काठमाण्डौ । ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखान नेपालको राजनीतिमा पुन : एकपटक चरितार्थ भएको छ । मंसिर ७ देखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति बचाउं महाअभियानका संयोजक दुर्गा प्रसाईलाई पक्राउ गरी वर्तमान कठपुतली सरकारले बहादुरी देखाएको छ । जेनजी आन्दोलन पश्चात कपटपूर्ण रुपमा फाइदा उठाएर बनेको वर्तमान कठपुतली सरकार प्रसाईको घोषित आन्दोलनलाई निस्कृय बनाएर विगतका बद्नाम सरकार झैँ हर हतकण्डा अपनाउन, राज्यका स्रोत साधनको दुरुपयोग गर्न र आफ्नो संविधानतः अवैध सत्तालाई जोगाउन लागिपरेको आभाष आम सर्वसाधारण नेपालीले गरेका छन् । मुलुकको कहालीलाग्दो बेथितिका विरुद्धमा निरन्तर आवाज उठाउँदै आएका प्रसाइलाई आन्दोलनको पूर्वसन्ध्यामा मंसिर १ गते सोमबार आफ्नै निवासमा वृहत पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान अवैध सरकारको स–प्रमाण धज्जी उडाएपछि उनलाई सोही रातमा पक्राउ गर्नुले वर्तमान सरकार पूर्ण रुपमा नांगिएको छ । दुर्गा प्रसाईलाई मध्यराति डकैती शैलीमा निवासबाटै पक्राउ गरेको सरकारले प्रसाई विरुद्ध शान्ति सुरक्षामा खलल पु¥याउन खोजेका अभियोग लगाएको छ । प्रहरी स्रोतले भन्यो– आन्दोलनले हिंसा र असुरक्षाका अवस्था निम्त्याउन सक्ने सम्भावनालाई मध्यनजर गर्दे प्रसाईलाई पक्राउ गरिएको हो । स्रोतले भन्यो– कार्तिक ३० गते प्रधानमन्त्रीको निर्देशनमा बसेको सुरक्षा संयन्त्रको बैठकमा प्रसाईलाई पक्राउ गर्न प्रधानमन्त्री सुशिला कार्कीले निर्देशन दिएकी थिइन् । प्रसाइलाई पक्राउ गरिएपछि आम सर्वसाधारण नागरिकले सामाजिक सञ्जालमार्फत आक्रोस पोखेका छन् । प्रसाईलाई तुुरुन्तै रिहा गर्न नागरिकहरुले सरकारलाई चेतावनी दिएका छन् ।

आम नागरिकले आक्रोस पोख्दै सामाजिक सञ्जालमा लेखेका छन्, मध्यरातमा दुर्गा प्रसाईलाई किन पक्राउ गरियो ? एनजिओ, आइएनजिओ, विदेशी दलालहरुले बनाइदिएको सरकारले दुर्गा प्रसाइलाई पक्राउ गर्र्ने कसुर के थियो ? केपी शर्मा ओली, प्रचण्ड, शेरबहादुर देउवा, दिपक खड्का, पृथ्वी सुब्बा गुरुङ लगायतका भ्रष्टलाई पक्राउ गरे मलाई जीवित राख्दैनन् भनेर उनीहरुलाई पक्राउ पूर्जी दिन नसक्ने तर बोलेकै भरमा सत्ताको चरम दुरुपयोग गरी बिना कसुर मध्य रातमा दुर्गा प्रसाईलाई किन पक्राउ गरियो ? १७ हजार नेपाली मार्ने ज्यानमारा, अरबौ लुट्ने् दलाल भ्रष्टाचारी, असमान सन्धी सम्झौता गरेर देश बेच्ने नेताहरुलाई पक्राउ गर्न नसक्नेले दुर्गा प्रसाईलाईचाहिँ पक्राउ गरेर पुरुषार्थ देखाएको छ भन्दै अभियन्ता रमा सिहले सरकारको कडा शब्दमा आलोचना गरेकी छन् । सामाजिक सञ्जालमा प्रसाईलाई तुरुन्तै रिहा गर्न चौतर्फी चेतावनी दिइएको छ । प्रधानमन्त्री शुशिला कार्कीकै निर्देशनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाण्डौको संयुक्त टोलीले मध्यराति पक्राउ गरेको पुष्टि भएको छ । पक्राउ पश्चात उनलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखिएको छ । हुन त प्रसाईलाई पक्राउ गर्र्नु अनौठो् होइन । हाम्रो शासन व्यवस्थाको स्वरुप नै यस्तै छ । जनताले उठाएका कुरालाई सुन्नुको सट्टा बल प्रयोग विगतमा पनि भएको थियो, वर्तमानमा पनि त्यस्तैले निरन्तता पाएको छ । भ्रष्टाचारको विरुद्धमा बोल्नेहरु अपराधी ठहरिन्छन् तर देश लुट्नेहरुलाई सुरक्षा कवज दिइन्छ । पक्राउ परेका प्रसाईको अपराध भनेको भ्रष्टाचार, सहकारी संगठित अपराध, मिटर ब्याजी र बैंक तथा वित्तीय क्षेत्रका ठगीका बारेमा नेपाली जनतालाई सचेत गराउनु नै हो । त्यस्ता काममा संलग्नहरु आजसम्म जेलमा परेका छैनन् । राजनीतिक कारणले दुर्गा प्रसाईलाई पक्राउ गरिएको हो भने सरकारले तत्काल गिराÏतार गर्नुपर्ने कारण सार्वजनिक गरेर फेयर ट्रायल गर्ने प्रतिबद्धता जनाउनुपर्छ । जोसुकै होस् निहत्था नागरिकलाई मध्यराति पक्राउ गर्नु संविधान र मानव अधिकारको घोर उल्लंघन हो । दुर्गा प्रसाईलाई पक्राउ गरेर वर्तमान कठपुतली सरकारले ठूलै काम गरेको भन्ने लागेको होला । प्रसाइको सट्टामा अबको लडाई हजारौ दुर्गाहरुले लड्ने निश्चित देखिएको छ । प्रसाईको डकैती शैलीमा गिराÏतारी पश्चात हिजो मंगलबारदेखि नै देशका विभिन्न स्थानमा आन्दोलन शुरु भएको छ । समर्थकहरुले शान्तिपूर्ण आन्दोलनको थालनी गरेका छन् भने सामाजिक सञ्जालमार्फत पनि अभियान चलाइएको छ ।
