धरान । धरानमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले एमसिसि पास गरिनुमा आफ्नो कुनै भूमिका नभएको स्पष्ट पार्नुभएको छ । उहाँले एमसिसी संसद र तत्कालीन सरकारको निर्णय हो भन्दै आफूलाई एमसिसिको मतियार भनेका आरोप असत्य रहेको बताउनुभयो । सो अवसरमा बोल्दै मन्त्री घिसिङले अहिलेको सरकारले अहिलेको विषम् परिस्थितिलाई निकास निकाल्ने काम पहिलो प्राथमिकतामा रहकोले यसमा यो सरकार गम्भीर भएको बताउनुभयो । उहाँले जनताको आशा र भरोसालाई साक्षी राखेर समयमै चुनाव गराएर निकास निकाल्नु अहिलेको
सरकारको मुख्य काम भएको स्पष्ट पार्नुभयो । उहाँले एमसिसि परियोजना अर्थमन्त्रालय मातहत सञ्चालन हुन्छ र विद्युत प्राधिकरण त्यसमा पदेन सदस्य रहने स्पष्ट पार्दै देशलाई ठूलो परिमाणको अनुदान आवश्यक भएकैले संसदले एमसिसी पारित गरेको बताउनुभयो ।

टूान्समिसन लाइन अत्यावश्यक भएको उल्लेख गर्दै घिसिङले अहिले नेपालले भारत र बंगलादेशमा ठूलो मात्रामा विद्युत निर्यात गरिरहेको जानकारी दिनुभयो । चार महिनामा मात्र १८ अर्ब रुपैयाँको बिजुली बेचिएको र बंगलादेशलाई पनि निर्यात सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । आगामी २० वर्षमा ५० हजार मेगावाट हाइडूो(उत्पादन सम्भव हुने तथा त्यसबाट ३५–४० खर्ब रुपैयाँ वार्षिक आम्दानी गरेर भविष्यमा विद्युत करिब निःशुल्क बनाउने लक्ष्य आफूहरूले देखिरहेको उहाँले बताउनुभयो । घिसिङले आफू प्राधिकरणमा आएपछि विद्युत उत्पादन ८ सय मेगावाटबाट ४ हजार मेगावाट पुगेको, चार्जिङ स्टेशन र रोजगारी बढेको तथा लोडसेडिङ अन्त्यले देशमा ठोस परिवर्तन आएको दाबी पनि गर्नुभयो । यसै बिच सुधार नेपालद्वारा हरियाली सामुदायिक वनमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री घिसिङलाई धरानका समस्याहरूको समाधान निम्ति विभिन्न संघ(संस्थाले १४ वटा ज्ञापन पत्र बुझाएका थिए । यसैबीच मन्त्री घिसिङले धरान(१५ ङाग्युर ञिङ्गा ङ्युङने ल्हाखाङ गुम्बामा आयोजित बज्रगुरु जप, विश्व शान्तिपूजामा स्थानीय सरोकारवालासँग छलफल समेत गर्नुभएको थियो ।
