हिबिस्कस क्विज मेनिया–२०८२ सम्पन्न, वार्षिक उत्सवमा प्रतिभा र व्यक्तित्व सम्मान

धरान–१५ स्थित हिबिस्कस इङलिस बोर्डिङ स्कुलको आयोजनामा हिबिस्कस क्विज मेनिया–२०८२ सिजन–४ सम्पन्न भएको छ। ग्रान्ड फिनालेमा साजिलाल माध्यमिक विद्यालय, सुन्दरहरैचा मोरङ विजेता बन्दै नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो। प्रतियोगितामा ४५ विद्यालय सहभागी भएकामध्ये उत्कृष्ट ६ विद्यालय फाइनलमा प्रवेश गरेका थिए।


त्यसै अवसरमा स्कुलको वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम पनि आयोजना गरियो। कार्यक्रममा पत्रकार जनकऋषि राई, सामाजिक अभियन्ता ललित योञ्जन, ब्लड फर निडका प्रकाश गिरी र अस्थायी प्रहरी चौकी श्याम चोकलाई सम्मान गरिएको थियो। साथै, गत वर्षको वार्षिक परीक्षामा उत्कृष्ट हुने नर्सरीदेखि कक्षा–९ सम्मका विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरियो। कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले बौद्धिक प्रतियोगिता र गुणस्तरीय शिक्षाले विद्यार्थीको सर्वाङ्गीण विकासमा योगदान पु¥याउने बताएका थिए। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति समेत दिएका थिए।

तपाईको प्रतिक्रिया