनुभयो ।


धरान विकसित बनाउँनमा सिंगापुर, युके, भारत लगायतमा काम गर्ने लाहुरेहरुको योगदान रहेको छ । आजको धरान डेमा पनि लाहुरेहरुको उल्लेख्य उपस्थिति रहेको छ । लाहुरेले बनाएको धरान सहर भएपनि यो धरान सबैको भएको भूपू लाहुरे धरान १७ का किन्दन चाम्लिङले बताउनुभयो । सो अवसरमा बोल्दै धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले धरानको आर्थिक, सामाजिक, शैक्षिक तथा समस्त गतिविधिलाई चलायमान बनाउदै आर्थिक सम्बृद्धिको बाटोमा धरान हिडिरहेको बताउनुभयो । धरान १२ पब्लिक माविको प्रांगरणमा भएको सो कार्यक्रमको उद्घाटन धरानकी समाजसेवी
सरला कायस्थले गर्नुभएको थियो । सो अवसरमा धरानको विकासमा योगदान पु¥याउने महानुभावहरुलाई सम्मान समेत गरिएको थियो । धरान सर्दु र सेउती खोलाको बीचमा फैलिएको चारकोसे घना जंगल १९५० सालतिर फँडानी काठका झुपडी बनाएर बस्न थालेपछि धरानको सुरुआत भएको मानिन्छ । चुरे क्षेत्र सकिएर तराईको समथर भूभाग सुरु हुने यो स्थान क्रमशः बस्तीको रूपमा विकसित हुँदै गएको मान्यता रही आएको छ । धनकुटा ‘मौजा’ मा रहेको
राणाकालीन प्रशासनिक केन्द्र जाने मुख्य नाका बनेसँगै धरानको महत्व बढेको इतिहासकारहरु बताउँछन् । तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले १९५६ सालमा चन्द्रपुर बजार (हालको पुरानो बजार) बसाएका थिए भने जुद्धशमशेरले जुद्धनगर (हाल भानुचोक–छाताचोक क्षेत्र) को स्थापना गराएको इतिहासकारहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया