बाख्रे र मरिचेको रमिता
मmुलुकमा यतिबेला बाख्रे काजी र मरिचे बाँजेले रमिता देखएका छन् । लाउरेस त्यस पनि घिटघिटो भएर घस्रदै थियो ती दुईले आर्यघाटमै पु¥याउने संकल्प गरेछन् । सभापति र प्रधानमन्त्री चाहियो रे बाख्रेलाई अनि मरिचे पछि पछि अपानवायुको रस्वादन लिँदै हिँड्या छ । बाख्रा पालन, त्रिचन्द्र कलेजको पार्क सम्बन्धी घोटाला, स्वास्य मन्त्री हुँदा अक्टोपस झै सोहोरेका काजी र बाजेले लाउरेसको विशेष महाधिवशने बोलाएछन् । विशेष महाधिवेशन बोलाउने ल्याकतै नभएकाले बोलाएर पदकै लागि पार्टी चोइट्याउने भए । हुन त बाख्रो र मरिचे लाई के दोष दिनु ? बुढा निलकण्ठस्थित देउवा विकास बैंकका प्रबन्ध र्देशक ल्यापल्यापे काजीले पनि विगतमा फुटाएर हिडेकै थिए । रोगले वंशाणु पछ्याउछ भन्थे हो रै’छ । हिजो ल्यापल्यापेले फुटाएर चल्देका थिए । अब त्यसैको सिको बाख्रो र मरिचने अगाडि बढेका छन् । जे होस् लाउरेसचाहिँ सिध्याउने भए ।
सपना देख्नु नराम्रो हैन
जेनजी आन्दोलनका बेला हेलिकोप्टर चढेर भागेर गुण्डुमा आएर बसेका झालेमालेका पटवरी खप्रओले अस्तिका दिन भन्या निर्वाचन पछाडि पनि एमाले र काँग्रेस बाहेक अरुले सरकार बनाउनै सक्दैन रे । भाते मासुभातेहरुलाई सडकमा उफारेको देखेर आत्मरतिमा रमाउनु राम्रो हो । चालीसको दशकमा मुंगरिलालका हँसनि सपने भन्ने चलचित्रसँग खप्रओको हाउभाउ कटाक्ष ठ्याक्कै मेल खान पुगेको छ । हुन त सपाना देख्नु नराम्र्रो होइन । मरेको लासलाई जुम्राले छोडेर हिडेझै गाउँ, सहरबाट कार्यकर्ता अन्यत्र लस्सिएको विचरालाई हेक्कै रै’नछ । ती दिन गए यी दिन आए मोइ खाने ठाउँमा के जाति पलाए भनेझै खप्रओ पन्द्र बर्ष अगाडिकै दुनियाँमा रै’छन् । संगठन रित्तो हुने गरी कार्यकर्ताले बुढी औला देखाएर चल्देको तिनलाई कस्ले सम्झाइदिने ?
घण्टेका छाउराहरुको सलबलाहट

यतबेला मुलुकमा घण्टेका छाउराहरुको सल्वलाहट देख्दा घण्टाघरलाई जय भुँडी लेख्ने भैरव अर्यालको एउटा कविताको पंक्ति याद आयो । अर्याल बडो दुरदशी कवि रै’छन् । उनले लेख्या थिए ‘चोरी चकारी नगरे चतु¥याई हुन्न, दंगा फँसाद गरे इन्जतै रहन्न ।’ यी कविताका पंक्ति घण्टे पार्टीका मुखिया देखि तल्लो तहका छिचिमिरासम्म ठ्याक्कै मिल्न पुग्या छ । अम्रिकामा नाँै वटा ठगी काण्ड, नेपालमा ६ वटा सहरकारी ठगी काण्ड, श्रीमति थुपार्न खप्पीस, नागरिकता काण्ड, पासपोर्ट काण्ड मच्चाएकालाई जमानत बुझाएर स्यालझै बाहिर आएको, पढाइ +२ फेल । यस्ताले नेपाल बनाउँछ र ठूलो् भाग खाउँला भनेर आँ गरेर बस्ने नेपालीमाथि घण्टाघरलाई दया लाग्न थाल्या छ ।
हेलिकोप्टर चढेर पिकनिक
यतिबेला मुलुमा बागमती प्रदेशमा मुखमन्त्री इन्द्र बानियाँको खुब चर्चा छ । लाउरेसका दाजु भाउजुका प्यारा बानियाँ अस्तिका दिन सिराहामा पिकनिक खान हेलिकोप्टर चढेरै पुगेछन् । अरुले आश्चर्य माने पनि घण्टाघरचाहिँ यसलाइ सामान्य नै मान्छ । मुखमन्त्री हुन्, तिनको खल्तिबाट हेलिकोप्टरको भाडा दिनु पर्ने होइन । आफ्नै हात जगन्नाथ । नेपालीले कर तिरेको राज्यको ढुकुटी छँदै छ । मुखमन्त्री भएसी’ अलिकति ठाँट पनि देखाउनु प¥यो नि । जोरीपारिले वित्थाँ इस्र्या गरेका हुन् । जाबो हेलिकोप्टर चढेर पिकनिक गाका हुन् । मुखमन्त्रीबाट खुस्केपछि फेरि त्यसरी हेलिकोप्टर चढ्न पाइन्छ कि पाइदैन ? जसले जान्यो त्यसले जान्यो । बडो राम्रो गरे बानियाँले ।
विजुली मन्तरी कसरी छिरे रे ?
