घण्टाघरबाट हेर्दा

आमैले नि सरकारी जग्गा झ्याप्प
हजुरआमा प्रधानमन्त्री सुस्ला कार्की सरकारी जग्गा हडप्नेमा चोखो होलिन् भन्या त फुइँया हुनु ? जुन जोगी आए नि कान चिरेको । लाउरेसको कोटाबाट त्यत्रो पर्धान न्यायाधीश भाकी जेनजीका नाममा सिंहदरबारको खुड्किलो चढेकी आमैचाहिँ पक्कै निष्कलंकित होलिन् भन्या त के को हुनु ? हैन हौ या देशमा सत्तामा पुग्नेहरु कुनै न कुनै काण्डमा हेलिएकै हुन्छन् कि क्या हो ? अब हेरम न सुस्ला हजुर आमा नै सरकारी जग्गा हडप्नेमा दरिएकी छन् । उनको काठमाण्डौ धापासी बंगलाको अगाडिपट्टि रहेको तीन आना सरकारी जग्गामा पार्किङ्ग टहराहरु पो बनाएका रै’छन् । आमैले कति चाँडो पार्किङ्ग टहरा बनाइन् बनाइन् । अब महानगरले उक्त जग्गा खाली गराउन डोजर लगाउने भा’छ । पहिलो मुंखले भन्ने त्यसपछि अटेर गरे डोजर हान्दिने रे । अरुले त गति छाडेर सरकारी जग्गा हडपे–हडपे सुस्ला आमले हड्पेकोचाहिँ अलि हजम भएन ।
पार्टी फुटेको हेर्न सक्दिन रे
जेनजी आन्दोलनमा राम्रैसँग मर्मत पाएका बुढानिलकण्ठे स्यालबहादुर काजीको मथिंगलले हिजोआज पुराना कुराहरु भुसुक्कै्र विर्सन थाल्या हो कि क्या हो ? लाउरेसको १५ औं महाधिवेशन आम निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्ने सवालमा आन्तरिक कुस्ती चलिरा’को छ । काजीका हनुमानहरु पछि गर्ने भन्दै उफ्रिरा’छन् भने अर्को समूह अगाडि गर्नैपर्छ भन्दै पाखुरा सुर्किरा’छन् । दुवै पक्षको घन्चमञ्चले लाउरेस नै टुक्रिने जस्तो भा’छ । अस्तिका दिन स्यालबहादुर काजीले म पार्टी फुटेको हेर्न सक्दिनँ भनेर बडो चित्त दुखाएछन् काजीले किन चित्त दुखाउनु ? तिनले नै पहिला लाउरेस फुटाएकै हुन् । अब फुट्न लाग्दा चित्त दुखेको नाटक किन गर्नु ?
सामान्ती त नेता नै रै’छन्

