धरान । गत कार्तिक २६ गते भर्चुअल माध्यमबाट गठन भएको नेपाली पर्यावरण साहित्य प्रतिष्ठानको अध्यक्षमा बेलायतमा बस्दै आउनु भएका वरिष्ठ साहित्यकार विजय हितानलाई सर्वसम्मत चयन गरेको छ । सर्वसम्मत चयनका लागि अध्यक्ष हितानसँगै १७ सदस्यीय नयाँ कार्यसमितिको समेत चयन गरेको छ । भर्चुअल बैठकले चयन गरेका अन्य पदाधिकारीहरु तथा सदस्यहरुमा उपाध्यक्षद्वय राधिका कल्पित, देवेन देवकोटा, महासचिव भावेश भूमरी, सचिवमा राजेन्द्र भट्ट, डी.बी. गुरुङ र कोषाध्यक्षमा लक्ष्मी रुम्पा रहनु भएको छ भने सदस्यहरुमा यसोदा राई, अशोक थापा, महेश पौडेल, गंगा पोखरेल, पुरुषोत्तम दाहाल (उपाध्याय), इन्द्र चौधरी, नाज सिंह, जानु काङवाङ, सरिता घिमिरे र कृष्ण वाउसे रहनु भएको छ ।

पर्यावरण साहित्य प्रतिष्ठानले वातावरणसँग सम्बन्धित पर्यावरणीय लेख, रचना, कविता लगायतका विधाहरुलाई प्रोत्साहन गर्दै वातावरणीय जनचेतना जगाइने उद्देश्य राखेको छ । नवगठित पर्यावरण साहित्य प्रतिष्ठानमा बेलायतका साहित्यकार एवम् वातावरण अभियन्ताहरु, नेपालका साहित्यकार एवम् वातावरण अभियन्ताहरु, भारतका साहित्यकार एवम् वातावरण अभियन्ताहरु, हङकङका साहित्यकार एवम् वातावरण अभियन्ताहरु रहनु भएको छ । यसैगरी बैठकले संरक्षक एवम् सल्लाहकारहरुको समेत सर्वसम्मतले चयन गरेको छ । जसमा संरक्षकमा प्रा. गोविन्दराज भट्टराई र ज्ञानबहादुर क्षेत्री रहनु भएको छ भने सल्लाहकारमा प्रा. विष्णु एस. राई, गीता त्रिपाठी, देवचन्द्र सुब्बा र भूमिन रहनु भएको अध्यक्ष हितानले जानकारी दिनुभएको छ ।
