अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनका तयारी तिब्र

इटहरी । इटहरीमा पुस ५–६ गते हुने उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायित्व विषयक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको तयारी तीव्र भइरहेको छ। जनता बहुमुखी क्याम्पसलाई पूर्व क्षेत्रको शैक्षिक हबका रूपमा विकास गर्ने लक्ष्यसहित आयोजित कार्यक्रममा मंसिर १४ सम्म ६० वटा अवधारणापत्र दर्ता भइसकेका छन् । कन्भेयर इन्द्रप्रसाद प्याकुरेलका अनुसार सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका प्रा. डा. महानन्द चालिसे, डा. मिर्गेन्द्र कार्की, कोलम्बिया विश्वविद्यालयका डा. प्रेम फ्याक, भारतका प्रा. एच.एल. वर्मा र अमेरिकी दूतावासका रोजर कोहेन मुख्य वक्ता रहनेछन्। साथै थाइल्यान्ड, नेपालका विभिन्न विश्वविद्यालय तथा अनुसन्धान संस्थानका विशेषज्ञहरूले पनि पेलेनरी प्रस्तुतीकरण गर्नेछन् ।

मानविकी, शिक्षा, व्यवस्थापन र अंग्रेजी भाषा मुख्य उपविषय रहने सम्मेलनमा करिब ५ सय सहभागीको अपेक्षा गरिएको छ। इटहरी उपमहानगरपालिकाले पाँच लाख सहायता प्रदान गर्ने जनाएको छ। करिब ३५ लाख लागतको कार्यक्रममध्ये १८ लाख क्याम्पसको आन्तरिक कोषबाट व्यहोर्नेछ। जनता क्याम्पसले गुणस्तर प्रत्यायन पाइसकेका बिएड, बिबिएस, बिए, बिआइसिटीई, एमएड, एमबिएस तथा कक्षा ११–१२ कार्यक्रम सञ्चालन गर्दै आएको छ जसमा कोशी र मधेश प्रदेशका विद्यार्थी आकर्षित हुने गरेका छन्।

तपाईको प्रतिक्रिया