घण्टाघरबाट हेर्दा

नोट जल्या हैन रे
हैट † अलिकति लाजसरम घिन त कहीँ नभाको । हुन त सबै कुरा पचाएसी’बाँकी नै केचाहिँ रहन्छ र ? निर्वस्त्र हुन पो लाज, भइसकेसी’ फुइøयाँको लाज ? अब ल्यापल्यापे काजीको मुखिनी आच्या पुकुली मैयालाई । अस्तिका दिन ती खै के जाति ठाउँमा दुई चार जना भान्सेहरुका माझमा Ïयाउँ Ïयाउँ गर्दै थिइन् । मेरो घरमा नोट जलेको होइन रे । तिनका काइते कुरा कुनचाहिँ नेपालीले पत्याउने ? दुनियाँका आँखा फुट्या थिए र ? हुन त तिनले् ठीकै भन्या हो । नोट कहाँ जल्या हो र ? रुपैयाँ पो जल्या हुन त । रुपैयाँ पनि सातोतिनो जातको हो र ? अम्रिकी, बेलायती, युरोपेली जातका । यी जातका अगाडि नेपाली जातका पाँ र हँ को गन्ति नै नहुने । आगोलाई पनि ती रुपैया अधकल्चो पार्न र पूरै सिध्याउन हम्मे हम्मे प¥यो । पर्ने भयो नि चार चार वटा कोठामा गुन्द्रुक खाँदै झै खादेर जो राखिएको थियो । पुकुली मैयाँको अझै होस् खुलिसक्या रै’नछ । जेनजीले हनुमान धुलाई दिएर अरिंगालले चिलेजस्तो पुक्क गाला बनाइदिँदा पनि त्यसरी नाँगो झुठ बोल्नु त भएन नि गाँठे ?
हम कभी नै सुध्रेंगे

जेनजी आन्दोलनमा पाता फर्किन्ज्याल व्यवस्था गरिएका लाउरेका पाजी कहिल्यै नसुध्रिने् भए । स्वदेश र विदेशका हस्पिटल धाएर केही विशेक भएर र्किएसी अबचाहिँ सुध्रिए होलान् भन्या त फुइøयाँ सुध्रिनु । अब हेरम न लाउरेसको महाधिवेशन अगाडि नै संघ र प्रदेशका उमेद्वारलाई टिक बाँड्न् गृह कार्यमा जुटेका छन् । लाउरेसमा कार्जेकर्ताले पार्टीमा योदान गरेर मात्र पुग्दैन । पदमा पुग्न टिकट किन्नुपर्छ । माने यतिबेला पाजी टिकट बाँड्ने् पसल खोल्ने तयारीमा छन् । उमेर र विधानले अब सभापति बन्न नमिल्ने भएसी’ उनी अन्तिम व्यापारका लागि जुटेका हुन् । हरेक उमेद्वारबाट एक दुई खोका झार्ने उनको विगतको अनुभव छ । त्यसैले बारम्बार उनले भन्ने गरेका थिए म सभापतिमा उठ्दिन तर टिकट बाँड्न्े अधिकार मैले पाउनुपर्छ । हुन त यसमा पाजीको दोष कहाँ छ र ? पुकुली मैयाँले चाँडी लगाएपछि तिनको केही जोर चल्दैन ।
कानुनी व्यवस्थै छैन रे
जेनजी आन्दोलन पश्चात बनेको जाँचबुझ आयोग पनि हावा न चावाको तालमा बन्या रै’छ कि क्या हो ? यतिका दिनसम्म कुन गतिला हिस्रकहरुको छेउमा पुग्नै सक्या छैन । तीन महिने आयु पाएको आयोग पेन्डुलम नै भा’छ । अझ त्यसबेला पर्धानमन्तरी रहेका खप्रओको त छेउमा पुग्न हिम्मत समेत ग¥या छैन । उल्टै खप्रओले आयोगलाई धक्क्याउने गरेका छन् । आयोगमा मैले बयान दिनुपर्ने कानूनी व्यवस्थै छैन रे, खप्रओले भन्या । कुरा त खप्रओले ठीकै ग¥या हुन । कानूनी व्यवस्था भा’भे त उनले बयान दिइहाल्थे नि ।
आफ्तावका छोरा सिफारिस
जिउँदा बाइसजना मान्छेलाई इँटाभट्टाको आगोमा पोलेर मार्ने अफ्ताव आलमका छोरा फिरसोद आलमलाई लाँग्रेसले रौतहट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उमेद्वारको सिफारिस गरेछ । हुन त यो कुनै आश्चर्यको कुराचाहिँ हुँदै होइन । हत्या गरेको, बलात्कारमा सजाय भोगेको, भ्रष्टाचार गरेको, ठगी गरेको आदि आदि । यसमा झन परिवारको विरासत जोडिएको भए अझ वेश । अफ्ताव आलम आफै जघन्य अपराधमा जोडिएका थिए । फिरसोदका लागि यो झन बलियो आधार बन्यो । सज्जन, इमान्दर, मेहनतीले आजसम्म लाउरेस बाट टिकट पाएर सांसद, मन्त्री बनेको इतिहासै छैन । माथि उल्लेखित योग्यता पुग्नेले लाउरेसको टिकट पाउने शत प्रतिशत ग्यारेन्टी ।
नब्बे प्लेट मःम
भ्रष्टहरुको भाषा अब ल्याङवेज इस्टिच्युटले पनि नबुझ्ने भैसक्यो । झन खप्रओको सरकार हुँदा भ्रष्टहरुले माल खान बडो गज्जबको कोडवड बनाएका
रै’छन् । नब्बे प्लेट म ः म भनेसी’ प्रधानमन्तरी, मन्तरी, सचिव, विचौलिया, दलालहरुले व्यापार अगाडि बढाउँदा रै’छन् । भुटानी शरणार्थी काण्डमा पनि नब्बे प्लेट मःम बाटै व्यापार अगाडि बढेको रै’छ । महंगा लेखकले भिजिट भिषाको व्यापार पनि यही शब्दबाट ग¥या रै’छन्, पोखरा एयरपोर्टको १० अर्बको घोटाला पनि यही कोड प्रयोग भा’ रैछ । बडो शुभ शब्द रै’छ ९० प्लेट मःम । यही शब्दले कंगालहरु सत्तामा गएपछि अर्बपछि बने । बरु अब यो शब्दलाई ब्यापक बनाउँदा अरुको पनि हित होला जस्तो छ । साला फर्के अब भेनाको पालो नेपाल वद्यिुत प्राधिकरणको कार्यकारी निर्देशबाट हँटाइएका खप्रओका सालालाई न्यायालयले बाजा बजाएर यथास्थानमा फर्काइदिएछ । मन्तरी कुलमान त हे¥याहे¥यै । अब साला फर्काउनेले भेना खप्रओलाई नफर्काउला त ? जे होस खप्रओले सत्तामा छँदा न्यायालयमा आफ्ना भक्तहरुलाई, अख्तियारमा आफ्ना झोलेहरुलाई, मानव अधिकार आयोगमा आफ्ना हनुमानहरुलाई, सम्पत्ति सुद्धीकरण आयोगमा आफ्ना भिजिलान्तेहरुलाई नियुक्ति गर्नाले उनलाई कसैले केही लछारपाटो लगाउन सक्या छैनन् । आफैले दुई दुई पटक संसद विघटन गरेको बिर्सिएर अहिले पुनस्र्थापना गरिदे भनेर अदालत जाने नै थिएनन् । आफ्ना भक्तहरुबाट राम्रै आश्वासन पाएका होलान् । अब कुन दिन अदालतले संसद पुनस्र्थापना गरेर खप्रोलाई पूर्व स्थितिमा राख्नु भनेर आदेश दियो भने अनौठो नमाने हुन्छ । यसको रिहर्सल सालो हितेन्द्रदेव शाक्यबाट भैसक्या छ । माने कुरा बुझ्नुको छ ।
एकीकरणमा किन ढिलाई ?
लाउरेस र झालेमाले दुईवटा पार्टी किन राख्नु अब ? वित्थामा कामै छैन । दुईको सहमतिबाट सबै कुरा हुन्छ भने एउटै बनाउँदा भैगो । प्रचण्डाउले १० वटा पार्टीलाई मिलाइसके । दुवैको एकीकरण गरेर नेपाली काँग्रेस (साम्यवादी) नत्र नेकपा(काँग्रेस) नाम राखिदिए भैहाल्छ । सिद्धान्त पनि ओलीबाद, देउवा विचारधारा, आरजुपथ विछट्टै सुहाउँछ । पार्टीको लक्ष्यचाहिँ खरानी राज्य स्थापना गर्न राखिदियो दुवै पक्षका कार्यकर्ता खुशी हुने । उद्देश्यचाहिँ नेपाललाई संसारकै नमूना गरिब, भ्रष्ट र कुशासित देश बनाउने । यसो गर्दा दुवै पक्षका कार्यकर्ताहरुमा उत्साह थपिने थियो । यस कामका लागि दुवै पक्षका शीर्ष नेता अग्रसर हुनुप¥यो । शुभकामनामा ढिला किन ढिलाई ?
अन्त्यमा
टीके प्रधानमन्तन्तरी सुस्ला अमौट अब केही खालो सर्ला जस्तो देखिएन । मन्त्री मण्डलमा कुहेका अनुहार ल्याउने, भ्रष्टचारीलाई ५ दिनमा कारबाही गर्छु, हत्यारालाई जेल कोच्छु भन्थिन हावै रै’छ । खप्रओलाई पनि माथ गर्ने खालका अभिव्यक्ति देकी थिइन् । होला ता नि भन्या फुइøयाँ हुनु ? उही गफै रै’छ । अब यस्तै पारा हो भने सुस्मा आमैले बोरा बिस्तार तयार गर्दा होला जस्तो पो देखियो । यस भन्दा अगाडि भएको जेनजी आन्दोलनमा नेताहरु घर छोडेर भाग्न पाएका थिए । अब हुने आन्दोलनले सुस्ला आमैलाई त्यो अवसर पनि प्राप्त नहोला जस्तो देखियो । लौन सूुस्ला आमै आँधी आउनु अगाडिको सन्नाटालाई बेलैमा बुझ्ने हो कि ? घण्टाघरको सुझाउ मात्र हो, माने ठीकै छ नमाने घण्टै घनन ।

तपाईको प्रतिक्रिया