अक्षयकोषदाता सम्मानित

धरान । विश्वकर्मा कल्याण सेवा समिति धरानले अक्षयकोष स्थापना गरी समाजमा योगदान पु¥याउने दाताहरूलाई सम्मान गरेको छ । समाजको ३४ औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनको अवसरमा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले अक्षयकोषदाता शुभद्रा विश्वकर्मा, लालबहादुर विश्वकर्मा र रेणुका विश्वकर्मालाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गर्नुभयो ।

उहाँहरूले आफ्ना पति तथा पिता मंगलसिंह विश्वकर्माको नाममा ‘मंगलसिंह छात्रवृत्ति’ अक्षयकोष स्थापना गर्दै १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको समाजका अध्यक्ष खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य दिनेश गजमेरले समाजलाई कम्प्युटर र प्रिन्टर समेत सहयोग गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया