धरान । जेन(जेड आन्दोलनले अन्य क्षेत्रझैँ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिक ‘रिसर्च फोरम–२०२५’ कार्यक्रम पनि प्रभावित परेको छ। विगतमा वार्षिकोत्सवकै अवसरमा हुने सो कार्यक्रम यस वर्ष केही महिना ढिलो गरी नोभेम्बर २६ देखि २८ सम्म सम्पन्न भयो । कार्यक्रम प्रतिष्ठानका बायोकेमिस्टूी विभाग प्रमुख प्रा.डा. माधव लम्सालको संयोजकत्वमा सञ्चालन गरिएको थियो । उद्घाटन उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले गर्नुभयो । ‘अनुसन्धान, शिक्षा र स्वास्थ्य क्षेत्रको नवीनतम दृष्टिकोण’ नारासहित आयोजित कार्यक्रममा जेनेभा विश्वविद्यालयका प्रा. लरेन्ट स्पारले मुख्य प्रवचन प्रस्तुत गर्नुभयो ।

कार्यक्रमका संयोजक प्रा.डा. लम्सालले कार्यक्रमले शिक्षक, विद्यार्थी र चिकित्सकका अनुसन्धानलाई छलफलमार्फत अन्तर्राष्टिूय फोरमसम्म लैजान मद्दत पु¥याउने बताउनुभयो । त्यसैगरी, स्वास्थ्य क्षेत्रका कमजोरी पहिचान गरी सुधार गर्न यस किसिमका प्रस्तुतीकरण उपयोगी हुने एसिस्टेन्ट प्रोफेसर डा. बसन्त गेलालले बताउनुभयो । तीन दिनमा ११३ ओठ र ५१ पोस्टर गरी १६४ अनुसन्धान प्रस्तुत गरिएका थिए । प्रस्तुतिकर्तामध्ये २६ जना शिक्षक तथा १२५ स्नातकोत्तर र १३ स्नातक विद्यार्थी थिए । प्रस्तुत प्रस्तुतिमध्ये ओठ (स्नातकोत्तर(गोल्ड) तर्फ उत्सव सिटौला, ओठ (स्नातकोत्तर(एन समूह)ः डा. विशाल खत्री, ओठ (स्नातक(गोल्ड) तर्फ रोशन त्वानावस, ओठ (स्नातक(एन समूह)ः डा. निरज निरौला, पोस्टर (गोल्ड)ः डा. सुशान्त पाण्डे र पोस्टर (एबी समूह)ः डा. नितु जैनको प्रस्तुति उत्कृष्ट भएका थिए । उत्कृष्ट प्रस्तुति दिनेहरुलाई प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. संजिव कुमार शर्माले िप्रमाणपत्र र पुरस्कार प्रदान गर्नुभयो । रिसर्च क्षेत्रमा नेपालमै अब्बल मानिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यो कार्यक्रमले रिचर्स क्षेत्रमा थप सहयोग पुगेको बताइएको छ ।
