पहिलो पटक धरानमा ‘फिफा फुटबल फर फेस्टिबल’ कार्यक्रम शुरु

धरान । विद्यालय स्तरबाटै फुटबल खेलको विकास गर्ने उद्देश्य अनुरुप अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस बर्षदेखि ‘फिफा फुटबल फर स्कुल फेस्टिवल’ लाई अगाडि सारेको छ । विद्यालय स्तरबाटै खेलकुदको विकास गर्ने अभिप्रायले पहिलो पटक आयोजना गर्न लागिएको सो फेस्टिवलमा सुनसरीका १३ वटा विद्यालय सहभागी रहेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) पहिलो पटक ग्रासरुटदेखि नै खेलकुदको प्रवद्र्धन गर्ने अभिप्रायले फिफा फुटबल फर स्कुल फेस्टिवल’ अगाडि सारेको हो । धरान १७ एन्फा एकाडेमीको खेल मैदानमा एन्फाका केन्द्रीय अध्यक्ष पंञ्कज विक्रम नेम्बाङले उद्घाटन गर्नुभएको हो । पहिलो बर्ष एन्फाले नेपाल प्रहरी स्कुल धरान, आदर्श मावि वराहक्षेत्र, शारदा बालिका नमुना मावि धरान, शिक्षा सदन मावि धरान, सियोन सेकेन्डरी धरान, सिद्धार्थ मेमोरियल एकेडेमी वराहक्षेत्र, मुन बिम एकेडेमी वराहक्षेत्र, भरौल मन्दिर बराहक्षेत्र, लक्ष्मी मावि इटहरी, हिमशिखर स्कुल इटहरी लगायत रहेका छन् ।


यी विद्यालयलाई सम्झौता अनुसार फुटबलको प्रशिक्षण दिने, खेलकुदका सामाग्री प्रदान गर्नेछ । फुटबल खेललाई विद्यालयसँग जोड्ने अभियान अन्तर्गत विद्यार्थीहरुलाई फुटबलमार्फत व्यवसायिक बनाउने उद्देशयका साथ फेस्टिबलको आयोजना यो बर्षबाट शुरु गरिएको सुनसरी जिल्ला फुटबल संघका सचिव एवम् धरान फुटबल क्लबका अध्यक्ष प्रताव तामाङले जानकारी दिनुभयो । फिफाको परियोजना अन्तर्गत नेपालमा एन्फाले पनि यो अभियानलाई अगाडि बढाइएको उहाँको भनाई छ । सम्झौता भएका विद्यालयलाई सम्झौता अनुसारको खेलकुद सामाग्ी वितरणसँगै खेलकुदको विकासका लागि काम अगाडि बढाउने बताउनुभयो फेस्टिबल अन्तर्गत एन्फाले तोकिएका विद्यार्थीहरुलाई एक बर्षसम्म फुटबलका गतिविधिमा सहयोग गर्ने छ । सम्झौता अनुसार अनुमोदनमा परेका विद्यालयहरुले एक बर्षपछि सम्झौता सकिएपछि पुन ः सम्झौता गर्नुपर्र्न प्रावधान राखेको छ । खेल सामाग्री एन्फाल उपलब्ध गराए पनि प्रशिक्षक, खेल मैदान लगायतका पूर्वाधार विद्यालय आफैले गर्नुपर्ने हुन्छ । यसमा ४ बर्षदेखि १४ बर्षका विद्यार्थीहरु सहभागी रहने जिल्ला फुटबल संघका अध्यक्ष नविन राईले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत शुक्रबार सहभागी विद्यालयबाट मार्च पाससहित विद्यार्थीहरुद्वारा विभिन्न जातीय संस्कृति झल्काउने नृत्य समेत प्रस्तुत गरिएको थियो । यसबर्षबाट शुरु भएको यो फेस्टिबलललाई प्रत्येक बर्ष निरन्तता दिँदै लाने फिफाको योजना रहेको छ । ग्रास रुटबाटै फुटबल खेलको विकास गर्दै खेलाडी उत्पादन, व्यवसायिक खेलाडी उत्पादनमा जोड दिनकै लागि यो कार्यक्रम अगाडि सारिएको एन्फाको भनाई छ । शिक्षासँगै खेललाई पनि पुलको रुपमा जोड्ने काम फेस्टिबलले गर्ने आयोजकले अपेक्षा लिएको छ ।

तपाईको प्रतिक्रिया