घण्टाघरबाट हेर्दा

बाख्रे लाख्रे चुनाउमा नजाने रे
औकात सिद्धिएसी’ नखरा ज्यादा हुन्छ भन्थे हो रै’छ । अब हेरम न लाउरेसका महासचिवद्वय बाख्रे र लाख्रे चुनाउमा नलड्ने भनेर घुर्की लाउन थाल्या छन् । लाउरेसले महाधिवशेन नगरे चुनाउ नलड्ने रे । न लाउरेसको महाधिवेशन हुन्छ न चुनाउ हुन्छ । वित्थाँ टेन्सिन किन लिएको ? सुस्ला आमैले चुनावै गर्दिनन् अनि जेनजीले गुन्द्रुक खाँदेझै खाँदेका ल्यापल्यापे काजीलाई कजिनीले महाधिवेशन गर्न दिन्नन् । अब साँच्चै नै चुनाउ भएमा बाख्रे र लाख्रे आच्या गनगने थापा र साडी चोलो बाँड्न भाँति पु¥याउने विश्वप्रकाश भण्डारी अब कहाँबाट चुनाउ लड्दा हुन् ? चुनाउ भएमा मतदाताले लघार्ने कुरा यी दुईले राम्ररी बु¥या छन् । लघारिनु भन्दा लाउरेसको महाधिवेशनको नखरा बनायो लण्ठै साफ । कि कसो हौ बाख्रे कजी र लाख्रे बाजे ।
भोगटेको बकबक
भक्तपुरको गुण्डुतर गुण्डाहरुको सरक्षणमा बसेका भोगटे काजी आच्या महेश बस्नेत केही दिनदेखि आवश्यकता भन्दा बढी गन गन गर्न थाल्या छन् । अस्तिका दिन बाराको सिमराबाट जेनजी युवाहरुले पिँधमा पुल्ठो झोसेर लघारेका तिनले बिर्सेजस्तो छ । सिमराबाट सास न बास भएर गुण्डु आइपुगेका भोगटेले हिजो फेरि ध्वाँस पिटेछ । गौरी बहादुर कार्कीको जाँबुझ आयोगले खप्रओलाई बयानका लागि बोलाउने संकेत गरेसी’ भोगटेले एमालेका नेतालाई बयानमा बोलाइए सिंहदरबार घेर्न १ लाख मासुभाते उतार्ने चेताउनी दिएछन् । भोगटेको कुरा सुनेपछि घण्टाघर पनि रनभुल्लमा परेको छ । हैन त्यो सिंहदरबार गौरी बहादुर कार्कीको हो कि क्या हो ? सिंहदरबार घेरेर के चाहिँ हु्न्छ ?
भाग्याभाग्यै भएछन्

