विश्वका होचा चन्द्रबहादुर डागीको मृत्यु.

काठमाडौं / जीवनका ७३ वर्ष व्यतित गर्दासम्म आफ्नो अस्वाभाविक होचोपनाका कारण अनेकन सास्ति भोगे चन्ऽबहादुर डाागीले । तर अन्तिम तीन वर्ष त्यहि होचोपना उनका लागि
वरदानजस्तै भइदियो ।
गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा विश्वकै होचा व्यक्तिको रुपमा नाम लेखाएपछि चन्ऽबहादुरका दिन फेरिएका थिए । तर उनले लामो समय यो सुखानुभुति गर्न पाएनन् । ७६ वर्षको उमेरमा गत शुक्रबार चन्ऽबहादुरको जीवनमा सदाको लागि ग्रहण लाग्यो ।
‘यहाा त औधि रमाइलो छ । खाइएको छ, बसिएको छ,’ अमेरिकाबाट डाागीले १० दिनअघि थानेश्वर गुरागाईंलाई नेपालमा फोन गरेर भनेका थिए, ‘अब दशैंमा फर्किन्छु, अनि बेस्मारी बात मारौंला ।’
विश्वकै सबैभन्दा होचा व्यक्तिका रुपमा गिनिज बुकमा नाम लेखाएपछि डाागी देश(विदेशका कार्यक्रममा लगातार व्यस्त थिए ।
करिब तीन वर्षको अन्तरालमा उनले इटली, अष्ट्रेलिया, जापान, मलेशिया, यूके, रोमानिया, फिजी र अमेरिकन समाओ गरी आठवटा देशहरु भ्रमण गर्न भ्याए ।
परिवारको आर्थिक सहारा
विदेश घुम्दा डाागीको आम्दानी पनि राम्रो भयो । डाागीका विदेश भ्रमणहरुको व्यवस्थापन र संयोजन गर्दै आएका गुरागाईका अनुसार तीन वर्षमा गरेका विदेश भ्रमणबाट अनुमानित ४० लाख कमाइ भयो । चन्ऽबहादुरको कमाइले उनको परिवारका डेढ दर्जन सदस्यहरु पालिएका थिए । दाङको तुल्सीपुरमा एक टुक्रा घडेरी पनि किनिसकेका थिए उनले । निकट भविष्यमा त्यहीा घर ठड्याउने योजनासहित पैसाको जोगाड भइरहेको थियो । हाल उनको घर दाङको अति विकट पुरान्धारा गाविस(९ रिमखोलामा
रहेको छ । विदेशमा आयोजना हुने विभिन्न मेला एवम् प्रदर्शनीमा उनलाई शो(पिसका रुपमा राखिन्थ्यो । आगन्तुकहरु टिकट काटेर उनलाई हेर्थे र बोकेर फोटो खिच्थे । उनलाई देखाएर आयोजकले पनि राम्रै फाइदा लिन्थे ।

तपाईको प्रतिक्रिया