धरानका ‘इनसाइक्लोपिडिया’ कृष्णप्रसाद श्रेष्ठको स्मृतिग्रन्थ विमोचन

धरान । प्रगतिशील धारका कवि, साहित्यकार, राजनीतिक चिन्तक, समाजसेवी एवम् अद्येयता र विश्लेषणका मुर्धन्य व्यक्तित्व स्व. कृष्णप्रसाद श्रेष्ठको स्मृतिमा प्रकाशित स्मृतिग्रन्थको विमोचन भएको छ । बहुमुखी विद्वताका धनी कृष्णप्रसाद श्रेष्ठ (वि.ए. कृष्ण) को स्मरणलाई चिरस्थायी बनाउनका लागि उहाँको परिवारका सदस्यहरूद्वारा प्रकाशित स्मृतिग्रन्थ शनिबार गीता भवनमा आयोजित एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष, वयोवृद्ध विद्वान पुरुषोत्तम भट्टराई लगायतले सामूहिक विमोचन गर्नुभएको थियो । स्मृतिग्रन्थका सम्पादक मण्डलको संयोजक डा. गोपाल भण्डारी, सदस्यमा किशोर श्रेष्ठ, गौरवमान श्रेष्ठ र पुरुषोत्तम श्रेष्ठ रहनु भएको छ भने प्रकाशकमा शम्भु प्रसाद श्रेष्ठ, पुष्पा श्रेष्ठ, मञ्जु श्रेष्ठ, अञ्जु श्रेष्ठ र शैलेश श्रेष्ठ रहनु भएको छ । ग्रन्थमा ३३ जना विद्वानहरूका आलेख, १७ जना आफन्तका स्मरण, व्यक्तित्वको विविधतामा एक जना, सञ्चारकर्मीका आँखामा कृष्णप्रसाद श्रेष्ठ, परिशिष्ट एकमा अभिनन्दनपत्र, सम्मानपत्र, विभिन्न संघसंस्थामा आवद्ध आजीवन सदस्यताको प्रमाणपत्र, आदरपत्र, प्रशंसापत्र, धन्यवादपत्र, कदरपत्र, निर्णायक प्रमाणपत्र, अभिनन्दनपत्रहरू समेटिएका छन् । यसैगरी परिशिष्ट दुईमा सोभियत संघ भ्रमणका क्रममा तत्कालीन सोभियत संघका उपप्रधानमन्त्री, भारतका तत्कालीन विदेशमन्त्री स्वर्णसिंह, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी, चीनका तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री, ताजिकिस्तान भ्रमणका दृश्यहरू, सोभियत संघका लेखकहरूसँग, सिरियाको दमास्कसको भेटघाट, एफ्रो एसियन कन्फ्रेन्स लेबनानका दृश्यहरू, कवि भूपी शेरचनसँगको सामिप्यता, एफ्रो एसियन सोलिडेरिटी कन्फ्रेन्सका दृश्यहरू, सिरियाको दमास्कसस्थित संसद भवनमा, पि.एफ.एस अफिस काबुल अफगानिस्तान, उज्बेकिस्तान भ्रमणका दृश्यहरू, बेरुत लेबनान एफ्रो एसियन लेखक सम्मेलन, ताजिकिस्तान आर्थिक प्रगति प्रदर्शनी, सोभियत–नेपाल मैत्री सभाका तस्बिरहरू समेटिएका छन् भने परिशिष्ट तीनमा आफन्तसँगको पारिवारिक तस्बिरहरू समेटिएका छन् ।

