सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता यसपटक पूर्वाञ्चलमा हुने भएको छ । मुल आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरी मंसिर ११ गतेदेखि प्रतियोगिता सुरु हुने जनाएको छ।
मंसिर ११ गते राष्ट्रपति रामवरण यादवले प्रतियोगिताको उद्घाटन विराटनगरमा गर्नेछन्। प्रधानमन्त्री सुशल कोइराला, मन्त्री तथा विशिष्ठ व्यक्तिहरूको सहभागितामा भव्यरुपमा प्रतियोगिता उद्घाटन हुने राखेपका सदस्य सचिव केशब विष्टले जानकारी दिए ।
विराटनगरमा बसेको मुल आयोजक समिति बैठकले प्रतियोगिता सफल पार्न आह्वान पनि गरेको छ । ‘अहिले देशव्यापी रुपमा भइरहेको बन्द हडताल तथा हिंसात्मक आन्दोलनले प्रतियोगितालाई असर पार्नसक्छ,’ विष्टले भने, ‘सकभर प्रतियोगिताभरि बन्द हडतालको कार्यक्रम नराख्न सबै राजनीतिक दललाई हामीले अपील गरेका छौं ।’
प्रतियोगितामा यसपटक ३५ खेल राखिएको छ । छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३१ खेल थिए । विराटनगर, इटहरी, धरानलगायत पूर्वाञ्चलका विभिन्न रंगशालामा प्रगियोगिता सञ्चालन गरिने छ ।
सदस्य सचिव विष्टका अनुसार जीर्ण रहेका रंगशाला र कभर्ड हलको मर्मत लगभग सकिएको छ । प्रतियोगितामा २९ करोड खर्च हुने अनुमान रहेको र त्यसलाई पारदर्शी बनाउन आफूहरू लागिपरेको मन्त्री पुरुषोत्तम पौडेलले जनाए । ‘अहिले कतिपय स्थानमा रंगशाला मर्मतको विषयमा प्रश्न उठेको छ, पारदर्शी र गुणस्तरीय भएन भन्ने कुरा आएको छ,’ मन्त्री पौडेलले भने, ‘त्यस्तो भएको गुनासो आएपछि छानविन समिति बनेको छ, त्यसले अनुगमन गरिरहेको छ । यदि त्यस्तो गुणस्तरहीन काम भएको रहेछ भने भुक्तानी
रोकिदिान्छौं ं।’
