देशै ठप्प पार्ने अरे
बिनाकाले विपरीत बुद्धि त्यसै भन्या होइन रै’छ । अब हेरम न गुण्डुतिर गुण्डाहरुको संरक्षणमा बसेका खप्रओलाई । तिनको दिमागको पारो घरी–घरी तुफानसँगले अपनडाउन गर्छ कि क्या हो ? सनक्क सनक्क सन्केर तिनले बोलेको देख्दा जो कोहीर्ला पनि उनको दिमाखी पारो ढिला भएको बुझ्न गाह«ो पदैन । छल, बल, कपट, मासुभात, ढेउवा र पेट्रोलको करामतले अध्यक्ष जितेपछि त झन तिनको पारै बेग्लै भा’छ । हु त अन्टसन्ट बोल्ने तिनको पुरानै रोग हो । अझ अध्येक्षमा जितेपछि त उत्पात भा’छ । अस्तिका दिन तिनले एमालेलाई छोएमा देशै ठप्प पारिन्छ, सरकार ढालिन्छ भनेर फुइँ लडाएछन् । पाँच मिनेट पहिला हेलिकोप्टर चढेर नभागेको भए जेनजीहरुले ल्यापल्यापे काजीको जस्तै हालत बनाइदिन्थे । आधा महिनापछि गुण्डुतिर पुगेका खप्रओ अझसम्म गुण्डाकै संरक्षणमा बस्या छन् । तर थुतुनो बजार्नचाहिँ अझै छोडया छैनन् । बात करता है ।
संसद पुनस्र्थापनाको सपना

खाइपिइ आएको, शान सौकत शिव चाम्लिङ्ग भएसी’ लाँग्रेस र झालेमालेका ल्यापल्यापे काजी, खप्रओलाई मर्नु भा’छ । संसद विघटन भएर निर्वाचनको घोषणा भैसक्या छ तर ती दुई अक्टोपसहरुलाई संसद पुनस्र्थापनाको रटान लगाकोलगायै छन् । हुन त तिनले संसद पुनस्र्थापनाको रटान लगाउने नै भए । निर्वाचनमा जाम भने जनताले भाटे कारबाही गर्लान् भन्ने त्रास छ । बरु अदालत गुहारेमा बाजीी मार्न सकिन्छ कि भन्ने ध्याउन्नमा लाग्या छन् । अझ त्यसमाथि अदालतमा आफ्नै पार्टीको झोला बोक्ने न्यायाधीश, वलिहरु बग्रेल्ती छँदैछन् । तिनलाई त्यसै अदालतको न्यायाधीश नियुक्ति ग¥या हो र ? यस्तै ड्कोफड्को तेलको धुपको अवस्थाका लागि त हो । दुवैले आफना दलका पूर्व सांसदहरुको वहुमत हस्ताक्षर गरेर अदालत जाने निर्णय गरेछन् । लौ दुवैलाई बधाई छ ।
घण्टेसँग रुपैयाको बोट छ ?
हैन हौ घण्टे पार्टीका अध्येक्षे सहकारी ठग लामिछानेसँग रुपैया फल्ने बोट छ कि क्या हो ? बोल्ने मामलामा झालेमालका अध्येक्षे खप्रओलाई समेत एक सय मिटर पर छोड्ने घण्टेलाई अस्तिका दिन अदालतले तीन खोकाका धरौटीमा छोेड्ने आदेश दिएछ । अदातलले आदेश देको केही क्षणमै घण्टेले ग्याम्मै रुपैया बुझाछन् । हैन हौ घण्टे लामिछानेसँग रुपैयाको बोटै छ कि क्या हो ? अदालत जति माग्यो ख्वाइ ख्वाई गनेर दिन्छन् । हुन त त्यत्रा विधि सहकारी ठगेको माल छँदैछ । जाबो तीन खोका त तिनका लागि हातको मयल हो । कि कसो हौ ? तीन खोका बुझाएर बाहिर आउँदा घण्टेको फूर्तिफार्ती राजद्रोहको मुद्धामा जेलबाट रिहा भए जस्तै छ । अब सहकारी जोगाउन सबै सचेत बन्नुपर्ने भएको छ ।
जनताले पत्याउनु पर्ने ?
