लागू औषधसहित युवक र मोटरसाइकल नियन्त्रणमा

धरान । सुनसरीको धरान उपमहानगरपालिकाबाट लागू औषधसहित एक युवक र मोटरसाइकल नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पुस १८ गते बिहान १०ः३० बजे धरान उपमहानगरपालिका वडा नं. १८ स्थित घोपा क्याम्प परिसरभित्र रहेको अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरी टोलीले प्र.०१–०२–०४१ प ५३०४ नम्बरको मोटरसाइकललाई जाँचका लागि रोकेको थियो ।

चेकजाँच तथा खानतलासीका क्रममा मोटरसाइकल चालक धरान उपमहानगरपालिका वडा नं. १० निवासी २१ वर्षीय युवराज कार्कीको साथबाट लागू औषध ट्रामाडोल ४५० क्याप्सुल र स्पास्मो ४५० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ । लागू औषध र मोटरसाइकलसहित कार्कीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया