यमराजको पत्र
नेपाल सरकारलाई अस्तिका दिन यमराजले पत्र पठाएछन् । सुन्दा नि अचम्म् लाग्ने । कहीा यमराजले नि पत्र पठाउाछन् ? पत्रचाहिा पठाएकै हो रे । यसो भन्दा तपाईहरु घण्टाघरलाई अबचाहिा खुस्केछ, उल्लु भएछ भन्नुहोला । पत्रको वितवरण यस्तो
रैछ । घण्टाघरले पत्रको विवरण
सरकारको प्रवक्ता नाम त ठ्याक्कै थाहा भएन थरचाहिा रिजाल हो । पत्र निम्न प्रकारको छ ।
नेपाल सकारकारका पर्धानमन्तरी ज्यू
तपाइहरु रातदिन सहीद उत्पादन गर्न थाल्नु भयो । शहीद पनि प्रकार प्रकारका बनाएर यमलोक पठाउन थालेसी’ हाम्लार्य हैरानी थपिएको छ , कोही डन सहीद, कोही संघीय सहीद, कोही जातीय सहीद, कोही धार्मिक सहीद । नेपालबाट आउने सहीदको संख्या हेरेर यमलोकमा अन्य देशको भन्दा ठूलो कालोनी बनाएका छम् । वर्गीकरण गरेर राख्नुपर्ने भएकोले ठाउा अपुग भएको छ । नेपालबाट आएका सहीदको भीडले यमलोक अस्तव्यस्त भएको छ । भर्खरै चिम्लिफाक भएका घैटे भाइलाई पनि सहीद घोषणा गर्ने सुनिएकाले यमलोक प्रशासन अलमलमा परेको छ , कृपया यमलोकमा थरिथरिका सहीद नपठाई दिन अनुरोध छ । यमराजको पत्र पाएसी सुशिल दा’ सेन्टीÏल्याट हुनु भा’ छ रे ।
झुक्यो सरकार
अरुलाई भाषण खुवाएर आफूचाहिा लञ्च र डिनर गर्ने अनि राज्येको ढुकुटीबाट पेट्रोल भरेर वेÏवााकमा चार चौरास दौडने सरकारकालाई डा. गोविन्द केसीले केही नखाई सुति सुती झुकाइदिएका छन् । पााचपटक सम्म सरकारले माछो देखाएर भ्यागुता देखाएसी केसीले छैठो पटक माछो नै हात पारेका छन् । मेडिकल माफियाहरुबाट डोकाका डोका पैसा लिएर केसीलाई छक्याउदै आएकाहरु यस पटक भने पाहा पछारिए जस्तो पछारिएका छन् । अझ सभासदहरु त्यसमध्ये पनि राजेन्द्र पाण्डे प्रवृत्तिहरु गोविन्द केसीका विरुद्ध गिद्धले सिनो झम्टेझै झम्टेृर बस्या थे । संविधान बनाउन पठाएका सभासदहर व्यापार व्यवसाय गर्न थालेपछि सविधानसभा नै उद्योग वाणिज्य संघ जस्तो भएको थियो । अब भने व्यापारी सभासदहरु थान्को लाग्लान् कि ।
गुण्डाको बेहाल हुने
अब नेपालका गुण्डाहरुको बेहाल हुने भएको छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भन्या अब गुण्डाहरुलाई कुनै पनि दलले राजनैतिक संरक्षण गर्नु हुादैन । अब विचरा गुण्डाहरुको बेहाल हुने भएन त ? गुण्डाहरुलाई यतिन्जेलसम्म राजनैतिक दलका नेताहरुले संरक्षण गर्दै आ’थे । अब तिनका माइवाफ कोही नहुने भए । ग्रिन कार्ड र पिआरधारीहरुलाई कानुनै बनाएर गोर्खे लौरी कस्न सफल लालबबाबु अब गुण्डातिर सोझिएका छन् । लालबाबु जता सोझिन्छन् पार नलगाई फर्कनै जान्दैनन. , धनुषबाट छुटेको तीर जस्तै । त्उसैले सबै गुण्डा पाल्ने नेताहरुले अब लालबाबुको धूप धुावार गर है । नत्र कानुन बनाएर गुण्डाहरुसागको सम्बन्ध विच्छेद गर्देलान् ।
चिन्ता लाग्यो रे ?
हिन्दीमा एउटा उखान छ जैसी करनी वैसी भरनी । आफूले जस्तो गर्यो उसप्रति पनि अरुले पछि त्यस्तै गर्छन् । अब हेरौ न मधेशी मोर्चाको आवहानमा मधेशमा आन्दोलनमा उर्लिपछि
वीरगञ्जको छप्पैयामा रहेको स्वर्गबासी ? गिर्जाउको शालिक आन्दोलनकारीहरुले भुत्लोभाङ्ग केही नरहने गरी सफाचट बनाइदिएछन् । गिर्जाउको धुलिसात बनाएसी’ केही चाटुकार, कााग्रेसको आवरणमा धन्दा गर्दै आएकाहरुले दु:ख व्यक्त गरेछन् । गिर्जाउको शालिक धुलिसात बनाउादा उनेरलाई चिन्ता लाग्यो रे । के फुइाय्यााको दु:ख मान्नु ? गिर्जाउ बोल्दा हिजो हिजो अरुका शालिक पनि फुटाएका थे, फुटाउन निदेशन दिन्थे । आज उन्को फुटाएछन् , बााची बचिरहे यी टोड्काले के के देख्नुपर्छ भन्ने हो रै’ छ । हिजो आगो खाएर अंगार विस्ट्याउने गिर्जाउ त रहेनन् रहेनन् अब उन्का शालिक पनि नरहने भए ।
ध्वस्त बनाउने रे
कााग्रेस सभासद सुरेन्द्र चौधरीले अस्तिका दिन सम्पूर्ण नेपालीको गााडमा अड्किएको कुरा गरे । चौधरी त बडो खााटी रै’छन् । अरुले जस्तो घुमाएर लत्पयाएर चौधरीले कुरै गरेनन् । सीधा माने डाइरेक्ट भन्दिए अनपढ र परिस्थितिका कारणले नेता बनेकाहरुले देश बर्बाद
बनाए । हुन पनि हे कक्षा ८ पास नगरेका दलका शीर्ष नेता बन्या छन् । केपी, सुशिल, पुष्पकमल, बाउराम, झलनाथ, माकुनेहरु एउटै जात भएका हुन् । यिन्ले देशका भविष्य निर्धारण गर्ने भएसी’ देश ध्वस्त नभएर फुइयाा हुन्छ । चौधरीलाई एउटा कुरालेचाहिा साह्रै जंग चल्या रै’छ । कुरा के भन्देखि केही दिन अगाडि मधेशी दलहरुले भारतको केही नेताहरुलाई भेट्दा ८ कक्षा पास नगरेकाहरुले धुावाधार विरोध गर्या थे । चौधरीले भन्दिए प्रचण्डाउ, बाउरामले हिजो उतै बसेर, उतै खाएर जनयुद्ध लडे, कााग्रेस एमाले उतै बसेर आ हुन् । चौधरीको कुरा सोह्रै आना ठीक हो , सबै उतै बसेर उतै भेटघाट गरेर आउनुचाहिा हुने तर मधेशी दलले भारतका नेता भेट्नुचाहिा नहुने ?
त्रिपाले मन्त्रीको नियत
भुकम्प पीडितलाई खरिद गर्ने भनिएको त्रिपालको २५करोड सर्लक्कै निल्ने शहरी विकास मन्त्री लारायण खड्काले हिाड्ने हिाड्ने बेलामा राम्रै रकम संकलन गर्न थाल्या छन् रे । यतिबेला डर झर्ने काठमाण्डौ खानेपानी लिमिटेडमा गोरु बेचेको साइने भएका एकजना आफन्तलाई महाप्रबन्धक बनाउन खड्का कन्दनी कसेर लाग्या छन् रे । माल आउने ठाउा त खड्काकाजी कहीा पनि छोड्दैनन् भन्थे हो रै’छ । केयुकेएलका बोर्ड सदस्यहरुले खड्काले अगाडि सारेका मान्छेलाई हुन्न भन्दिएसी तीन जना बोर्ड सदस्यलाई नै जोर लात्ती हानेर खड्का काजीले आफ्ना हुक्के, ढोके, वैठके र चम्चेहरुलाइ राखेछन् । माने अगाडिका अवरोध पन्छाएछन् । अब उन्का गोरु बेचेको साइने भएका अमाफन्तलाई माल लिएर नियुत्ति: गर्न सर्लककै बाटो खुल्या छ । आखिरी खड्का न
परे नपड्काइ त्यसै छोड्छन् र † कि कसो हौ ?
कस्का कुरा पत्याउ
कााग्रेसका सभासद सुरेन्द्र चौधरीले ८ कक्षा पास नगरेका शीर्ष नेता र औाठाछाप भाकाहरु सभासद छन् भन्थे हो रै’छ कि क्या हो ? अब हेरौ न आठ बर्षदेखि जाबो एक थान संविधान लेख्न ठास–ठास्ती कनेर बसेका शीर्ष भनाउादा नतोहरुको बोलीको टुंगै भएन । संविधानसभाका सुचने भदौ भित्रैमा संविधान जारी गर्छम भन्छन्, अरु दलका अण्डर एसएलसी सभासदचाािह असोजको पहिलो हप्ता भन्छन् । घण्टाघर बडो दोधारमा पर्या छ, कस्का कुरा पत्याम । घण्टाघरलाई चाहिा यिनेरले संविधान जारी गर्लान् भन्ने फुट्टी विश्वास छैन । गएको माघ ८ गते देखिए यता संविधान जारी गर्ने मिति कति तोकिए कति । आखिरी हात लागी उही गुएाकालोका फूल ।
अत्येमा
एकताका बडो ताईफाई गर्ने अख्तियार हिजो आज चीर निन्द्रामा लम्पसार परेछ कि क्या हो ? भ्रष्टहरुको नाकममा अख्तियारको गन्धै पुग्न छाडेछ । विद्युत प्राधिकरणको निर्देशक छादा करोडौ चप्काएका शहरी विकास मन्त्रालयका सचिव अर्जुनबहादुर कार्कीको फाइल अख्तियारबाटै गायव भो रे । होला पनि लोकमान सिंह कार्की अख्तियार प्रमुख भएसी अजुन बहादुरलाई केले छुने ? चोर चोर मौसेरा भाइ भन्छन् , अर्थोक नभए नि बन्धु वान्धवको ख्याल त राख्नु पर्यो नि । कि कसा हौ ?