लेख रचनातर्फ डा. आनन्द आचार्यको धरान गर्विला व्यक्तित्व, केशवकुमार सुनामको विजयपुरका तारा, प्रा.डा. खेम दाहालको कृष्णप्रसाद श्रेष्ठ ः एक स्मरण, गिरिराज आचार्यको कृष्णप्रसाद श्रेष्ठ ः मेरो आँखामा, गोकुलप्रसाद श्रेष्ठको स्व. कृष्णप्रसाद श्रेष्ठ वि.ए. प्रति हार्दिक श्रद्धाञ्जली, गोपाल दाहालको अस्ताए अध्ययनका एक व्यसनी, डा. गोपाल भण्डारीको अग्रज साहित्यकार ः कृष्णप्रसाद श्रेष्ठज्यूमा श्रद्धासुमन, प्रा.डा. गोविन्दबहादुर तुम्बाङको मेरो स्मृतिमा वि.ए. कृष्ण, चन्द्रदेव जोशीको अनन्त सम्झनामा कृष्णजी, प्रा.डा. टंकप्रसाद न्यौपानेको कृष्णप्रसाद श्रेष्ठ ः धरानका बहुमुखी अभिभावकीय व्यक्तित्व, ठाकुर शर्माको स्व. कृष्णप्रसाद श्रेष्ठलाई सम्झँदा, डम्बर बुढाथोकीको अविस्मरणीय नेता कृष्णप्रसाद श्रेष्ठ वि.ए., धर्म गौतमको आदरणीय वि.ए. कृष्णको सम्झना, प्रदीपकुमार भण्डारीको कृष्ण दाइलाई सम्झँदा, प्रवीन जोशीको मेरो सम्झनामा वि.ए. कृष्ण, प्रा.डा. बन्धु कोइरालाको कृष्ण दाइ, बम देवानको ज्ञानको भण्डारका पर्याय कृष्णप्रसाद श्रेष्ठ, प्रा.डा. बद्रीविशाल पोखरेलको वि.ए. कृष्णप्रसाद श्रेष्ठ ः एउटा गर्विलो इतिहास, भोजराज श्रेष्ठको कालो पाटीले धुलोमैलो हुन्थ्यौ, प्रा.डा. भोलानाथ पोखरेलको बहुआयामिक व्यक्तित्वका धनी कृष्णप्रसाद श्रेष्ठ, मोहन दुवालको उत्सव यात्राहरूमा ः कृष्णप्रसाद श्रेष्ठ, युद्धप्रसाद वैद्यको कृष्णप्रसाद श्रेष्ठको सम्झनामा केही शब्द श्रद्धाञ्जली, प्रा.डा. रमेश घिमिरेको स्मृति सूत्रमा अनुस्यूत वि.ए. कृष्ण, राजकुमार दिक्पालको किताबसँग साटिएको जिन्दगी, प्रा.डा. राजेन्द्र शर्माको वि.ए. कृष्ण ः एउटा जिउँदो पुस्तकालय, राजेश्वर आचार्यको बहुप्रतिभाका धनी वि.ए. कृष्ण दाइ, राप्रउ पोखरेलको कृष्णप्रसाद श्रेष्ठ ः सम्झनाका थुँगाहरूमा, रामप्रसाद श्रेष्ठको कृष्ण दाइ मेरो आँखामा, बसन्त थापाको कृष्ण सरको सानिध्य, प्रा.डा. सुरेन्द्र केसीको मेरो मानसपटलमा कृष्णप्रसाद श्रेष्ठ वि.ए., हरि रोक्काको एक माक्र्सवादी पोपको अवसान, हरिप्रसाद दाहालको आदरणीय कृष्णप्रसाद श्रेष्ठ दाइको सम्झना, हर्ष सुब्बाको वि.ए. कृष्ण दाइ नयाँ पुस्ताका लागि मिथक, धरान नगरपालिकाका संस्थापक उपसभापति, पत्रकारिताको पथप्रदर्शक जस्ता आलेखहरू समेटिएका छन् । पुस्तकमाथि टिप्पणी प्रा.डा. खेम दाहालले गर्नुभएको थियो भने प्रा.डा. गोपाल भण्डारी, चन्द्र घिमिरे, किशोर श्रेष्ठ, प्रा.डा. बद्री विशाल पोखरेल, प्रा.डा. टंक न्यौपाने लगायतले आफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तीर्थ कार्कीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया