ब्राउनसुगरसहित एक जना पक्राउ

गत मंसिर २९ गते राति करिब ११ बजे प्रहरी चौकी खनारबाट खटिएको चेकिङ टोलीले जिल्ला सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. १३ ढोका पुलस्थित चेकजाँचका क्रममा बा. ४२ प. ८३८४ नम्बरको मोटरसाइकललाई रोकी जाँच गरेको थियो ।

जाँचका क्रममा मोटरसाइकल चालक जिल्ला सुनसरी रामधुनी नगरपालिका वडा नं. ०१ झुम्का बस्ने वर्ष ३० का विवेक सरदारलाई कानून बमोजिम चेकजाँच तथा खानतलासी गर्दा उनको साथबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ०.२५० ग्राम (दुई सय पचास मिलिग्राम) फेला परेको प्रहरीले जनाएको छ । फेला परेको लागू औषध र मोटरसाइकलसहित सरदारलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया