धरान/छुरा प्रहार गरी फरार रहेका ४ जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान १६ का देशराज गजमेर, किरण आले मगर, उदय लिम्बु र अनिष कटुवाललाई प्रहरीले आज प्रक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ
लाखेको निहुमा परेको विवादमा स्थानीय युवाहरुले छुरा प्रहार गर्दा
धरानका दुई युवा घाइते भएका हुन् ।
आइतबार साझ १० बजेको समयमा लाखे हेर्ने क्रममा धरानको भानुचौकमा दुई समूहबीच झडप हुदा छुरा प्रहारबाट धरान १५ का १९ बर्षीया सागर राई र १६ बर्षीया फोर्तेली तामाङ्ग घाइते भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुदमकुमार सिजापतिले जानकारी
दिनुभयो ।
घाइते दुवै जनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेमध्ये सागर राईको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ गरिएका उनीहरुलाई ज्यान मार्ने उद्योग म्याद थप गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुदमकुमार सिजापतिले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुकाबाट एउटा छुरीसमेत बरामद गरिएको डिएसपी सिजापतिले जानकारी दिनुभयो ।
