धरान/ लामो समयदेखि लागू औषधको कारोबारी गर्ने डिलरवालालाई धरान प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले धरान १६ प्राधिकरण लाइनबाट को ८ प २०२० नम्बरको मोटरसाइकल चालक धरान १६ बस्ने मनोजकुमार बस्नेत लेगार्डमा झुण्ड्याइ ल्याएको अवस्थामा प्रहरीले सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।
पक्राउ परेका बस्नेतको साथबाट नाइट्रोसन ट्याब्लेट ४० थान, एक सय एमएलको ३० बोतल कोरेक्स, स्पास्मोप्रोक्सिनभन ७ सय ६८ क्याप्सुल, पक्राउ गर्नुका साथै ११ सेट मोवाइल, एक थान छुरा समेत प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुदमकुमार सिजापतिले जानकारी दिनुभयो ।
प्रक्राउ परेका बस्नेत लामो समयदेखि धरानमा डिलर राखी लागू औषध विक्री वितरण गर्ने डिलरको रुपमा चिनिएको डिएसपी सिजापतिले जानकारी दिनुभयो । विगतदेखि नै खोजीको सूचिमा परेका उनलाई प्रहरीले धरान १६ बाट प्रक्राउ गर्न सफल भएको उहाको भनाई छ । प्रक्राउ परेका उनलाई लागू औषधि कारोबार ऐन अन्तर्गत कारबाही अगाडि बढाइने डिएसपी सिजापतिले जानकारी दिनुभयो ।
