धरान । नेपाल प्रहरी विद्यालय धरान(सुनसरीले यस वर्ष सातौँ कोशी प्रदेश अन्तर(विद्यालय डिआइजीपी रनिङ फुटबल प्रतियोगिता(२०८२ आयोजना गर्ने तयारी गरेको छ । विद्यालयस्तरमै फुटबल प्रतिभा पहिचान र विकासलाई मूल केन्द्रमा राखेर ग्रासरुट स्तरबाटै भविष्यका खेलाडी उत्पादन गर्ने उद्देश्य यो प्रतियोगिताको मुख्य आधार रहेको आयोजकले स्पष्ट पारेको छ । ‘खेलकुदमार्फत एकता’ भन्ने मूल नारासहित सञ्चालन हुन लागिरहेको प्रतियोगिताले खेलकुदको पहुँच, प्रतिस्पर्धा र सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने लक्ष्य लिएको छ । २०५८ सालमा सुरु गरिएको यस प्रतियोगिताका पछिल्ला छ वटा संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । सातौँ संस्करणअन्तर्गत प्रतियोगिता आगामी २०८२ पुष ९ देखि १९ गतेसम्म नेपाल प्रहरी प्रदेश कार्यालय, धरानस्थित फुटबल मैदानमा सञ्चालन हुनेछ । कोशी प्रदेशका १६ विद्यालय सहभागी हुने यस प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत तथा एन्फा वा अन्य कुनै औपचारिक लिग नखेलेका खेलाडी मात्र सहभागी गर्न मिल्ने व्यवस्था रहको छ । प्रत्येक टोलीमा विकल्पसहित १४ खेलाडी रहने नेपाल पुलिस स्कुलका समादेशक प्रहरी निरीक्षक सुरेशकुमार हायुले जानकारी दिनुभयो

विजेताले नगद ८१ हजार ५ सयसहित टूफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. ४१ हजार ५ सयसहित टूफि, मेडल र प्रमाणपत्र पाउनेछन् । मुख्य टूफि एक वर्षपछि आयोजक विद्यालयमा बुझाउनुपर्नेछ, जसको बदलामा स्थायी स्मृति टूफि प्रदान गरिनेछ । प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ ले नगद रु. १ हजार ५ सय र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, टुर्नामेन्टको उत्कृष्ट खेलाडी, फेयर(प्ले टिम लगायत विधागत उत्कृष्ट खेलाडीहरूले नगद .२ हजार ५ सय, टूफि, प्रमाणपत्र तथा कक्षा ११ मा ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् । उत्कृष्ट रिपोर्टरले . २ हजार ५ सय ५ र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिता ‘नकआउट’ प्रणालीमा सञ्चालन हुनेछ । सामान्य खेल ७० मिनेट (३५(३५) तथा सेमिफाइनल(फाइनल ८० मिनेट (४०(४०) हुनेछन् । प्रशिक्षक, व्यवस्थापक र मेडिकल सदस्यसहित प्रत्येक टिममा १८ जनासम्म रहने व्यवस्था मिलाइएको छ । विद्यालयस्तरमै खेलकुद प्रवद्र्धनमा निरन्तर सक्रिय नेपाल प्रहरी विद्यालय धरानले ग्रासरुट फुटबललाई मजबुत बनाउन योगदान दिँदै आएको छ । प्रदेशको प्रतिष्ठित विद्यालय फुटबल प्रतियोगितामध्ये मानिने यो प्रतियोगिताबाट भोलिका सक्षम खेलाडी पहिचान, तालिम, अनुशासन र नेतृत्व(क्षमता विकासमा ठोस प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