झालेमालेका अध्येक्षे खप्रओ बेला बेलामा बहुलाउनु स्वभाविक हो । हिजो सत्ताको उन्मादले बुहलाउथे भने हिजो आजचाहिँ सत्ताच्यूत भएर गुण्डुमा डल्लो परेर बस्नु परेको पीडाले बहुलाउन थाल्या छन् । अब त हरिराम जपेर भजनकीर्तन गर्नुपर्ने बेलामा हान्ने, सिध्याउने, दनक दिने, आक्रमण गर्ने भनेर बर्बराउँछन् । नासिने बेलामा मति पनि भ्रष्ट हुन्छ भन्थे हो रै’छ । विनाशको समयमा बृद्धि पनि भ्रष्ट हुन्छ भन्थे हो रै’छ । आफू त सिद्धि सिद्धिए पार्र्टी र कार्यकर्ता पनि सिध्याउने भए ।
सात फौजदारी मुद्धा बोकेका कमण्डार
झालेमालेका संगठनमा अब सद्धे मान्छे भेटिनै छाडेछ कि क्या हो ? अस्तिका दिन झालेमालेले बनाएको भोलिन्टयर फोर्सका कमाण्डर खुंखार मान्छे नियुक्त भएछन् । हुन त कमाण्डर भनिसकेपछि अरु तर्सिने डराउने खालकै हुनुपर्छ । एमालेले यसमाचाँिह सही मान्छेकै चयन रहेछ । ल्याङ्गे, फुकिढल फोर्सका कमाण्डर हुन सक्दैन । फोर्सका कमाण्डरमा नियुक्त भएका पुष्पराज श्रेष्ठ चानचुने, इनेगिने मान्छे हुँदै होइनन् । चार वटा ज्यान मार्ने उद्योग कुसुरमा मुद्धा खेप्दैछन्, अर्को सार्वजनिक अपराध कसुरमा, अपहरण तथा शरीर बन्धक कसुर अनि अभद्र व्यवहार कसुरमा मुद्धा खेप्दैछन् । यस्ता खुंखार व्यक्तिलाई फोर्सको कमाण्डरमा नियुक्ति गरेपछि विचरा सुकेनाशका पाखुरा भएका जेनजीहरुको धुलो काढ्ने भए ।
नाटककार प्रचण्डाउ
सबैचिरबाट सिद्धिदै गएसी’ झिना मसिना टार्केटुर्के पार्टीहरुलाई जोडजाड गरे नि निर्वाचन भैगए निर्वाचन जित्ने हैसियत नभएको महसुस गरेर माउवादी केन्द्रका पूर्व अध्यक्ष प्रचण्डाउ हिजोआज जेनजीको पछि लाग्या छन् । कहिले हाम्रो उद्देश्य र जेनजीको उद्देश्य एकै हो भन्छन्, कहिले के भन्छन् । हुँदाहुँदा अस्तिका दिन त जेनजीको नाममा गोडावीसेक केटाहरुलाई भेला गरेर जनजीसँग वृहत छलफल सम्पन्न भयोसम्म भन्न भ्याएछन् । हुन त आजकल बजारमा मासुभात डकार्ने र पेट्रोल पिउने जेनजीहरु भाडामा पाइन्छ रे । उनीहरुका त्यति माग पूरा गर्दिए जस्का पक्षमा पनि नारा जुलुस लगाइ दिन्छन् रे । प्रचण्डाउले छलफल गरेका तीनै भाडाका जेनजीहरु थिए रे । जे होस् नाटक मञ्चन गर्नचाहिँ यिनलाई मान्नैपर्छ ।
दुई जिब्रे सुस्ला बज्यै
देउतीकट लागेर माने चिठ्ठे सरकारकी मुखिनी सुस्ला बज्यैको दुईवटा जिब्रा रै’छन् भन्ने कुरा त जगतलाई थाहा भयो । वाल्वाटार छिर्नु अगाडि पोक्चे अनुसहार लाललाल बनाएर बडो क्रान्तिकारी कुरा गर्थिन् । यिन्ले त केही गर्लिन जस्तो सबैलाई लाग्या थ्यो । तर वाल्वाटार छिरेसी’ तिनको बोलीमा आमूल परिवर्तन आयो । हैन हौ त्यो वाल्वाटार छिरेसी के खान्छन् हँ ? हुन त बज्यैलाई अप्ठेरै छ बारबरा फाउण्डेशनको नाक पनि राख्नै प¥यो, सुकिला एनजिओ, आइएनजिओ, डलरे विद्वानहरुको निर्देशन पनि मान्नैप¥यो् । भन्न पो सजिलो छ विचरीलाई कम्ता गाह«ो छैन । जेनजीले बगाएको रगत भाँडमा जाओस, मुलुक ध्वंसै होस हिजो आज उनलाई बाल मतलब छैन । मतलब राख्नु पनि भएन । राखेर पनि गर्न सक्ने ल्याकत हुनुप¥यो नि । विचरी सुस्ला बज्यैको पीडा कस्ले बुझिदिने ?
ज्जब छैन त ?
लाउरेसको बुई चढेर पर्धानमन्तरी भा’का केपी माने खप्रओ हेलिकोप्टर चढेर भाग्ने, प्रहरी प्रमुख लुकेर गोली चलाउन आदेश दिएर रमिता हेर्ने अनि अहिले तिनीहरु नै गुण्डाको आडमा लुकेर जेनजी विरुद्ध डुक्रने । गज्जब छैन त ? समय हेरेर बोल्नुपर्छ भन्ने अलिकति हेक्का त राख्नुप¥यो नि । ठाउँ कुठाउँ जे पायो त्यही फलाकेको छ अनि झोले मिडियाले त्यसलाई उचालेको छ । फनक्क फर्केर दिने हो भने खप्रओ किन गुण्डुबाट बाहिर निस्कन सक्दैनन् । फनक्क फर्केर दिँदा अरुका हातमाचाहिँ दही जमेको हुन्छ ? बात करता है ।
अन्तेमा
लुर नभएका ओमप्रकाश अर्याललाई घरेलुमन्तरी बनाउने भनेर बेगारीहरुले किन पुराण लगाएका होलान् ? अर्याललले आफ्नो लुर अस्तिका दिन देखाइदिए । सशस्त्र प्रहरीमा जागिरे रहेका तिनका काकालाइ एआइजी बनाउन प्रहरी विधान नै रातारात परिवर्तन गर्देछन् । पालो कुरर बस्दा घरतिर जाने बेला हुन्छ । भतिज घरेलु मन्तरी हुँदा यतिको लाभ त उठाउनु त्यति ठूलो कुरा होइन । नयाँ पद माने नयाँ दरबन्दी खडा गरेर काकालाई एआइजी बनाउने साहस भा’का घरेलुमी मन्तरीको लुर छैन भनेर अब कस्ले पुराण लगाउने दुस्साहस गर्दोरै’छ ? मौका आएसी’ लुर देखाउने हो । जतिबेला पायो त्यतिबेला देखाउने कुरा पनि भएन ।

तपाईको प्रतिक्रिया