माउवादीका पूर्व मन्तरी आच्या नेता सदुन किरातीको घैँटामा बल्ल भाम लागेजस्तो छ । अस्तिका दिन तिन्ले भन्या जुन राजालाई सामान्ती भनेर हामीलाई राजाको विरुद्ध उचालियो ती त सुकुम्बासी जस्ता पो रै’छन् रे । राजदरबारभित्र छिरेर हेर्दा केही रहेनछ । बरु हामीलाई उचाल्ने नेताहरु नै सामान्ती रै’छन् । जसका घर–घरमा पैसाको भकारी देखियो । उचालेको भरमा त्यत्रो मानिसको ज्यान लिइहाल्यौ, पुल, पुलेसा, स्कुल, मठमन्दिर, घरमात्र खरानी बनाएनौ गर्न नहुने बसै गरिहाल्यौ । अब अहिले पिँधबाट बुद्धी पलाएर के गर्नु ? न्याउरी मारी पछुतो भन्या यही हो ।
जेनजी पनि उट्पट्याङ्गै रै’छन्
नेपालमा यतिबेला जसको चर्चा शिखरमा छ त्यो हो जेनजी । जेहोस् थरिथरिका जेनजीहरु यसपालि देख्न पाइयो । कोही लुटेरा जेनजी, कोही मौका परास्त जेनजी, कोही लाउरेको जेनजी, कोही झालेकाका जेनजी, कोही माउवादीका जेनजी, कोही राप्रपाका जनजी । वाफ रे वाफ † अस्तिका दिन एउटा ढुंगाना थर गरेको सुस्तै छाउरेको समूहले पर्धानमन्तरी सुस्ला आमैलाई भेट्न शानसँग सिंहदरबार छिर्न खोज्या थियो । तर पुलिसले उँधो मुन्टो पार्दिएछ । ती सुस्ते ढुंगानाको नेताचाहिँ ताइ न तुइँको गुरुङ्ग छाउरो रै’छ । यता तिनका छाउराहरुले सिंहदरबार अगाडि राम्रै नारा लेखिएका प्लेकार्ड बोक्या रै’छन् । खासगरि सुस्ला आमैलाई राम्रैसँग घोचपेच ग¥या रै’छन् । ‘जेनजीको आडमा चुरीफुरी सुस्ला सरकार कुरीकुरी रे ।’ हुन त जेनजी भन्या नै उट्याङ्ग हुन्छन् । अरु पनि के के लेख्या थिए थिए ।
कुकुर र म एउटै हो
बुढानिलकण्ठे दरबारबाट ललितपुरतिर बसाई सरेकी जुआर राणाको चुरीपुरी हिजोआज फेरि ह्वात्तै बढ्या छ । लाउरेसको विशेष महाधिवेशन गर्नै हुँदैन भनेर देशभरिका कार्जेकर्ताहरुलाई तिनले थर्काउन थाल्या छिन् । बुढानिलकण्ठे दरबारमा जेनजीको युवाहरुले मर्मत गर्दा भ्यागुताको जस्तो गाला भएको तिनले भुसुक्कै बिसिइन् कि क्या हो ? अझ घरको कुकुरलाई देखाउदै कुकुर र ममा केही फरक छैन भन्या किन बिर्सेको होला ? विशेष महाधिवेशनबाट स्यालबहादुर काजीलाई मिल्काए भने चुनावमा टिकट विक्रीको रकम ढुंस हुने त्रासले तिनको मन भतभती पोल्या छ । सबै समयको खेल हो बाबै ।
माकुनेको गज्जबको निर्देशन गन्हाउने मुँख भएका बिना ढेउवा बिना पासपोर्टका सुत्रधार माकुनेले अस्तिका दिन बडो गज्जबको निर्देशन दिएछन् । म र प्रचण्डाउ पर्धानमन्तरी हुँदा राम्रो काम गरेको प्रचार गर्नु नराम्रो कामको प्रचार नगर्नु भनेर कार्जेकर्ताहरुलाई निर्देशन दिएछन् । कही विक्री नभाका, कसैले नपत्याएका, कुनै ल्याकत नभएका दुई चार दर्जन कार्यकर्ताहरु नै माकुनेको निर्देशन पछि अलमलमा प¥या छन् । यिनले केचाहिँ राम्रो काम गरेका थिए र प्रचार गर्नु भनेर विचराहरलाई दोधारमा पा¥या छन् । जता हे¥यो नराम्रो मात्र काम छ । राम्रो त भेट्नै मुस्किल ललिता निवास काण्ड, रामदेवको पतञ्जली जग्गा काण्ड, १७ हजार सिध्याएको, बाँदरमुढे काण्ड, मुक्ति दाहाल काण्ड । हैट विचरा कार्यकर्ताहरुले जति खोज्दा पनि राम्रो त भेट्दै भेटेनन् ।
कुलमानले उडाइदिएछन्
चुनाउलाई लक्षित गरेर ज्यान जोगाउन बाल्वाटारबाट हेलिकोप्टर चढेर भागेका खप्रओले झापाको दमकमा छुट्याएको १० करोड बजेट क¥यापझ्याप पार्दिएछन् । कुलमानले क¥यापझ्याप पार्देसी विचरा खप्रओको होसहवासै उड्या छ । बजेट पनि क्या गज्जबले छुट्याएको रै’छ । दमकमा १० तले पार्किङ्ग भनेर १०
करोड छुट्याएको रै’छ । झण्डै दुई अर्बको १८ तले भ्युटावरले नमज्जाले हावा खाएको छ । अब १० तले पार्किङ्गका नाममा चुनाउमा मासुभातको बा’ले
राम्रो अग्रिम जोहो ग¥या थिए । कुलमानले कहाँबाट सुइँको पाए पाए ।
चुनाउ अघि नअँठ्याउनु रे
नेप्लिज लाँग्रेस पार्टीका भाइरस झापाली कुमाई कृष्णे सिटौलाले अस्तिका दिन भन्या चुनाउ अगाडि भ्रष्टाचारको केसमा नेताहरुलाई पक्राउ गर्न पाइदैन रे । तिन्का कुरा सुन्दा नि रननन कन्सिरीका रौं रन्केर आउँछ । भ्रष्टचारीलाई राज्येले जुनससुकै बेला पनि अँठ्याउँछ । भ्रष्टाचार गरेको अकुत रकम चुनाउसम्ममा व्यवस्थापन गर्ने म्याद माग्या होलान् कि क्या हो ? विचरा सिटौलालाई यतिबेला साह«ै छटपट्टी चल्या छ । सुडान घोटालामा करोडौ रुपैया बजाएका सिटौलालाई आफै फसिने हो कि भन्ने डरले सताएको छ । भ्रष्टाचारको केश बल्झिदैगयो भने पार्टीभित्र कोही सद्धे रहलान् जस्तो छैन । बाख्रेदेखि लिएर खड्का, लेखक, गठ्ठेसिंह सबका सब मामालीतिर पाहुनान लाग्न जालान्जस्तो छ । अनि सिटौलाले बर्बराउनु त स्वभाविक हो ।

तपाईको प्रतिक्रिया