नेपालीका जातै नहुने क्या । जस्को पनि खिसी टिउरी ग¥या छ, खिल्ली उडाएको छ, मजाक ग¥या छ । अब हेरो न देश जलाउन सिकाउने र देश जलाउनेको बीचमा विजुली मन्त्री कुलमान िघिसिङ्ग कसरी छिरे भनेर नेपालीहरु गफ जोत्न व्यस्त छन्, एउटै मालिकको आदेश मान्ने, उसैबाट दानापानी हसुर्दै आएका देश जलाउन सिकाउने र देश जलाउने बीचमा कुलमान छिुर्न ेके आश्चर्य भयो र ? अरुले थाहा पाउलान् कि भनेर पहिला अलग–अलग बसेका थिए । अब मौका आयो एक ठाउँमा बस भेनर आदेश दिएसी’ कुलमान छिर्नु परेन त ?
लाउरेसले गज्जब गरेछ
लाउरस पार्टीले यस पटक समानुपातिकको बन्दसूचिमा गज्जब गरेछ । अरु राजनीतिक पार्टीले नसकेको काम लाउरेसले गरेर रेकर्ड नै बनाएछ । अब हेरम न राष्ट्रपति रामचन्द्रे बाजेकी छोरी संज्ञा पोख्रेल र पूर्व राष्ट्रपतिका छोरा चन्द्रमोहन यादवलाई समानुपातिक सूचिमा राखेछ । रामचन्द्रे बाजेले छोरीलाई समानुपातिक सूचिमा राख्न ल्याङ्ग ल्याङ्ग गरेछन् । उता पूर्व राष्ट्रपति लाज बरण यादवले समेत आफ्नो ल्याप ल्यापे काजीले नाम घुसाइदिएछन् । यस्तै हो साधारण चोरी घडी, मोवाइल, सुनको चेन, पैसा चोर्छ तर राजनैतिक चोरले भविष्य, शिक्षा, स्वास्थ्य, राजगारी, शान्ति सुरक्षा, न्याय चोर्छ भन्थे हो रै’छ ।
झल्ला झलुका राँडे रुवाई
सर्पनाथ उर्फ नेपाली कम्म्युनिस्ट पार्टीका खै जाति हुन कुन्नि नामचाहिँ झल्लाझलुको यतिबेला राँडे रुवाई चल्या छ । सत्तामा बस्दा अकूत लुड्याएका झलुकी श्रीमतिलाई जेनजी आन्दोलनमा जेनजीहरुले आगो झोसी दिएछन् । अब उनकी श्रीमतिको उपचार राज्यले गर्दिनुपर्ने रे । हुने कुरा पो गर्नुपर्छ त । पूर्व प्रधानमन्तरीको परिवारको उपचार खर्च राज्यले गदिर्नुपर्ने रे । सत्तामा बस्दा विभिन्न बहानामा लुड्याउने अनि निस्कदा पनि चाहिने ? वाह † झलु तिमीले भन्या त ठीकै हो । राज्यले पूर्व पधानमन्तरी, मन्तरी, राष्ट्रपति, सभामुखलाई दिनैपर्छ । यतिमात्र हैन तिनका परिवारलाई पनि दिनैपर्छ । अरु देशकमा नदिए पनि नेपालको लोकतन्त्र विशेष खालको छ । राज्यले विलम्ब गर्नै हुँदैन । झट्ट तिनकी श्रीमतिलाई उपचार खर्च उपलब्ध गराउनु प¥यो ।
१८ खर्ब ३० अर्ब चैट
दलका लुटेराहरुलाई व्यवस्थापन गर्न बनाइएको प्रदेशका लागि हालसम्म तलब, भत्ता, गाडी, सुरक्षा, भोज भतेरमा १८ खर्ब रुपैया राज्यकोाबाट लुटान भएछ । पहिलादेखि नै एकथरिले संघीयता खारेज गर्नुपर्छ, यस्तो सेतो हात्ती पाल्नुहुँदैन भनेर विरोध गर्दै आएका थिए । अर्कोथरिले आफ्ना हनुमानहरुको राजनैतिक व्यवस्थापन गर्न संघीयता राख्नै पर्छ भन्दै आए । जनताका लागि यो घाँडोले हालसम्म केही लछारपाटो लगाएको छैन । तलब भत्ता टन्न भए पनि प्रदेशका मुख्यमन्त्री बेकामे भा’का छन् । ट्वाइलेट उद्घाटन गर्नु, अनावश्यक सवारी साधन खरिदमा कमिशन र भ्रष्टाचार गर्नु, नागरिकमाथि करको भार थोपर्नु बाहेक कुनै काम ग¥या कसैलाई पत्तो छैन । संघीयताको नाममा ्रल्ुटेराहरुलाई ज्वाइ पालेझै पालेर फुइøयाँ हुन्छ ?