नेपालका राजनीतिक पार्टीमा भएका कार्यकर्ताहकरुमा सबै भन्दा भेँडा कार्यकर्ताचाहिँ घण्टे पार्टीमै देखियो । अरु पार्टीमा झोले देखिएको थियो घण्टेमाचाहिँ भेडा देखिए । सहकारी ठगी मुद्धामा धरौटी बुझाएर निस्केको एउटा व्यक्ति छुट्दा बाजागाजा र नाचगान यसपटक गज्जबले देखियो । यस्ता काइते समर्थकले देश बनाउँछन् भनेर जनताले कसरी पत्याउने ? यस भन्दा अगाडि जेनजीको भेषमा राज्यबाट तलब सुविधा खाने र लिने भेडाहरु छुटाउन जेल ने तोडेका थिए । यतिले नपुगेर सहकारी ठगले जेलरको किर्ते हस्ताक्षर गरेर जेलमुक्त भएको नाटक पनि मञ्चन गरेकै हो । पछि अँठ्याउने संकत पाएसी’ आफैले जेल छिरेकै हो । जेहोस् यो मुलुकमा असम्भव भन्ने कुराचाहिँ अब केही रहेन ।
ट्वाइलेट जाँदा पनि सुरक्षा
गुण्डुका गुण्डा भनेर देशैभरि कहलिएका महेश बस्नेतलाई पनि साह«ै अप्ठेरो रै’छ । विचरा एक्लै फुत्त कहीँ जान नसक्ने । एक्लैै दोक्लै हिड्दा कसैले बजाउने पो हो कि भनेर निस्कनै सक्दैनन् रै’छन् । अब हेरम न आफ्नै गाउँ, आफ्नै ठाउँ त्यसमाथि आफ्नै घरमा पनि ट्वाइलेट जाँदा घरी गुण्डाहरु अगुवा पछुवा लगाएर मात्र जाँदा रै’छन् । विचरालाई गाह«ै छ । अझ महाधिवेशनपछि त अरुले बजाउलान् भन्दा पनि आफ्नैले बजाउलान् भन्ने त्रासले विचरालाई
पिरोलेको रै’छ । क्यार्नु बा को झै थुतुनो ज्यादा नचलाएको भए नि हुन्थ्यो । जे गर्छ थुतुनोले नै गर्छ ।ंं
बाख्रासाहेवको फूर्ति
हिजो आज लाउरेससा बाख्रा साहेवको फूर्तिफार्ती अलि ज्यादा देखिन थालेको छ । सत्तासीन छँदा बाख्रा साहेवले ग्याम्म ५–७ खोका रकम बाख्रा पालनका नाममा लिए । बाख्रा राख्न र पाल्ने खोर पनि बनाएछन् । तर खोरमा अरुका बाख्राको बड्कौला ल्याएर छरेछन् । बाख्राको मालचाहिँ झ्याम्मै । तिनै बाख्रा साहेव हिजोआज लाउरेसको महाधिवेशनमा सभापति लड्छु भन्दै हिडेको देख्दा घण्टाघरलाई उदेक लाग्या छ । आफैले पट्का पडएर विरोधीहरुले षड्यन्त्र गरे भन्दै यस भन्दा अगाडि झिनो मतले काठमाण्डौबाट चुनाव जितेका बाख्रा साहेवलाई यस पटक त उतैबाट नाम सिफारिस गर्न लगाका छन् रे । समय भन्दा अगाडि नै ज्यादा महत्वकांक्षा बोकेर बाख्रे साहेव नहिड्दा बेस हुन्थ्यो कि ? बाँकी ऐजन ऐजन बाख्रे साहेवका मर्जी ।
पुकुली मैयाको निन्द्रा गायव
हिजोआज लाउरेसकी मुखिनी आच्या पुकुली मैयाको निन्द्रा गायव भा’छ रे । तिनको निन्द्रा त्यसै गायव भा’होइन । घरमा विटाका विटा पैसा जलेका े चिन्ताले पनि तिनको निन्द्रा गायव भा’ हैन रे । सबैका आ आफ्नै पीडा हुन्छन्, तिनलाईचाहिँ भुटानी शरणार्थी काण्डको फाइल खुल्ला कि भन्ने चिन्ताले निन्द्रा गायव भा’ रे । पुकुली मैयाले फाइल खुल्ने कुरामा चिन्ता नगरेकै वेश । तत्काललाई फायल खुल्ने छाँटकाँट छैन । ह्याउ नभएका घरेलु मन्तरीले त्यो साहसै गदैैनन् । बरु संसद पुनस्र्थापना भएमा घण्टे पार्टीका सहकारी लामिछानेचाहिँ के गर्छन् ? अहिलेलाइ विना चिन्ता बस्दा हुन्छ । बाँकी कुरा मिल्दै जाला ।
अन्तेमा
चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भन्ने उखान यतिबेला माकुने उर्फ नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजकमा लागू भएको छ । झिना मसिना १० पार्टी मिलेर नेपाली कम्युनिस्ट पार्टी बनाए पनि कसैले साथ नदिएपछि हैरान भएर अस्तिका दिन माकुनेले हामीलाई विश्वास गरेर एकपटक बहुमत दिनुहोस् इमान्दारीपूर्वक काम गर्छौ । घाट गएर पिण्ड खाने बेलामा दुई हात जोडेकोचाहिँ अलि हजम भएन । ललिता निवास निल्ने, पतञ्जलीको जग्गा काण्ड, मोरङको रिजाल टाँसीको जग्गा काण्ड मतदाताले बिर्सिएका छैनन् । अदालतले ३५ लाख धरौटी लिएर जमातमा छोडेको कस्लाई थाहा छैन ? हिजो इमानदारिता देखाएका भए अहिले इमान्दारितापूर्वक काम गर्छौ भन्नै पर्दैनथ्यो । आजसम्म माकुनेले के कुरामा इमान्दारिता देखाए हँ ? अब झुटको खेती साह«ै फस्टाउला जस्तो छैन । बरु होलीवाइनको प्रचार गर्दै हिडे विदेशीलेचाहिँ पत्याउने पक्का छ ।
