रुसका राष्ट्रपति पुटिनको भारत भ्रमणले विश्व राजनीतिमा तरंगित

एजेन्सीहरु । युक्रेनसँगको युद्ध शुरु भएपछि महाशक्ति राष्ट्र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो पटक भारतको भ्रमण गर्नुभएको छ । विहीबार भारत भ्रमणमा आउनु भन्दा अगाडि रुसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति पुटिनले भारत र रुस अत्यन्तै घनिष्ट पुराना मित्र राष्ट्र हुन् भन्नुभएका थियो । भ्रमणका क्रममा उहाँले ऊर्जा, इण्डष्ट्रिज, अन्तरिक्ष, कृषि लगायतका कैयौ क्षेत्रमा सहयोग सम्बन्ध अझ प्रगाढ बनाउने समेत बताउनु भएको थियो ।
अमरिकाले भारतमाथि रुसको तेल खरिद बन्द गर्न र अमेरिकी ऊर्जा तथा अन्य वस्तुहरुका लागि आफ्नो बजार खोल्ने लगायतका दबाब दिँदै आएको, भारतीय उत्पादनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० प्रतिशत टेरिक लगाउने घोषणा गरेपछि भारतले अमेरिकाको उक्त निर्णयको प्रतिवाद मात्र गरेन
व्यापारिक निर्भरता समेत हटाएको छ । अन्तत ः पुटिनको भ्रमणका क्रममा अमेरिकी दबाबलाई वेवास्ता गर्दै ऊर्जा सुरक्षालाई मजबुत बनाउने, रक्षा सप्लायर्समा स्थिरता ल्याउने, पश्चिमी प्रतिबन्धका बाबजुद द्विपक्षीय व्यापार जारी राख्ने लगायतका सम्झौता भएपछि विश्व राजनीति तरंगित भएको छ ।
द्विपक्षीय सम्बन्धका तीन आधार

थिंक टैंक ग्लोवल ट्रेड रिसर्च एनिसिएटिव (GTR ) का संस्थापक अजय श्रीवास्तवका अुनसार भारत र रुस बीचको सम्बन्धका तीन आधार छन् । ती हुन् ऊर्जा, सुरक्षा र डिप्लोमेसी । दुई देशको सम्बन्धमा ऊर्जा सबैभन्दा अगाडि छ । रुस भारतको सबैभन्दा ठूलो क्रुड आयल सप्लायर्स हो । जुन भारतको कुल तेल आयातको ३०–३५ प्रतिशत रुसबाट सप्लाई हुन्छ । यसगरि रक्षा दोस्रो सम्बन्ध हो । रुस, भारतको अधिकांश फ्रन्टलाइन प्लेटफर्म जेट, सय मरिन, टंैक रएयर डिफेन्स सिस्टमको सप्लायर्स हो । तेस्रो भनेका BRICS , सांघाई कोअपरेशन अर्गनाइजेशन र इस्टर्न इकोनोमिक फोरम जस्ता मल्टिलेटर हुन् । यसैगरि परमाणु ऊर्जा, अन्तरिक्ष, उर्वरत र कनेक्टीभिमा दुई देशबीच सहयोग हो ।
एक तिहाई कच्चा तेल भारत रुसबाट
युक्रेन युद्धका कारण रुसमाथि लागेको प्रतिबन्धका कारण भारत रुसको तेल खरिद गर्न सबैभन्दा ठूलो देश मानिएको छ । सन् २०२१ सम्म भारत रुसको तेल सप्लायर गर्ने सानो देश थियो । रुसबाट बर्षमा क्रुड आयल आयात मुस्किलले २–३ अरब डलरको हुने गर्दथ्यो । तर सन् २०२२ मा यो परिणाम ह्वात्तै बढेर गयो । सन् २०२२ मा आयत बढेर २५.५ अरब डलर पुग्यो । प्रतिबन्धका कारण रुस छुटमा क्रुड आयल बेच्ने गर्दथ्यो । सन् २०२३ मा रुसबाट आयात बढेर ४८.६ अरब डलर पुग्यो । कुल आयतमा रुसको हिस्सा ३४.६ प्रतिशत भयो । भारतले ठूलो परिमाणमा क्रुड आयल खरिद गरेपछि रुस खाँडी मुलुकभन्दा अगाडि निस्कियो । सन् २०२४ मा रुसबाट थप आयात बढाएर ५७.७ अरब डलर भयो र कुल क्रुड आयलमा ३७.३ प्रतिशत हिससा ओगट्यो । यसरी तीन बर्षमा भारतको ऊर्जा सुरक्षाको ढाँचामै परिवर्तन भयो ।
रक्षा क्षेत्रमा रुसमाथि परनिर्भता
रुससँग भारतको रक्षा सम्बन्ध गहिरो र दशकौ पुरानो हो । भारतले लगभग दुई तिहाई सैन्य बन्दोबस्तीका सामान रुसबाटै आयात गर्छ । पुटिनको भ्रमणका क्रममा भारत S-400 ट्रायम्फ सिस्टमको डिलिभरीमा तिब्रता ल्याउने र रुसी प्ल्ेटफामका लागि स्पेयर पार्टस र अपग्रेडेशन गर्ने समझदारी भएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोवका अनुसार पुटिनको भारत भ्रमणका क्रममा S-400 जस्तो लामो दूरीका एन्टीयएर क्राफ्ट मिसाइलको विक्रीमा समेत सहमति हुन्छ । नभन्दै त्यो सहमति भएको छ । यसैगरि भारतीय सेनामा ३६ प्रतिशत रुसी हतियार छन् र आगामी दिनमा समेत यसलाई कायम राख्ने सहमति भएको छ । भारतले रुसका 94-57 पाँचौ पिढीको स्टिल्थ फाइटर खरिद गर्ने, न्यूक्लियर इनर्जीमा पनि सम्झौता भएको छ ।
रुससँग व्यापारिक भुक्तानी व्यवस्था
भारत रुस बीचमा व्यवसायिक भुक्तानीको व्यवस्थापमा पनि परिवर्तन भएको छ । यसभन्दा अगाडि डलरमा भुक्तानीको व्यवस्था हुँदै आएकोमा रुसलाइ SWIFT बाट आंशिक रुपमा हँटाएपछि भुक्तानी रुपैयामा गर्न थालिएको छ । यसमा दिरहम (६०–६५ प्रतिशत) रुपैया (२५–३० प्रतिशत) र युआन (५–१० प्रतिशत) थियो । अब रुस UAE दिरहमसँग सेटलमेन्टमा राजी भएको छ ।
व्यापार सन्तुलन रुसको पक्षमा
रुससँग भारतको मर्चेटाइज व्यापार धेरै असन्तुलित रहेको छ । आपसी व्यापार बढाएपछि ट्रेड एकतर्फी भएको छ । भारतले रुसमा हरेक बर्ष मुस्किलले ५ अरब डलरको निर्यात गर्दछ । जबकी रुसबाट ऊर्जा आयातमा मात्र ६४ अरब डलर रहेको छ । भारतबाट रुस निर्यात २०२३–२४ मा ४.३ डलरबाट बढेर २०२४–२५ मा ४.९ अरब डलर भएको छ । यो बर्ष अप्रिल–सितम्बर २०२५ मा २.२५ अरब डलरको निर्यात भएको छ । जेहोस् दुई देबीचको घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप घनिष्ट बनाउने सहमति हुनु हाललाई सबैभन्दा ठूलो कुरा हो, थिंकट्याक श्रीवास्तवको कथन छ ।

तपाईको प्रतिक्रिया